काठमाण्डौ ५ असार २०८२
ताप्लेजुङको मैवाखोला र मेरिङदेन गाउँपालिकामा निर्माण हुन लागेको १७.८५ मेगावाट क्षमताको माथिल्लो मैवा खोला जलविद्युत् आयोजनामा एनएमबि बैंक लिमिटेडको नेतृत्वमा वित्तीय व्यवस्थापन गरिएको छ।
आयोजनाका लागि आवश्यक ऋण लगानीसम्बन्धी सम्झौता एनएमबि बैंक लिमिटेड र काङ हाइड्रोपावर कम्पनी लिमिटेडबीच सम्पन्न भएको हो। सम्झौताअनुसार एनएमबि बैंकले परियोजनामा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ। बैंकको तर्फबाट चिफ सस्टेनेबल इनेर्जी बैंकिङ्ग प्रमुख दिनेश दुलाल र कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौता पश्चात आयोजना कार्यान्वयन, रणनीति तथा वातावरणीय पक्षबारे छलफल गरिएको थियो। सो अवसरमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले आयोजनालाई तोकिएको समयसीमा र लागतभित्र सम्पन्न गर्न सुझाव दिएका थिए।











तपाईको प्रतिक्रिया