कविरत्न सिद्धिचरणका लुभुनी खण्डकाव्य

Bizness Post बिजनेस पोष्ट
|
१ हप्ता अगाडि

स्वयम्भू शाक्य
नेपालभाषा साहित्यमा लुभुनी खण्डकाव्यको आफ्नै विशेषता छ । आधुनिक नेपाली साहित्यका अग्रणी तथा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक तथा नेपालभाषा साहित्यका कविरत्न सिद्धिचरणले सिर्जना गर्नुभएको प्रस्तुत खण्डकाव्य वि.स.२०४७ सालमा फल्चा पिथना, ओमबहाल, काठमाडौँबाट प्रकाशित भएको थियो । प्रकृतिसँग तुलना गरी कल्पना र अनुभूति बलियो भएको प्रस्तुत भावनात्मक काव्यमा प्रेम र पीडालाई गहिरोरूपमा व्याख्या गर्नुभएको छ । सुख र दुःख, पीडा र चेतना, भावना र संघर्ष, प्रेमको गहिरो अनुभूति र बसन्तको उत्कृष्ट चित्रण गरिएको प्रस्तुत काव्यमार्फत प्रेम, पीडा, समाज आत्मिक द्वन्द र मानवीय चेतनालाई उजागर गरिएको छ ।
लुभुनी खण्डकाव्यले नेपालभाषा साहित्यमा आधुनिक भावधाराको जागरण ल्याएको मानिन्छ । पाठकसँगको भावनामा जोडिएको शक्तिशाली कृतिकोरूपमा जनमानसमा भिजिएको प्रस्तुत खण्डकाव्य आफैंमै गम्भीर साहित्यिक कृति हो । साँचो भावना गहिरो र बुझ्न जटिल हुने भएकोले मानिसको सुख र दुःखप्रति संवेदनशीलता र मानवतावाद विचारधारालाई आत्मसाथ गरी कविवरले गहिरो भावनात्मक अनुभूति व्यक्त गर्नुभएको छ ।
त्रिचालिस वर्ष अगाडि लुभुनी खण्डकाव्यको लेखनकार्य आरम्भ गर्नुभएका नेपाली भाषा साहित्यका युगकवि तथा नेपालभाषा साहित्यका कविरत्न सिद्धिचरणले आफ्नो भूमिका (घःमाः) मा लेख्नुहुन्छ ः “४३ वर्ष अगाडिनै यो लुभुनी खण्डकाव्य लेख्ने कार्य सुरु गरेको हो । जुनबेला सर्वश्री रत्नध्वज जोशी, माधवलाल कर्मचारी र भक्तबहादुर बुक सेलरहरूसँग वैशाख महिनातिर म लुभु देशमा घुम्न गएको थिए‘ । बसन्तको समय । चारैतिर यसको शोभाले मन आकृष्ट हुने नै भयो । बासन्ती छटांले प्रभावित भई मैले यो लुभुनीमा वास्तविक घटनाभन्दा काल्पनिक शक्तिले धेरै काम गरेको छ । त्यसपछि म कहिल्यै लुभु गएको छैन । त्यसैले पाठकले यो घटनालाई भित्रसम्म गएर हेर्नुभयो भने उहाँहरूको हातमा केही पाइँदैन । तसर्थ प्रस्तुत खण्डकाव्यमा बसन्तको सजीव वर्णन गर्नु नै मेरो मुख्य कृतः हो ।
साँचै भन्ने हो भने कविता भनेको केही आफ्नो अनुभव र देखेको कुरा धेरै भन्दा धेरै पढ्नेहरुलाई प्रभावित हुने गरी अभिव्यक्ति गर्नु हो । सिलु गीत, सिनाज्या गीत आदिले हाम्रो भाषाको सौन्दर्य उजागार भैरहेको छ । त्यसैलाई नै केही अनुकरण गर्नु मेरो प्रयत्न हो । हाम्रो मनसँगै ठीक हुने गरी त्यसलाई व्यक्त गर्नु नै यसको सार्थकता हो । यसको अर्को अर्थ केही छ भने त्यो विशाल ब्रह्माण्ड पर्ती जग्गा हो । जसमा हाम्रो विचार र भावनाको सामग्रीले आवाद गर्नु नै साहित्य दर्शन हो । यो यति विशाल छ कि यसको एउटा वा आधा नै हामीले आवाद गर्न सकिरहेको छैन । अनन्तकालसम्म पनि यस्तै भैरहनेछ । यो कहिल्यै पूर्ण हुने छैन ।
सौन्दर्य, प्रेम र सत्य भनेको हामी निन्द्रामा बिँझिनुजस्तै हो । यही जागरणलाई प्रतिष्ठापन गर्नु नै विचार र कला हो । मेरो यौवन अवस्थामा यही कुरालाई प्रत्यक्ष वा अप्रत्यक्ष आभासले यो खण्डकाव्य प्रारम्भ गरेको हुनुपर्दछ । धेरै वर्षसम्म मैले यसलाई पूर्णता दिन प्रयास गरेको हो । तर आफ्नो मनले खोजेजस्तो यसलाई पूर्णता दिन सकेन ।
अहिले मैले लेखिएको लुभुनीको प्रति मसँग छैन । भाषासेवा भनेपछि अरु केही नदेख्ने हाम्रो कवि चित्तधर दाइले पाण्डुलिपिको साफी गरिएको प्रति प्राप्त भयो । यसलाई नै पुस्तकको रुपमा प्रकाशन गर्न सहृदय साथीहरु प्रेमबहादुर कंसाकार र दुर्गालाल श्रेष्ठ आदिहरूले मलाई जहिले पनि ध्यापध्याप गर्नुहुन्थ्यो । यताउता परेको यो प्रतिलिपिहरु सङ्कलन गरी फणीन्द्ररत्न बजाचार्यज्यूले यसलाई पुस्तकको रुपमा प्रकाशन गर्ने कार्य गर्नुभएको हो । यही नै यसको भूमिका (घःमाः) हो । ” भनी ने.स.११११ फागु अष्टमीका दिन कविवर सिद्धिचरणले आफ्नो भूमिकामा लेख्नुभएको छ ।
नेपालभाषा साहित्यका वरिष्ठ कवि फणीन्द्ररत्न बजाचार्यले कविवरले लेख्नुभएको तर पाण्डुलिपि यताउता परी पूर्णता दिन नसक्नु भएको कृतिलाई लामो समय लगाई सम्पादन गरी पुस्तक प्रकाशित हुनु ज्यादै ठूलो कुरो हो । मान्छेहरु भन्ने गरिन्छ जसरी एउटा फूल फुल्नको निम्ति वातावरणको आवश्यकता पर्दछ । त्यस्तै कविवर सिद्धिचरणले लेख्नुभएको लुभुनी खण्डकाव्यको पाण्डुलिपि यताउता परी व्यवस्थित हुन नसकेको टुक्राटाक्री पाण्डुलिपिलाई जतनकासाथ मिलाई उहाँको भावना र अनुभूतिलाई संगालेर एउटा खण्डकाव्य निकाल्नु धेरै ठूलो कुरो हो । तसर्थ भाषाप्रेमी वरिष्ठ साहित्यकार तथा सम्पादक फणीन्द्ररत्न बजाचार्यको मन्तव्यलाई सापटी माग्ने हो भने “यो खण्डकाव्यको प्रारम्भिक नाम “लुभुमि” हो । पछि कृतिलाई सम्पादन गर्दै जाँदा कविवर सिद्धिचरणको सल्लाह अनुसार “लुभुनी ” खण्डकाव्यको रूपमा प्रकाशित भएको हो ।
नेपालभाषा साहित्य शिरोमणि तथा कविकेशरी स्वर्गीय चित्तधर ‘हृदय’ (वि.स.१९६३–२०३९) कविरत्न सिद्धिचरणलाई बारम्बार आफूले लेखेको अपूर्ण “लुभुमि” तथा अन्य खण्डकाव्यहरू सकेसम्म चाँडै पूर्णता दिनू भनी धेरै पटक आग्रह गर्नुभएको थियो । तर कविवर सिद्धिचरणको आफ्नै विवशताले होला, पूर्णता दिन सकिरहेको थिएन । पछि “लुभुमि” को पहिलो सर्ग “झी” र “तृष्णा” खण्डकाव्यको केही अंश ‘सितु’ दैमासिक र ‘खेलुइता’मा प्रकाशित भएतापनि पछि अर्को सर्ग प्रकाशित हुन सकेन ।
