भोटेकोशी बाढीप्रभावितको उद्धार र पुनःस्थापनाका लागि माछापुच्छ्रे बैंकद्वारा २ करोड १ लाख सहयोग

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

काठमाडौं १५ भाद्र २०८३

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा दीर्घकालीन पुनःस्थापनाका लागि माछापुच्छ्रे बैंक लिमिटेडले रु. २ करोड १ लाख सहयोग रकम प्रदान गरेको छ।
​बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
​ माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) सन्तोष कोइराला, बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू तथा उच्च व्यवस्थापनरको उपस्थितिमा राहत रकम बराबरको चेक नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।
​अचानक आएको लेदोसहितको भीषण बाढीका कारण सीमावर्ती क्षेत्रमा पुगेको ठूलो जनधनको क्षतिलाई राहत पुर्‍याउन, खाद्यान्न, अस्थायी आवास, स्वास्थ्य उपचार तथा पूर्वाधार पुनःनिर्माणमा यस रकमले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया