काठमाडौँ २८ श्रावण २०८२।
प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा खुद नाफामा उल्लेख्य वृद्धि भएको देखिएको छ। विवरण अनुसार बैंकले आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६५.४१ प्रतिशत बढी हो।
अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा मात्र ५१ करोड ८ लाख रुपैयाँ थियो। गत वर्ष प्रकाशित विवरणमा २०८१ असार मसान्तसम्मको खुद नाफा ४ अर्ब ४८ करोड रुपैयाँ देखिएको थियो। यसपटकको नाफा वृद्धिको प्रमुख कारण इम्पेरमेन्ट चार्जमा आएको ह्रास हो। गत वर्षको सोही अवधिमा इम्पेरमेन्ट चार्ज ५५ करोड ६८ लाख रुपैयाँ मात्र थियो भने हाल प्रकाशित विवरण अनुसार यो रकम ४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ, जसका कारण गत वर्षको नाफा घटेको र यस वर्षको नाफा वृद्धिदर उच्च देखिएको हो।
२०८२ असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १२ पैसा, प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ र मूल्य-आम्दानी अनुपात ९.६ गुणा रहेको छ। यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको विवरणमा उल्लेख छ।













तपाईको प्रतिक्रिया