नेपालभाषा साहित्यका वरिष्ठ साहित्यकार तथा सम्पादक फणीन्द्ररत्न बजाचार्यले विगतका कुराहरूलाई कोट्याउँदै मन्तव्यमा लेख्नुहुन्छ ः ‘नेपाल ऋतु पौ’ पत्रिकामा लेख प्रकाशित गर्न कविजीको घरमा गएँ । उहाँले नेपालभाषामा लेखिएको प्रकाशित नभएको कविता छ भने त्यो काठको बाकसमा हेरी लिएर जानू भनी वचन दिनुभयो । बाकसमा उहाँको फुटकर कविता र खण्डकाव्य यसैमा परेको रहेछ । गोलमाल भई व्यवस्थित नभएकोले सबै मिलाउन मैले उहाँलाई आग्रह गर्दा उहाँले सहर्ष अनुमति दिनुभयो । विभिन्न कापी र टुक्राटाक्री कागजमा लेखिराखेको “लुभुमि” र “तृष्णा” खण्डकाव्यलाई सिलसिलेबार मिलाएर उहाँलाई पढेर सुनाई छापामा प्रकाशन गर्न अनुरोध गरे । उहाँले यसमा नचाहिने धेरै कुराहरु निकाली केही थप्न बाँकी छ भन्नुभयो । केही दिनपछि उहाँ अलि धेरै बिरामी पर्नुभयो र यसलाई पूर्णता दिने कार्यमा ढिलाई भयो । केही समयपछि उहाँले मलाई बोलाउनुभयो । हेर्दा पहिलाको कापी त्यहाँ छैन । पछि खोज्दा पाइएकोले उक्त खण्डकाव्यमा चाहिने मात्र राखी केही थपथाप गरी फेरि पाण्डुलिपिलाई साफी गरे । यसरी गर्दा पहिला लेखिरहेको तीनवटा सर्ग निकाल्नु पर्यो र खण्डकाव्यको अत्न्त अर्कै तरिकाबाट हुन गयो । खण्डकाव्यको नाम पनि “लुभुमि” बाट “लुभुनी” हुन गयो । यो समयको उत्तर हो । यो काव्य २००७ सालमा प्रजातन्त्र आउनुभन्दा पहिले प्रकाशित भएको भए यसको रूप र आकार अर्कै हुने थियो ।
नेपालभाषामा “गन वने, गन च्वने, वने थासमदु” भन्ने धातु गीत र “सिलु तीर्थय् वनेयात पासा माल वने” भन्ने सिलु गीतको चल्तीको ४–४–६ अक्षर भएको जातीय छन्दमा रचना भएको हो । यसमा धेरै जस्तो दुई अक्षरको शब्द प्रयोग भएको छ । गीत गाउन उपयुक्त हुने रचना गर्नु कविको इच्छा हो” भनी आफ्नो मनका कुराहरु मन्तव्यमा पोख्नु भएको छ ।
लुभु, ललितपुर जिल्ला अवस्थिति एक प्रसिद्ध धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सुन्दर नगरी हो । नेपालको प्रसिद्ध कपडा उत्पादन गर्ने पुरानो बस्तीको रुपमा रहेको लुभु नगरी किरातकालमा ‘हंसगृह दोङ्ग’ नामले प्रख्यात थियो । ऐतिहासिक आख्यानानुसार राजा योगेन्द्र मल्ल (ने.स.८०४–८२५) लाई एक दिन ललितपुरदेखि लुभुसम्म तुल बिछाएर लग्दा राजाले लुभुमा ढक्कमक्क तोरीको फूल फुलेको देखेपछि औधी खुसी भएर ‘यो ठाउँ त सुनको खेत रहेछ ’ (थ्व थायँला लँुुबुँ खनि) भनी भन्नु भएदेखिन् नै उक्त गाउँको नाम लँुुबुँ (सुनको खेत) हुन गएको हो भन्ने कथन छ भने अर्को १६ औं शतादीका राजा विश्व मल्ल (१५४७–१५६०) र उनको छोरा त्रैलोक्य मल्ल तथा त्रिभुवन मल्ल (१५६०–१६१३ ) सम्म गंगा महारानीले नेपालमा शासन गरेकी थिइन् । उनी लुभुलाई अति माया गर्ने भएकीले ने.स.६७२ तिर आफ्नो दाइजोे सुनको थाल बेची महालक्ष्मी महाभैरव जात्रा चलाउनुभएको थियो । ‘हंसगृह दोङ्ग’ बस्तीलाई व्यवस्थितरूपमा विस्तार गरेको हुँदा स्थानीय नेवारी भाषामा लुँ (सुन) र भूँ (थाल) अर्थात सुनको थाललाई लँुुभूँ भन्ने गरेको बताइन्छ । त्यसैले लुभुको ऐतिहासिक पुरानो नाम ‘लँुुबुँ’ वा ‘सुवर्णपुर’ हो । जसको अर्थ सुनको सहर भन्ने हुन्छ । पछिल्लो ‘लँुुबुँ’ शब्द अपभ्रंश भएर लुभु हुन गएको हो ।
नौ पीठ र चार तीर्थस्थल रहेको लुभु देशको इष्टदेवता महालक्ष्मी महाभैरव हो । परापूर्व कालमा १२ वर्षसम्म पानी नपर्दा रातो मछिन्द्रनाथ लिन जान्दा चार भैरव पनि थिए । ती मध्ये लुभुको ‘हय्ग्रिब भैरब’ पनि एक हुन् । त्यसैले रातो मछिन्द्रनाथको जात्रा हुँदा लुभुमा भैरबको पनि जात्रा गरिन्छ । जुनबेला लुभुबासीहरुले जात्रा रहेसम्म छालाको जुत्ता लगाउन नहुने, छाता ओड्न नहुने, रुख चढ्न नहुने, घर बनाउन नहुने, जात्राभरि लुभु छोडेर अन्यत्र बास बस्न नहुने र विवाह व्रतबन्ध आदि गर्नु हुँदैन भन्ने जन–विश्वास रहेको छ ।
बसन्तले नवपालुवा पलाएको बेला लुभुजस्तो सुवर्णपुर सहरमा रत्नध्वज जोशी र माधवलाल जस्ता आत्मिक साथीहरूसँग कविवर सिद्धिचरण घुम्न जाँदा कविवरजस्तो प्रकृतिप्रेमीले जे देख्यो त्यही यथार्थ वर्णन यस लुभुनी खण्डकाव्यमा गरिएको छ ।
वास्तवमा मनमा हरियालीले छाएपछि हर्ष पलाउनु स्वभाविक हो । भित्रभित्रै रसिएर होला आज मनको तलाउमा पानी भरिँदैछ । यो बसन्तको बैशमा प्रकृतिको मुस्कानले कोइली आशातीत गीत गाउँदैछन् । प्रेमको धागोले बाँधेर मान्छेमात्र होइन जीवजन्तुहरु पनि सुखको स्वास फेर्दैछन् । जताततै हरियालीले झरनाहरू पनि गुनगुनाउँदै छन् । नदीहरू चन्चल भएर कञ्चनका भाका गाउँदैछन् ।
के थाहा, यो जीवन यस्तै त हुने होइन ? मेरो मनमा भरिएको निर्मल कुँवाले अब अरुलाई तिर्खा मेटाउन पाउने त होइन ? चराचुरुङ्गीहरुले आ–आफ्नो भाकामा हर्षका गीतहरू गाउने त होइनन् ? निलो गगनलाई बदनाम गर्ने त्यो कालो बादल अब कहिल्यै नआउने त होइनन् ? मेरो मनमा यस्तैयस्तै लागिरहेछ । मुटुभित्र आफूले नदेखे पनि मायाहरु उम्लिरहेको भान हुन्छ । मन शान्त र सुखीमय् भएको बेला सिरिसिरी हावासँगै मन कहाँकहाँ डुलिरहेको हुन्छ । क्षणमा घरमा आउँछ । क्षणमै स्वछन्द भएर गगनतिर जान खोज्छ । खै के भनु, आज मेरो मन र मस्तिकमा असार पन्ध्रको रिमझिम वर्षा छ । शरीर निथुक्क भिजेर के भो आनन्दको क्षण अर्कै छ । त्यसैले होला मलाई रङ्गीबिरङ्गी फूलहरुले गिजाउन खोज्छन् । हरियो भूइमा निर्धक्कसँग निदाउन खोज्दा रुखहरुले मायाप्रितिका कुराहरु सुनाउने गर्छन् । अनौठो छ, यो बसन्तको याममा प्रकृतिले पनि नयाँ लुगा लगाएर आफ्नो अस्तित्वको भाव पोख्न खोज्छन् । हो, मनको भावहरु कमलको फूलझैँ पानीमाथि तैरिएर रातको समयमा पनि हिमगिरीको त्यो चुचुरासम्म पुग्न खोज्छन् । कतै नौलाखे तारालाई छोपिएका बादलहरुलाई पन्छाएर सुनको फूल टिपुटिपु लाग्न थाल्छन् । कर्मको पिङ खेलेर आकाश छुनेमात्र होइन आकाशलाई धर्तीसँग जोडेर काखमा खेलाइराख्न मन लाग्छन् ।
प्राणीलाई शक्ति र सामर्थ ऋतुयामले दिने गरिन्छ । त्यो यामभित्र माया छ, ममता छ, चिसो छ, तातो छ । शरीर खुम्चेर मनभित्र पनि कहिलेकाहीँ असिना पसिना हुने गरिन्छ । त्यसैले यो मान्छेको जूनीमा आज छ भोलि नहुन पनि सक्छ । भोलि त भविष्य हो । भोलिको कुनै भर हुँदैन । हिँड्दा डरलाग्दो पनि हुन सक्छ । उज्यालो भएर जीवन सुखमय् पनि बन्न सक्छ । के थाहा, भविष्यभित्र के छ के छैन । हामीले अनुमान गर्न सकिँदैन । त्यसैले आज त वर्तमान हो । वर्तमानभित्र म छु । हामीहरु छौं । बसन्तको याममा सबैको मन खुसी भएको बेला हामी पनि खुसी हुन सक्नुपर्छ । समयलाई चिनेर आजको महत्वमाथि गम्भीर चिन्तन गर्न सक्नुपर्छ । अब मेरो जीवन कतातिर लाने हो ? अब मैले के गर्नुपर्ने हो ? समय खेर नफालीे यो प्रफुल्ल याममा संकल्पसहित हिँड्नुपर्ने हो । मन नपग्लिदै हिमगिरी जस्तै अटल भएर आशाका किरणहरु बाल्नु पर्ने हो ।
