बिजनेस पोष्ट

काठमाडौं २९ चैत्र २०८१।।
नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई सम्मानित गरेको छ । आफ्नो ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस, २०८१ को अवसरमा आयोजित विशेष कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मान गरेको हो । सो कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् ।
आर्थिक वर्ष २०७९ र ८० मा बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फबाट सबैभन्दा बढी कर दाखिला गरी मुलुकको अर्थतन्त्रमा नबिल बैंकले पुर्याएको योगदान स्वरुप बैंकलाई सम्मान गरिएको हो ।
नबिल बैंक यसअघि आर्थिक वर्ष २०७९र८०, आव २०६७र६८, आव २०७०र७१, आव २०७१र७२, आव २०७३र७४, आव २०७५र७६, आव २०७६र७७ र आव २०७७र७८ मा पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित भइसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया