राष्ट्रिय खाद्य बैंक र ग्लोवल आइएमई क्यापिटल विच आइपिओ निष्कासन तथा बिक्री प्रवन्ध सम्झौता 

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

काठमाण्डौँ, ७ भदौ २०८२।
राष्ट्रिय खाद्य बैंक लिमिटेड र ग्लोवल आ एमई क्यापिटल विच आइपिओ निष्कासन तथा बिक्री प्रवन्ध गर्ने सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रम विच द्धिपक्षिय रुपमा सो सम्झौतामा हस्ताक्षर भएको हो ।

राष्ट्रिय खाद्य बैंक लिमिटेडले सर्वसधारणमा प्रतिशेयर अंकित मूल्य १०० का दरले ३० लाख साधरण शेयर सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । खाद्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अध्यक्ष तथा सञ्चालक शंकरनाथ उप्रेती र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौता पत्रमा हस्तारक्षर गर्नु भएको छ ।

विभिन्न क्षेत्रमा प्रतिष्ठित व्यक्तित्वद्धारा प्रवर्दित यस कम्पनीले २०७७ सालदेखि खाद्यसँग सम्बन्धित कानुनी अधिकार स्वास्थ्य बरदक रैथाने बालिको संरक्षण प्रसोधन गर्दै आएको अध्यक्ष उप्रेतीले बताउनु भएको छ ।

कृषि पेशालाई सम्मानित र मर्यादित बनाई मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने राष्ट्रिय खाद्य बैंकको लक्ष्य रहेको छ । बैंकले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका आधारमा मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियानहरु सञ्चालन गर्नेछ । यसका लागि बैंकले कृषि उत्पादन, सुरक्षित भण्डारण, बिक्री वितरण, अनुसन्धान लगायतका काम गर्नेछ ।

नेपालको कृषिजन्य आवश्यकतालाई पुरा गर्ने उद्देश्यले आम नेपालले अपनत्व लिन सक्ने गरि कृषिमा नवीनतम सोचका साथ अगाडी बढाइएको कम्पनीले जनाएको छ । यसले विभिन्न क्षेत्रमा अर्गानिक कृषि उपजहरु उत्पादन गर्न, परनिर्भरता घटाउँदै आत्मा निर्भर हुन, कृषिउपज खरीद गर्दा बाहिर जाने रकमलाई देशभित्र नै राख्न मद्दत पुग्ने छ ।

यस्तै संस्थाले नेपालमा नै रोजगारी सिर्जना गरि उत्पादन जिडिपीमा योग्दान पु¥याउन, पोषणयुक्त खाद्य बस्तुहरुको बारेमा आम जनसमुदायमाझ पुर्याउने काम गर्दछ ।
यस संस्थाले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीमा खाना,दाना, विउविजनको समेत उत्पादन प्रशोधन गर्दै आएको छ । कर्णाली र सुदुरपश्चिममा भने अध्ययनको काम भईरहेको संस्थाका अध्यक्ष उप्रेतीको भनाई छ ।

तपाईको प्रतिक्रिया