दुनें दुनें जाया वल हरखया पुखू
गन हले गन छवले छवले थास मदु ।
बसन्तया वसः फिनाः बुँ ख्यो क्यव हिल
मनयागु क्यातु भाव लेँ लेँ पुया वल ।
च्वापुगँुया च्वकां च्वकां सल ब्वाका जुये
सुपाँय् चीकाः तिमिलाया लँुस्वां थ्वया हये ।
कापंयागु हुस्लुं पुयाः स्वर्गयात थिये

छस्वा यानाः धर्ती दुने स्वर्ग साला हये ।
मान्छे स्वतन्त्र प्राणी हो । उसलाई कसैले छेकबार गरेको मन पर्दैन । त्यसैले होला कविवर सिद्धिचरणले स्वछन्द मनभित्र आइपरेका बाधा व्यवधानहरू पन्छाएर आनन्दले गुजारा चलाउन सबै पर्खालहरु भत्काउनु पर्छ भन्ने कुरा गर्दैछन् । आफूले आफैलाई पनि मनभित्र रहेका नानाभाँटी कुराहरुलाई पन्छाएर सफासुग्धर अनि विशाल बनाउन खोज्दैछन् । हो, वास्तवमा जीवन्त यस्तै हुनुपर्ने हो । पर्खालभित्र के छ, त्यो त पर्खाल भड्काइसकेपछि मात्रै थाहा हुने कुरो हो । त्यसैले मानव जीवनमा आइपर्ने बिध्न बाधाहरूको पर्खाल क्षणभरमै भत्काउनुपर्छ । पर्खालभित्रका अ‘ध्यारा पाटाहरूलाई सबैले देख्न गरी एकमुठी उज्यालोले प्रकाश छर्नुपर्छ । तब पो जीवनमा आनन्द हुन सक्छ । तब पो जीवनले आफ्नो गति लिन सकिन्छ । होइन भने जीवन पर्खालभित्र सुकेको फूलजस्तै बाहिरी दुनियाँबाट वञ्चित हुनुपर्नेछ । एउटा कैदीजस्तो चार पर्खालभित्र थुनेर बस्नुपर्नेछ । त्यसैले आज सफासुग्धर गरेर गाह्रोसाह्रो सबै पन्छाउनु छ । अशुभलाई हटाएर शुभ र सहज बनाउनु छ ।
कर्मले पसिना खोज्ने गरिन्छ । पसिनाको फल मीठो हुन्छ भनेर मान्छेहरु सबै भन्ने गरिन्छ । तैपनि किन हो कुन्नी एकमुठी मान्छेहरू पसिनालाई होच्याएर, गिजाएर आफ्नो मनलाई शान्त पार्ने गरिन्छ । यो कस्तो मन होला, जसले जीवन के हो बुझ्नै सकेन ? त्यो कस्तो मन होला, जसले मनको आगो बुझ्नै सक्दैन ? त्यस्तो पनि मान्छे हुन्छ र ? हुँदोरहेछ यो संसारमा क्षणभरिको सुखको लागि दुःखको बाटो रोज्दोरहेछ । अर्कालाई दुःख दिएर आफ्नो मन प्रफुल्ल पार्दोरहेछ ।
आज के भएर हो कुन्नी मन चन्चल भएर उफ्रीउफ्री नाचिरहेछ । आनन्द र सौन्दर्यको नदी बगेर अगाडि बढिरहेछ । किनकि समय कहिल्यै पछाडिबाट बग्न सक्दैन । ऊ अगाडि बढ्छ । अटुटरुपमा, जसले जेसुकै भने पनि कसैको मतलब छैन । आफ्नै धुनमा गीत गाएर एक्लै गन्तव्यतिर लाग्न खोज्छ । त्यसैले आफूले आफैलाई उदाङ्ग पार्नु नै सौन्दर्य हो । सत्य हो । आनन्द हो । स्वास्वत हो । यही कुरा सबैले सिक्नुपर्छ । म नाङ्गो जन्मेको हुँ । नाङ्गो भएर नदीको किनारमा सुत्नेछु । म बाँचेको बेला शरीरमा आवरण भएपनि मन नाङ्गो भएर बस्न चाहन्छु । मलाई यसैमै कल्याण छ । ईश्वरको नजीक पुग्न सकिन्छ । मेरो कर्मले आत्मालाई बुझाउन सकिन्छ । सॉचो अर्थमा जीवन भनेको मनको आँखाले मात्रै देख्न सक्ने नाङ्गो रूप हो भन्न सकिन्छ । भन्न त जे भने पनि हुन्छ, बुझ्न त जे बुझे पनि हुन्छ, सुन्न त जे सुने पनि हुन्छ । तर सत्य के हो मान्छेले भित्री आत्माले बुझ्न सक्नुपर्छ । भित्री मनले ठीक बेठिक छुट्याउन सक्नुपर्छ । होइन भने त्यो न मन हो न आत्मा हो ।
नदी त बग्छ, बग्नु उसको धर्म हो । आगोले पोल्छ, पोल्नु उसको धर्म हो । पानीले त भिजाउँछ, भिजाउँनु उसको धर्म हो भने हामी मनुष्यहरूको मन र आत्मा के हो ? पाप र धर्म कसरी छुट्याउने हो ? लोभ र लालचमा किन जीवन बिताउने हो ? क्षणभरको सुख पाउन यो सिङ्गो जीवन किन नर्कमा जाने हो ? यस्तैयस्तै मनका कुराहरु उम्लिन थालेपछि कहिले पोख्ने गर्छ । कहिले सुक्ने गर्छ । सत्यलाई खोज्दाखोज्दै आफ्नो जीवन बितेको थाहा नपाएपछि आनन्द या सौन्दर्यको नदी आफूतिर बगेको भएपनि आँखाले देख्न नसकेर दुर्गन्धतिर लाग्ने गर्छ । त्यसैले सत्य त मन र आत्मामा बलेको हुनुपर्छ । त्यो आगो हामीले बाल्न जानेनौ भने तिमीहरु त अगाडि बढिसकेको हुन्छ । म हिँड्न नसकेर जहाँ छु त्यही लडेर मृत्यु कुर्नु बाहेक अरु विकल्प नहुन सक्छ ।
ब्याक्क पःखाः थुना छ्वयाः माथं वंका बिये
थःम्हं थःत थःगुली हे चकंका थौं विये ।
सुचु पिचु याउँ अःपु फुक्क याना बिये
झ्यातु थाकु मछिं मभिं मदय्काः थौं छ्वये ।
चंचं धायाः तिंतिं न्हूयाः मन प्याखं हुल
आनन्दया सौन्दर्यया खुसि न्हाना वल ।
थम्हं थःत उलेगु हे सौन्दर्य खः सीकि
आनन्द खः सत्य नं खः माःगु थ्वहे थ्वीकि ।

मल्लकालीन शासनकालमा गंगा महारानीले आफ्नो दाइजो सुनको थाल बेची शुद्ध मनले बनाएको लुभु देशमा तोरीको फूल फुलेजस्तै सुनका बालाहरु फल्ने भएर होला मान्छेहरू भन्ने गरिन्छ लुभु सुवर्णपुर हो । किनकि लुभुको माटोमा सुन फल्ने गरिन्छ । यहाँका परिश्रमी किसानहरूले आफ्नो पसिनाको मीठो फल खाने गरिन्छ । लोभ लालची छैन । मन आनन्द र निर्मल भएर होला लुभु देशमा जताततै समृद्धिको बास छ । लक्ष्मीले आशीर्वाद दिएर होला सबैको घर–घरमा धनको बास छ । अन्नपूर्णले आशीर्वाद दिएर होला लुभु देशमा जताततै समृद्धिको बास छ । विश्वकर्माले साथ दिएर होला सबैको हातहातमा सिप र इलम छ । समय आफ्नो थियो । समयसँगै लुभुबासीहरूको नित्यकर्म हुने गरिन्थ्यो । चाडपर्व र जात्राहरूमा मन लगाएर आफ्नो सांस्कृतिलाई आत्मसाथ गरिन्थ्यो । त्यसैले त्यसबेलाका मान्छेहरु सोझा थिए । छलकपट थाहा थिएन । अर्काको होइन आफ्नै कुरामा मात्र ध्यानमा मग्न थिए । जनसेवा गर्नु उनीहरुको नित्य थियो । भोका नाङ्गाहरू आँखाले देख्नु परेको थिएन । यस्तो अवस्थामा पनि गंगा महारानीले अनन्तसम्म आफ्नो कृति रहिरहोस् भन्नका खातिर आफ्नो सुनको थाल बेचेर जात्रा चलाएका थिए । दान र वरदान प्राप्त भएर सबै मान्छेहरु मान्छे भएर बाँचिरहेका थिए । जीवन ईश्वरको वरदान हो । त्यसैले होला मान्छेहरू भन्ने गरिन्छ, हाम्रो मृत्युपछि पुनःजन्म हुन्छ–हुँदैन थाहा छैन । तर मान्छेले छोडेर गएको कृति वरदानजस्तै हुन सक्छ । हो, गंगा महारानीले आफ्नो प्रिय लुभु देशलाई मायामात्र गरेकी होइनन् । आफ्नो दाइजोको सुनको थाल बेची कृति राखेर जनजनमा चेतनाको बत्ती बालेको थियो । आफ्नो मेहनतले कमाएको सम्पत्तिले कृति राख्नु है भनिएको थियो । किनकि एउटा देशको महारानीले आफ्नो दाइजोको सुनको थाल बेच्नुपर्ने आवश्यकता थिएन । तर उनी जनतालाई देखाउनु थियो । एउटा महारानी भएर पनि राज्यको ढुकुटी नचलाइ आफ्नो सुनको थाल बेचेर कृति राखेको थियो । यो नै गंगा महारानीको महानता हो । प्राणीहरूप्रतिको दया हो । हामीलाई थाहा छ, मान्छेको श्रम र बुद्धिनै यसको आयु हो । धेरै वर्ष बाँच्ने हो भने मान्छेले पसिना बगाउन सक्नुपर्छ । ताकि मान्छेको जीवन स्वच्छ र निरोगी होस् ।
भनिन्छ, बगेको पानी कञ्चन र निर्मल हुन्छ । त्यस्तै मान्छेको जीवन पनि पोखरीजस्तो जमेर बस्ने हो भने यसको कुनै अर्थ हुँदैन । यो त चलायमान हुनुपर्छ । बगेको नदीजस्तै समयसँगै आफू पनि बगेर जान सक्नुपर्छ । गन्तव्यतिर अर्जुनदृष्टिझै एकनाशले कतै नअल्झिकन हिँड्न सक्नुपर्छ । यो नै जीवनको सार हुनेछ । जहाँ सत्य खोज्न अन्त जानु पर्दैन । सत्य त आफूमै निर्भर रहनेछ । गंगा महारानीले त आफ्नो सुनको थाल बेचेर जनसेवा गरे । आफ्नो देश लुभुलाई उकासिन पुगे । सुनको मूल्य गहना होइन भनी दिनदुखीहरुलाई उपकार गर्न खोजे । यो कस्तो जमाना थियो, जहाँ एउटा आत्माले अर्को आत्मालाई सम्मान गर्थे । उचनिचमा विश्वास नराखी एउटी महारानीले पनि आफ्नो सुनको थाल बेची देशलाई सुखमय् बनाउन कोसिस गर्थे । तर आजकाल के भएर हो कुन्नी मान्छेमा मेल छैन । एक आपसमा भेद छ । एउटै रगत भएपनि मान्छेहरुको हेर्ने नजरमा खोत छ । उपकार त परको कुरो भो, आफ्नो सुनको थाल बेचेर समृद्धि गर्नु त अर्कै कुरो हो । यहाँ त जुकाजस्तै अर्काको रगत चुसेर आफू मोटाउन खोज्दैछ । मान्छे–मान्छेलाई नचिनिएर मान्छेमाथि कुल्चिन खोज्दैछ । धिक्कार छ जन्म, जसले मान्छेलाई चिन्न सक्दैन । धिक्कार छ जन्म, जसले मान्छे र पशुको भेद थाहा पाउँदैन । त्यस्तो मान्छे पनि मान्छे हुन सक्छ र ? त्यस्तो मान्छेलाई पशु भन्न मिल्दैन र ? मेरो मनमा आगो बलिरहेको छ । जतिसुकै कोसिस गरे पनि निभाउन सकिरहेको छैन । किनकि यो आगोलाई पानीले निभाउन सक्दैन । यसलाई निभाउन लोभ लालचबिनाको आँखाले हेर्न सक्नुपर्छ । ईश्या र जलनलाई त्यागी भेदभाव बिनाको मान्छे हुनुपर्छ । तब पो आगो बिस्तारै निभेर जानेछ । आगोले आगोलाई अब आगो बनेर खरानी हुन मिल्दैन भने आफै सम्हालेर जाने छ ।
गंगा रानीं दय्का तःगु थःगु लुंभु मियाः
स्वना तःगु देश थुगु शुद्ध मती तयाः ।
जन सेवा वैगु व्रतय् वरदान जुयाः
सलं सःपिं जनपिन्त दान जीवनया ।
मनुखया श्रम बुद्धि थुकियागु आयु
थ्वया आयु ताहाः याय्त चःति झीगु माःगु ।
गंगारानी गंगारानी वं हे दे थ्व स्वंगु
लुँया मूल्य तिसा मखु उपकार क्यंगु ।

भोभो अब मलाई बाटो नछेक्नु है । तिमीहरु जहाँबाट आयौ त्यही फर्केर गए हुन्छ । किनकि आज म धेरै खुसी छु । मेरो मन यो विशाल संसारमै अटाउन नसकेर कहाँ राखूँ कहाँ राखूँ भइरहेको छ । यो धर्ती, यो स्वर्ग, यो पाताल सबै एक पाइला पछाडी हटे हुन्छ । अब म साँगुरो बाटोमा हिँड्न सक्दिन । मेरो बाटो समुद्रजस्तै विशाल अनि गहिरो हुनुपर्छ । मनभित्र कमलको फूल फुलेपछि सबै पातहरू त्यसैत्यसै तैरिनुपर्छ । हो, यो हिमगिरीको सेतो हिउँको टुप्पा तानेर माला लगाऊँ लगाऊँजस्तो भैरहेछ । बादललाई एकछिन पन्छाएर भएपनि नौलाखे तारालाई शीरमा सजाउन मन लाग्छ । के भइरहेको हो ? मन चन्चल भएर अब के हुने हो ? यतिसम्म नहुनुपर्ने हो । तर मन चञ्चल भएर बरालेर किन हिँड्दैछ ? हिमगिरीको त्यो चिसो हिउँको माला किन लगाउन खोज्दैछ ? बादललाई पन्छाएर एकछिन भएपनि किन नौलाखे तारा शीरमा लगाउन खोज्दैछ ? थाहा छैन, आज यतिको किन मन चञ्चल भइरहेको हो ? यताउता कताकता गएर कहाँकहाँका कुराहरु गर्दैछन् ? हो, मन चन्चल भएपछि यस्तै हुँदोरहेछ । कहिले महासागरमा गएर पानी पिउन खोज्छ । कहिले मरुभूमिमा गएर घर बनाउन थाल्छ ।
यो कस्तो समय होला, महारानी गंगालाई साक्षी राखेर नाचौँनाचौँ लाग्न थाल्यो । लक्ष्मी मन्दिरको स्थापना गरी जात्रा चलाउने महारानीले जनताको मन जिती ठाउँठाउँमा थुप्रै कामहरु गरेका थिए । सोह्रौँ शताब्दीमा राजा विश्वमल्ल र उनको छोरा त्रैलोक्य मल्ल र त्रिभुवन मल्लसम्म संरक्षकत्वमा ३६५ झ्याल र वरिपरि पोखरी भएको दरबारमा बसी महारानीले शासन चलाइरहेको थियो । त्यसैले यो मन प्रफुल्ल भएर नाचीनाची गंगा रानीको अगाडि यो शीर निहुँराउन मन लाग्यो ।
बसन्तको याम थियो । कोकिलले आफ्नो जीवनमा बिताइएका सुख र दुःखका कुराहरुलाई भाकाहाली गीत गाउन थाले । प्रेममा चुम्लुम्म डुबेर मायाप्रितिका गीतहरु सुनाउन थाले । संसार यस्तै हो भनी ऋतु गीतले सम्झाउन थाले । शिशिरको याममा पनि घरबार बिहिनको पीडा पोख्न थाले । रुने त रुन्छ तर रोएको नदेख्ने ती बोटबिरुवाहरु र रुखहरुले जूनीजूनीसम्म काँचुली फेरेर पनि भाव एउटै छ, नित्य कहिल्यै फेरिएको छैन । मन चञ्चल भएपनि मान्छेको मनजस्तै यताउता कहिँ गएको छैन । जहाँ छ त्यही बसेर समय कुर्नु बाहेक उसले अहिलेसम्म विकल्प सोचेको छैन । त्यसैले होला कहिलेकाहीँ मान्छेको मनमा हरियो पलायो भने कोकिलले गाएका सबै गीतहरु गाउन मन लाग्छ । शब्दको अर्थ नबुझे पनि भावले मान्छेलाई नदीलेझैँ बगाउन खोज्छ । आँखाले नदेखे पनि मनको आँखाले सबै कुरा बुझ्न थाल्छ । कहिले हर्षले ठाउँ छोड्छ । कहिले पीडाले आँसु बगाउँछ । आखीर मान्छेको मन न हो हिउँझैँ पग्लिएपछि सलल बगेर गन्तव्य खोज्न थाल्छ ।
जीवन सुख र दुःखको संग्रह हो । कहिले सुख बेसी होला, कहिले दुःख । यो त नदीको दुई किनारजस्तै हो । जसरी किनारबिनाको नदी हामी कल्पना गर्न सक्दैनौ, त्यस्तै जीवनको आयामभित्र रूप पनि छ कुरूप पनि छ । पीडा पनि छ, हर्ष पनि छ । त्यसैले यो छोटो जीवनमा सबै कुराहरु केलाएर हेर्न सकिँदैन । सबै कुराहरु एकएक गरी पढ्न पनि सकिँदैन । यो त अनुभूतिका कुराहरु हुन् । आँखाले, कानले, स्पर्शले बाहिर जगतका कुराहरु बुझ्न सकिन्छ । तर भित्री मनमा रहेका कुरा मुटुले मात्र भन्न सकिन्छ । यो जीवन मेरो होइन, न मेरो भनी पोको पारेर राख्न सक्छु । न चाहेको बेला खोल्न सक्छु । यो त समयले खोज्ने अनौठो जीवन हो । जहाँ पीडा धेरै, खुसी कम हुनसक्छ । जहाँ खुसी धेरै, पीडा कम हुन सक्छ । त्यसैले यो जीवन आज चारैतिर छोडेर यो स्वर्ग र धर्तीलाई एउटै धागोले बाँड्न मन लाग्छ । स्वर्ग र धर्तीलाई कहिलेकाहीँ एउटै आँखाले हेर्न मन लाग्छ । अ‘ध्यारोलाई टुक्राटुक्रा पारी मिलाउन मन लाग्छ । चन्द्रमाले लगाइरहेका सुनका आभूषणहरू कहिलेकाहीँ लगाएर हिँड्न मन लाग्छ ।
बिबि लिचिला हुँ स्वर्ग धर्ती व पाताः
तयां तये थाय् हे मन्त मनयागु लस्ता ।
च्वापुगँुया च्वः लिकाकां क्वखाय् मास्ते वल
सुपाँय् चीकाः नगु मुंकाः छुयो मास्ते वल ।
गंगारानी न्होने तयाः प्याखं हुये माल
कोकिलया दक्व स्वर हाले मास्ते वल ।
जीवनया रूप दक्व हले मास्ते वल
स्वर्गनाप धर्तीयात स्वाये मास्ते वल ।
खिमिलाया सपः ज्वनाः वां छ्वय् मास्ते वल
चन्द्रमाया लुँस्वां छुनाः जुये मास्ते वल ।

त्यो ठाउँमा धेरै पर्खालहरू बनाएर स–साना अ‘ध्यारा कोठाहरू बनाइरहेका छन् । थाहा छैन किन बनाएको हो ? जहाँ यति धेरै पर्खालहरूको आवश्यकता छैन । जहाँ पर्खालहरू नभए पनि कति सुन्दर र ठूलो देखिन्थ्यो होला । त्यस्तो ठाउँमा मनलाग्दो पर्खालहरु बनाएर हावा छेकिरहेका छन् । उज्यालोलाई निलेर अ‘ध्यारोलाई हुर्काइरहेका छन् । मन र मस्तिष्कमा कहिल्यै निको नहुने रोग लगाइरहेका छन् । आफैंले आफैंलाई अस्तित्वबाट ओझेलमा पारी खिया लगाइरहेका छन् । त्यसैले होला आज किन हो कुन्नी कविवर सिद्धिचरणलाई यस्तो वातावरणबाट वाक्कदिक्क भएर तुरुन्तै ती पर्खालहरु भत्काउन जाँगर चलाउँदै छन् ।
मान्छे स्वतन्त्र प्राणी हो । उसलाई कुनै बन्धन मन पर्दैन । ऊ स्वतन्त्र भएर पन्छीझैँ उड्न चाहन्छ । पर्खालैपर्खालले घेरिएको त्यो अ‘ध्यारो ठाउँमा जतिसुकै अमूल्य सम्पत्ति दिएर राखे पनि त्यस्तो ठाउँमा बस्न रुचाउँदैन । खान त मीठोमीठो खायो होला । लाउन त राम्रोराम्रो लगायो होला । तैपनि मान्छे त्यो पर्खालभित्रको जीवनलाई मीठो मानिदैन । खुल्ला आकाश मुनि बाँच्नुपर्ने मान्छेले स्वतन्त्ररुपमा बग्न नपाए पनि पक्कै त्यो जीवनलाई जीवन ठानिदैन । त्यसैले यो जीवन जगत्मा मान्छे बन्धनमा होइन, बन्धनहरु भत्काउन चाहन्छन् । भित्र र बाहिरका ती सबै पर्खालहरु नभएका खुल्ला ठाउँ बनाउन चाहन्छन् ।
मान्छे धनसम्पत्तिको लागि मात्र होइन, धन सम्पत्ति मान्छेको लागि हो । त्यसैले यो अनित्य संसारमा कुनै कुराको स्थायित्व छैन । आज छ भोलि नहुन सक्छ । यहाँ मेरो भन्ने केही छैन । सबैले एक दिन छोडेर जानुपर्छ । त्यागेर सम्झनामात्रै छोड्नुपर्छ । यो मान्छेको जूनीमा धनसम्पत्ति थुपार्नुको कुनै अर्थ छैन । सत्कार्यमा खर्च गर्न सक्नु पनि धन सम्पत्ति हो । जसमा जुन कुरोको औचित्य छ त्यही गर्नु सम्पत्तिको खाँचो छ । तब धन सम्पत्तिको अर्थ हुन्छ । होइन भने लोभले लाभ, लाभले विलाप हुनु बाहेक यो संसारमा अर्को कुनै विकल्प छैन ।
मान्छे त आउँछ, जान्छ । तर यो संसारमा अहिल्यैसम्म कुनै लेखाजोखा गरेको छैन । कति आए, कति गए । एकछिन हाँस्न र रुनु बाहेक अरु कुनै विकल्प छैन । त्यसैले यो जीवन मेरो लागि होइन । यो त प्राणीहरूको सेवाको लागि जन्मिएको हो । म चाहन्छु, म मरे पनि मेरो शेष रहिरहोस् । सदाका निम्ति मान्छेहरुले सम्झिरहोस् । एउटा मान्छे जन्मिएको भन्ने अर्थ लगाओस् । असंख्य मान्छेहरु हिडिरहेको बाटोमा मैले पनि एउटा ईटा थपेर सहज बनाउन सकोस् । मेरो यही चाहना छ । यो छोटो जीवनमा मलाई सधैं दिनैदिन भइरहोस् । किनकि म रातमा सुत्दा मेरो काम अपूरो होला कि भन्ने डर छ ।
सौन्दर्य, शरीरमा होइन मनमा हुनुपर्छ । मन सुन्दर भयो भने ईश्वरलाई भेट्न धेरै समय लाग्दैन । मनोभावनाले काम गर्यो भने पूर्णताले चाँडै उत्कृष्ट रुप लिन सकिन्छ । त्यसैले यो सौन्दर्यलाई आँखा र मनले कसरी हेर्ने हो ? आनन्द र सुन्दर जीवन कसरी बिताउने हो ? मान्छेको ध्येय यसैमै हुनुपर्छ । शरीर त नाशवान छ । तर यसको अर्थ यो होइन कि शरीर कुरुप भएपनि हुन्छ । शरीर आत्माको अस्तिपञ्जर भएकोले सौन्दर्यको गुण र भाव यसमा पनि हुनुपर्छ । सिद्धान्तको कलामा सौन्दर्यतालाई पनि प्रधानता दिनुपर्छ । ताकि मान्छेको चाहना ऊप्रति पनि होस् । सौन्दर्यवादको अनुयायी पोषक र समर्थकको रुपमा बनिरहोस् । सौन्दर्यको तात्विक दार्शनिक र मार्मिक विवेचना भइरहोस् । आँखाले सुन्दरता बयान गरेर मनमा आनन्ददायीको अनुभूति भइरहोस् । स्वभाव र स्वरूपको सधैं विवेचना भइरहोस् । तसर्थ सौन्दर्य त शरीरभन्दा धेरै मनमा देख्नुपर्छ । ताकि मन उज्यालो भएर शरीरलाई पनि त्यसको प्रभाव पार्न सकूँन् । जनकल्याणका लागि सेवा गर्न सकूँन् ।
नासपाती, आरु र आलुको बोटमा सेता ती फूलहरू फुलेर यो संसारलाई हेर्न कोसिस गर्दैछन् । लालाबाला कलिला शरीरले भर्खरै सृष्टिको रूप देखाउँदै छन् । के थाहा, ती नवपालुवाहरूलाई यहाँको हावापानी कस्तो छ ? कोही आएर टपक्क टिपी देलाकी भन्ने परिस्थितिले व्यवहार सिकाउँदै छन् । त्यसैले होला हावासँगै झुकेर घाम लाग्दा लोभलाग्दो हुनु त्यो उसको सौभाग्य हो । समयसँगै हुर्केर आफ्नो अस्तित्वसँगै जीवन निर्वाह गर्नु त्यो उसको गुण हो । त्यसैले यो जगत्मा नवसृष्टि मात्र होइन चराचुरुङ्गीहरुले पनि समयानुसार ढुकुटीका गीतहरु गाइरहन्छन् । आफ्नै सुरमा प्रकृतिको तालसँगै कहिल्यै नझुक्ने गरी यो ब्रह्माण्ड रहेसम्म सुरिलो स्वर्मा गाइरहन्छन् , सुनाइरहन्छन् । परम्परादेखि चल्दै आएको त्यो चलनलाई चराचुरुङ्गीहरुले पनि सहर्ष स्वीकारगर्दै परम्परालाई निरन्तरता दिँदैछन् । हेर्दैमा रसमय्पूर्ण यौवनका रूपहरू जताततै पोखिँदैछन् । सुगाले पनि उखुको रस चोप्दै आफ्ना परिवार र मित्रजनहरूलाई बोलाउँदैछन् । गुलियो छ, मीठो छ । जीवनमा थुप्रै कष्टहरु पनि छ । तैपनि यो जीवनचक्रमा बसन्तको आगमनले प्राणीहरूको मात्र होइन बोटबिरुवा र रुखका पातहरूले पनि मौसमको गीत गाउँदैछन् । हरियो लुगा लगाएर यौवनमा सबै उन्मुक्त छन् ।
गुलि प्राणी वल वन मन्त छुुं हे शेष
वंपिं मनूतय्गु थन झी हे खत भेष ।
सौन्दर्य थ्व च्वनीगु थाय् ख्वालय् मखु मनय्
नुगः बालाःपिनि भिनी सकतां थ्व जगतय् ।
पासि वःसि आलुचा माय् नगु तुयू मुखू
झंगः पंछीं उलाच्वन गीतं जाःगु धुकू ।
तूब्वय् च्वना मत्त जुयाः तीतु हालाच्वन
स्वःस्वः थासय् रस रुप भय्भय् बियाच्वन ।

लुभु देश स्वर्गको टुक्रा हो । जता हेर्यो उतै रमणीय यो देशमा अन्नपातमात्र होइन सुन पनि फल्दोरहेछ । अन्नपूर्णले भरिपूर्ण भएको यो देशमा जसले जति लिए पनि कहिल्यै नसकिदो रहेछ । त्यसैले होला यहाँका बासिन्दाहरुको प्राण माटोमा भएकोले लुभुबासीहरु माटोलाई औधी माया गर्ने गरिन्छन् । दिनरात माटोमै खेलेर आफ्नो जिन्दगी माटोमै बिताउँदोरहेछन् । यो कस्तो जीवन ? हेर्दा सामान्य तर यो जीवन आमाप्रतिको माया हो । आमालाई गर्ने सेवा हो । माटोमा रमाएर जीवन बिताउनेहरु कहि खान लाउन भोको हुँदैन । कहिल्यैे मागेर खानु पर्दैन । गच्छे अनुसार एकमुखी दान दिएर भोलिका लागि बाटो बनाउन चाहन्छन् । सरल अनि सोझा उनीहरू बाङ्गोटिङ्गो र छलकपटलाई कहिल्यैे जानिदैनन् । त्यसैले यो सुन फल्ने सुवर्णपुर देशमा साक्षात महालक्ष्मीको बास भएर होला लुभु देश राम्रो छ । जनजनको हृदयमा केही गर्नुपर्छ भन्ने भावना छ ।
मान्छेलाई समय र परिस्थितिले कहाँकहाँ पुर्याउँदोरहेछ । त्यस्तै भो आज काठमाडौँमा बस्ने एकजना युवक साथीहरुसँग लुभुमा घुम्न पुगेका थिए । त्यो युवक अरु होइन कविवर सिद्धिचरण हो । उनको मनमा थुप्रै कुराहरूको जन्म भइरहेको थियो । आँखामा लुभु टाँसिरहेको थियो । हेदैं राम्रो सफा सुग्धर लोभलाग्दो त्यो लुभु देशमा बसन्तको ऋतुले आफ्नो साम्राज्य चलाइरहेको थियो । जताततै शोभैंशोभाले सबैको मन हरियो थियो । मन चञ्चल भएर आफ्ना भावहरु सबै पोखिरहेको थियो । बुझ्नेले आँखाबाट बुझिसकें । धर्तीले सबै कुराहरु सुनाइसकें । आकाशमा कहीँ कतै स–साना सेता बादलहरु बाहेक काला बादलहरु सबै डाँडा पारी लुकिसकें । त्यसैले यो निर्मल र स्वच्छ याममा मूल फुटेर पानी बगेजस्तै सबै प्राणीहरुको हृदय फक्रिरहेको थियो । रमणीय यो देशमा आ–आफ्नो कर्मले लुभुबासीहरु मिलेर देश उज्यालो पार्न बत्ती बालिरहेको थियो ।
महिलाहरूको काम घरधन्दा चलाउनु थियो । सफा सुग्धरका लागि लुगाफाटाहरु धोएर सुकाउनुमा नै धेरै समय खर्च हुन्थ्यो । तैपनि सबैजना एकै ठाउँमा बसी लुगा धुन्दै प्रेम, माया र सौन्दर्यका कुराहरु गर्ने गर्थे । घरव्यवहारदेखि आफ्नो देशको सेवाको लागि अबका दिनहरूमा गर्नुपर्ने कामहरूको चर्चा गर्थे । आ–आफ्नो टोलबासीहरूलाई सकेसम्म राम्रो पारी देशको इज्जत बढाउने कामहरु गर्ने गर्थे । त्यस्तो समयमा साथीहरुसँग लुभुमा घुम्न गएका एउटा युवकको आँखा झ्यालमा बसिरहेकी एउटा सुन्दरी अप्सराजस्तो युवतीसँग जुट्न पुग्छ । कलामक दृष्टिकोणले भरिपूर्ण भएको त्यो झ्यालमा बसेकी ती युवतीलाई देख्दा मानौं ती युवती होइन रातको समयमा उज्यालो दिई चम्किरहेकी चन्द्रमाजस्तो भान हुन थाल्छ । यो कस्तो रुप हो ? यो कस्तो सौन्दर्य हो ? कहिल्यैसम्म मैले देखेको छैन । मेरो आँखा त्यही झ्यालमा बसेकी सुन्दरीको मुहारमा टाँसेर म कहाँ छु ? के गर्दै छु ? मलाई कुनै होश भएन । बाटो भुलेर रणभूलमा परेको यात्रीजस्तै म त त्यो ठाउँ छोडेरै जान सकिएन । यो के भइरहेको हो ? कतै मेरो सपना त होइन ? म त साथीहरुसँग पहिलोचोटि लुभुमा घुम्न आएको मान्छे ! यो लुभु मेरो लागि सपनाको सहरजस्तै लाग्न थाल्यो ।
मान्छेहरु बाटामा हिडिरहेका थिए । घरको आँगनमा आफ्नो घरव्यवहार चलाउन कामहरु गरिरहेका थिए । तर खै मलाई त चुम्बकले तानेजस्तै मेरो मन त्यही युवतीको नजरमा परिरहे । कतै गाली गर्ने पो हो कि ? कतै पापी मान्छे भनी हप्काउने पो हो कि ? यो नचिनेको मान्छेले मेरो छोरीलाई आँखा लगायो भनी टोलबासीहरुले मलाई डोरीले बाँधी यातना दिने पो हो कि ? मलाई डर लाग्न थाल्यो । प्रेमको टुसा नपलाउँदै मेरो प्रेम मर्ने पो हो कि ? चन्द्रमाजस्तो चम्किरहेकी ती युवतीको आँखाबाट अब म ओझेलमा पर्ने त होइन ? के थाहा, ईश्वरको लीला अपरम्पार छ । भोलि आउँदा कतै त्यो झ्यालमा नदेख्ने पो हो कि ? मेरो मनमा आँधीबेरी चल्न थाल्यो । एकैछिनमा मन मरेर जाँदा यति राम्रो सुन्दर देश पनि किन हो कुन्नी नराम्रो लाग्न थाल्यो । एक पाइला पनि हिँड्न नसक्ने म, अब कसरी घरमा पुग्ने हो ? मैले चाहेको युवतीलाई छोडेर अब म कसरी घर फर्किने हो ? मलाई पीर परिरहेको थियो । उसलाई पीर पर्यो परेन थाहा भएन । किनकि भर्खर मैले देखेको त्यो मायाले मलाई कुन नजरले हेरेको होला, मलाई थाहा भएन । मैले त मेरो जीवन सुम्पिसकें । उसलाई त मेरो भाग्य ठानिसकें । त्यसैले म कसरी भाग्यबिनाको अभागी मान्छे भएर बाँच्न सक्छु ? बाटोमा हिँड्दाहिँड्दै म मरिहाल्यो भने पनि अब उसलाई कसले खबर गर्ने होला ? मेरो लास जलिरहँदा यो अदृश्य मायाले उसलाई कति पीडा हुने होला ? म चाहन्छु, म मरे पनि मेरो खरानी बगेर लुभुको माटोमा मिल्न सकोस् । दुईटा प्राण एउटै नभए पनि हे ईश्वर ! तिमीले एउटै बनाइदेऊ । ताकि मेरो मन शान्त हुन सकोस् । म फेरि जन्मियो भने मेरी प्रियतम्को देश लुभुमा जन्म हुन पाओस् । ताकि मैले उसलाई नचिने पनि यो देश मेरो प्राण हो भनी मैले सेवा गर्न सकोस् । हे ईश्वर ! मलाई माया गर । अलिकता दया छ भने दया गर । म आज दोभानमा उभिरहेको छु । मेरो बाटो कहाँ हो तिमीले नै देखाइदेऊ । मेरो मनले खोजेको कुरा मलाई चाँडै मिलाइदेऊ । बस मलाई यति भए पुग्छ । म अरु केही माग्दिन । मलाई धन सम्पत्तिको आवश्यकता छैन । मलाई सुख सहेलमा बाँच्नु छैन । मलाई मेरो इच्छा पूरा गरिदेऊ । उसको मनमा मप्रतिको माया, ममता र सद्भाव देखाइदेऊ ।
यस्तैयस्तै सोचेर होला मेरो मन कहाँकहाँ पुगेर फेरि लुभुमै आइपुग्छ । एक पाइला अगाडि सरी पछाडि फर्केर मात्र के हेरेको थिए । ती युवतीले पनि मलाई हेरिरहेको थियो । आँखा जुत्यो अब मनमा आशा पलाउन थाल्यो । धेरै वर्षअघि हराएको अमूल्य सामान मैले पाएजस्तो लाग्न थाल्यो । मन खुसी छ । कतै टपक्क टिपेर आफ्नो मान्छेलाई घर लैजान पाएँ हुन्थ्यो । बोलचालनै त थिएन । तर वर्षौंदेखि सँगैसँगै हिँडेजस्तो लाग्न थाल्यो । अरुको आँखा नपरोस् भनी ईश्वरलाई पुकार्न थाल्यो । किनकि रगतको नाताभन्दा मनको नातामा बलियो सम्बन्ध हुँदोरहेछ । कहिल्यै नटुट्ने बलियो डोरीले बाँडेको हुन्छ । आफ्नो मान्छेलाई मुटुमा राखेर हरपल सँगै होस् भनी यो मनले कामना गर्छ ।
गुलि बांलाः लुभु देश स्वय् हे ययापुगु
महालक्ष्मी बास यानाः झः झः धाया च्वगु ।
चाःचाः ह्युं ह्युं यमि छम्ह अन थ्यंकाः वल
बसन्तया स्वस्वं शोभा मन भय् भय् बिल ।
बं वं खन यमिं अन मिसा छम्ह झालय्
मिसा मखु चन्द्रमा हे थिना च्वंगु ख्यलय् ।
गुलि बांलाः गुलि हिसि यमि थारा न्हुल
मनूत न थुलि ज्वीगु यमि दङ्ग जुल ।
मस्वः पहलं लिफः स्वत मिखा मिखा ल्वात

तःन्हु तःदँ तनाच्वंगु वस्तु लु थे जुल ।
मान्छेले इच्छाएका सबै कुराहरु फत्य हुन सक्दैनन् । त्यसैले सोच विचार गरेर मात्रै काम गर्नुपर्छ । नत्र सिस्नुले पोलेजस्तै जीवनमा कष्टकर हुनसक्छ । आँखा भएर पनि आँखाले आफ्नो काम नगरेपछि, सोच भएर पनि सोचेर अगाडि नबढेपछि कसको के लाग्छ र ? यो हाम्रो समाजको लोकलाजलाई पनि हेर्नुपर्छ । सीमालाई पनि गहिएर बुझ्नुपर्छ । नत्र मान्छे हिँड्दैमा के सबै मान्छेहरु गन्तव्यमा पुग्न सकिन्छ र ? त्यसैले यो मनभित्र हजारौं इच्छा र आकांक्षाहरु जन्मिरहेका हुन्छन् । पलपलमा मरिरहेका हुन्छन् । तर मनको औषधि मनलाई मात्रै थाहा भएजस्तै आज एउटा काठमाडौँबासी युवकको मनमा लुभुनीसँगको प्रेममा फसेर झलझल सम्झिरहन्छ । मनमनैले आफ्नो जीवन कसरी बिताउने भनी बुनिरहेछ ।
मलाई डर लागिरहेछ । यो मान्छे को हो भनी हेर्ने गरेकोले मलाई पीर परिरहेको थियो । एउटा नौलो मान्छेले आफ्नो टोल छिमेकीका चेलीबेटीलाई हेर्दै गरेको दृश्यले ममाथि कुनै बज्रपात हुने पो हो कि भनी शङ्का उपशंखा भइरहेको थियो । हे भगवान ! मलाई आज केही नहोस् । मैले केही बिराएको छैन । लुभु देशमा मेरो आँखाले एउटा झ्यालमा बसेकी सुन्दरीलाई हेर्दैमा म अपराधी बन्न सक्दैन । मैले नराम्रो कुनै काम गरेको छैन । एउटा सुन्दरीलाई हृदयमा बास दिएको कुरा मैले कसैलाई भनेको छैन । यो आँखाले देखेको मात्र हो । यो मनले आफ्नोजस्तो ठानेको मात्र हो । न बोलचाल छ, न भेतघाट छ । बाटोमा हिँड्दैगर्दा यो आँखाले खोजेको मात्र हो । समय यस्तै थियो । आफूलाई मन पर्यो भन्दैमा बोल्न नहुने हाम्रो समाजमा रीतिथितिहरु यस्तै थिए । लोकलाजमा बाँचिरहेका हामीहरु समाजको डरले भागीभागी लुकिरहेका थिए । चाहेर पनि केही गर्न नसक्ने हाम्रो समाजमा जातपात र रुढीवादीको डरलाग्दो विष पोखिरहेको थियो । त्यसैले होला मान्छेहरूमा समाजको एक किसिमको डर थियो । मनका कुरा खुल्लारूपमा व्यक्त गर्ने समय थिएन । भित्रभित्रैं मनका कुराहरु गुम्साएर आ–आफ्नो काममा लागिरहन्थ्यो । आखीर प्रेम, माया र स्नेहका कुराहरु न हुन् । सबैले सबै कुराहरु बुझ्न सक्दैनन् । सबैले सबै कुराहरु भन्न सक्दैनन् । हाम्रो समाजको यही कमजोरी थियो । तर के गर्नु यो मनमा प्रीतिको हावाहुरी चलिरहदा यताउता कताकता यो मन बहकेर सम्हाल्नै नसक्ने गरी गाह्रो भइरहेको थियो । तैपनि किन हो कुन्नी मलाई त्यही सुन्दरीले पर्खेजस्तो लाग्छ । बोलाएजस्तो लाग्छ । खोजेजस्तो लाग्छ । हेरिरहेजस्तो लाग्छ । खै बोल्न नसके पनि बोलाइरहेजस्तो हुन्छ । बोलाइरहेको त होइन ? कतै उनले मलाई खोजिरहेको त होइन ? कतै यो प्रीति त्यसै टुटेर जाने त होइन ? टुक्राटुक्रा भएर काम नलाग्ने त होइन ? हाम्रो प्रीति त्यसैत्यसै ओइलेर जाने त होइन ? मलाई पीर परिरहेको छ । समयले बिस्तारै कोल्टो फेर्दैछ । चाँडै साँझ होला भनी मलाई डर लागिरहेको थियो । मेरी सुन्दरीलाई त्यसै छोडेर घरतिर लाग्ने हो भने म कहिल्यै लुभुमा आउन सक्छु र ? म कहिल्यै मेरी लुभुनीेलाई देख्न सक्छु र ? होइन, मलाई मेरी प्रेमीसँग कुरा गर्नुछ । मनका कुराहरु सबै उसैलाई पोखेर उसको विचार सोध्नु छ । के मसँग प्रेम गर्न सक्छौ ? के मलाई जीवनसाथी बनाउन सक्छौ ? के भन्छे म उसोको मनको कुरा सुन्न चाहन्छु । उसले जे भन्छ, त्यही उचित ठानी म आफ्नो जीवन बिताउन चाहन्छु । प्रिय ! यो मनमा तिम्रो बास छ । म अरुजस्तो गरी हिँड्ने मान्छे होइन । म तडकभडक गरी हिँड्ने मान्छे होइन । सरल जीवन बिताउने मान्छे हूँ । के मलाई तिमीले साथ दिन सक्छांै ? के मलाई तिमीले आफ्नो ठान्न सक्छौं ? प्रिय ! तिम्रो उत्तर खोजिरहेको छु । मलाई चाँडै भन, हुन्छ या हुँदैन ? तिमीले जे भन्छौ त्यसैमै मेरो जीवनको शेष बित्नेछ । मलाई आज सबै थोक जुटाउनु छ ।
सम्भव नभएपनि आकाश र पातललाई केही समयको लागि भएपनि मलाई एकै ठाउँमा राख्नु छ । मान्छेहरुले नबुझ्ने भाषा आँखाले बोल्नु छ । त्यसैले हे समाज ! मलाई अलिकता दयामाया गरिदेऊ । तिमीहरूको रुढिबादीबाट अलिकता भएपनि टाढा राखिदेऊ । ताकि मेरी सुन्दरीसँग आँखाले आँखासँग बोल्न लगाइदेऊ । मनले मनलाई केही भन्न सगाइदेऊ । बस् यति भए पुग्छ । मलाई मेरी प्रियालाई चटक्क छोडेर एक्लै जानू छैन । उसको माया र प्रीति बोकेर जान पाए यो जीवन कति धन्य हुनेछ । हे प्रिय ! तिमी रातको चन्द्रमाजस्तो किन चम्किरहन्छौं ? तिम्रो मुहार बिर्सिदेउ भन्दा किन टाँसिरहेछांै ? कालो बस्त्रमा रातो सतबत लगाएर पूर्णिमाको रातझै किन उज्यालो दिइरहन्छांै ? मलाई आश्चर्य लाग्छ, एउटा सुन्दरी जसको रूपरङ र हाउभाउले मलाई किन चुम्बकलेझै तानिरहन्छ ? भर्खरै झ्यालमा बसेकी सुन्दरीलाई देखेर मलाई बारम्बार किन मायाले धोचिरहन्छ ? हे ईश्वर ! मलाई मेरो आँखाले खोजेको मान्छेसँग बोल्न लगाइदेऊ । मलाई आफ्नो ठानेको मान्छेसँग भेट्न लगाइदेऊ । मलाई सँगैसँगै हिँड्ने मान्छेलाई जीवनसाथी बनाइदेऊ । मलाई भोग प्यास नलाग्ने रोगबाट बचाइदेऊ ।
आँखाले आँखालाई बोलाइरहेको थियो । मायाप्रितिका कुराहरू क्षणभरमै साटिरहेको थियो । वर्षौंवर्ष भेट नभएजस्तै दुबैले एक अर्कासँग मायाप्रितिका कुरा आँखाले बोलिरहेको थियो । तर के गर्नु समय न हो । रात पर्न लाग्लाजस्तो भएर म बिस्तारै लुभुको प्रवेशद्वारबाट बाहिर निस्कें । सफा सुग्धर त्यो लुभु देशको ढुङ्गेधाराबाट निरन्तर बगिरहेको पानीले आफ्नो लक्ष्य खोजिरहेको थियो । कसैलाई नभनी गन्तव्यमा पुग्न आफ्नो बाटो लागिरहेको थियो । त्यसैले यो बैसको जीवनमा बसन्त ऋतुको विशेष महत्व छ । पालुवा पलाएर आफ्नो विशेषता देखाउन खोज्छ । सृष्टिका लामा कथाहरु यही बसन्तमा जोडिएको हुन्छ । नयाँनयाँ रङ्गीबिरङ्गी लुगाहरु लगाएर यौवनका कुराहरु गर्न खोज्छ । मायाप्रिति गाँसिएर जीवनमा नयाँ अध्याय सुरु गर्न खोज्छ । त्यसैले हे प्रिय ! बैस त ईश्वरको वरदान हो । जीवन चलाउने रथको पाङ्ग्रा हो ।
थःत स्वत धाय्वं स्वैतं नंवाय् मज्यूगु रीति
ल्वाकः ब्वाकः मन जुल वा–फय् वयाः प्रिति ।
थःत हे तुं पिया च्वं थें यमिं वैत ताल
थःत हे तुं वा वा धाःथे यमिं वैत साल ।
द्घलं द्घःगु वाक्य द्घारा थाकुगु खँ धाय्त
पलखमय् मिखा व्वय्काः अमिसं खँ हात ।
हाउँ पसिं हाकु लन हाउँ सतबत
हाकु सुपाँय् दथ्वी च्वं थें खिमिलाया मत ।
ल्यासे ल्याय्म्ह ज्वीगु धैगु द्योया वरदान
थु पिं मन्त धाःसा छु दै देशया सम्मान ?

जसरी पानी ओरालोमा बग्न थाल्छ । त्यस्तै मायाप्रिति पनि आफ्नो मान्छेतिर बग्न थाल्छ । आफूले नखाएपनि आफ्नो मान्छेले खायो खाएन, सन्चो बिसन्चो मनमा कुरा खेलिरहन्छ । त्यसैले यो ज्यान त मेरो होइन, उसको हो । यो प्राण मेरो होइन, उसको नासो हो । ऊ गएपछि यो शरीरमा मेरो प्राण कहाँ रहन्छ र ? चरा उडेजस्तै यो शरीरमात्र बाँकी भएपछि यसको औचित्य के नै रहन्छ र ? मनमा नानारङ्गका तरङ्गहरु तरङ्गित भइरहेको बेला आँखाले पनि सबथोक कहाँ देख्न सकिन्छ र ? कानले पनि सबै कुरा कहाँ सुन्न सकिन्छ र ? त्यसैले काठमाडौँबासी युवकको मन खिन्न भइरहेको थियो । जहाँजाँदै पछाडि फर्केर पल्लो घरको झालमा आफ्नो प्रेमीलाई नदेखेपछि आकाश खसेर आफू मरेजस्तो भएको थियो । मसानघाटमा पोलेको मुर्दाजस्तो, हावाहुरीले उडाएको खरानीजस्तो, कहाँ गएर खोज्ने हो ? यस्तैयस्तै मनमा थुप्रै पीर परिरहेको बेला ढुङ्गेधारामा पानी लिन आएकी एउटा आफ्नी सुन्दरीलाई देखेपछि औधी खुसी हुन्छ । अपार हर्षले सीमा नाग्न खोज्छ । मान्छेहरु त्यति नहिडेकोले होला त्यो ढुङ्गेधारातिर एकान्तको महसुस हुन्छ ।
आज यो मनको कुरा पोख्ने समय हो । मायाप्रीतिलाई जीवनको रुप दिने अवसर हो । त्यसैले युवक पानी खाने निउले बिस्तारै ढुङ्गेधारातिर ओर्लिन पुग्छ । दुईजनाको भेटले मिलनको बाटो फराकिलो पार्छ । युवकले पानीको तिर्खा लागेजस्तै स्वाङ पारेर पानी माग्न खोज्छ । सुन्दरी करुवा दिन्छे र तिर्खा मेट्ने गरी युवकले पानी पिउन थाल्छ । आहा कति मीठो पानी अमृतजस्तो । पानी पिलाएकोमा तिम्रो जय होस् । मनको इच्छा र आकांक्षाहरु पूरा होस् । तिम्रो स्वइच्छाले दिएको पानी आज पिउँन पाउँदा यो जीवन धन्य भएको महसुस गरे । तिमीले करुवा दिँदा तिम्रो हातको हल्का स्पर्शले जीवनमा नौलो आयाम थप्न पाए । धन्य छ तिम्रो जीवन, जुन कुरो मैले खोजिरहेको थिए, सोचिरहेको थिए । आज मेरो इच्छा पुरा भो । तिम्रो स्पर्शले जूनजूनीसम्मका लागि तिमी मेरी भो । तिम्रो मधुर मुस्कान यो मनमा बसन्त पलाएपछि अब धेरै फूलहरू फुल्ने छन् । मान्छेहरुलाई लोभ्याउने बासनाहरु चल्नेछन् । मन हरियो भएर जताततै हरियाली छाउनेछन् । त्यसैले हे प्रिय ! तिमीले दिएको त्यो पानी मेरो लागि अमृत भो । अमृत पिइसके । अब मेरो जीवनमा कुनै दुःख हुने छैन । मलाई कसैले खराब गर्न सक्ने छैन । किनकि मेरी मायालुको हातबाट मैले अमृत पिइसकें ।
हो, मन आकाशझैँ विशाल भएपनि त्यसलाई ज्ञानचक्षुले बाँध्नुपर्छ । ताकि यताउता जान नसकोस् । आफ्नै सीमामा बस्न सकोस् । नत्र मन हराउन सक्छ । बौलाउन सक्छ । चिच्याउन सक्छ । बैरागी भएर एकान्तमा गएर बस्न सक्छ । त्यसैले यो मनलाई अलिकता प्रेम चाहिन्छ । अलिकता दया माया चाहिन्छ । अलिकता गाली चाहिन्छ । अलिकता रिस देखाएर यो शरीरले विरोध जनाउन सक्नुपर्छ । तब पो मनले आफ्नो आकार लिन्छ । सीमाभन्दा बाहिर नगई स्वनियममा बस्न थाल्छ । नानाभाती कुरो नखेलाई जे चाहन्छ त्यसैमै सन्तुष्टि मान्न खोज्छ । त्यसैले यो विशाल मनभित्र आँधीबेरी छ । ज्वारभाट छ । महाभूकम्प छ । विनाश गर्ने सबै तत्त्वहरू विद्यमान छ । म चाहन्छु हे ईश्वर ! मेरी प्रियलाई कसैको आँखा नपरोस् । कसैको दोष नहोस् । जीवनमा निर्धक्कसँग स्वच्छ वातावरणमा हिँड्न सकोस् । मेरो यही कामना छ ।
प्रिय ! म चाहन्छु तिमीले नाइँ नभनिदिनु । मलाई झुटो कुरो मन पर्दैन । मलाई बांगाटिङ्गा कुरा गर्न आउँदैन । त्यसैले म जे छु तिमी पनि त्यही भएर बाँच्नुपर्छ । म जे खान्छु, तिमीलाई पनि एक टुक्रा भएपनि भाग लगाएर खान्छु । यो त मायाको कुरो भो । मनपर्ने अमृतजस्तो वचन भो । दुबो पलाएर तिम्रो म छायाँ भो ।
खने मरु न्हापाया थेें मिसा उम्ह झ्यालय्
वंवं खन यमिं अन मिसा हिति गालय् ।
मनू उस्त जूनं मन्त एकान्त व थासय्
लख फया च्वंम्ह खन मिसा हिति गालय् ।
लख त्वने पहः यानाः यमिं वन क्वाहां
याकः मिसा याकः मिजं प्रेमयात पाहां ।
यमिं धाल, “मयजु, जितः लख भचा वीला ?
मछाः मछाः मिसां बिल लखं जाःगु करुवा ।
यमिं कयाः लख त्वन अमृत हे त्वं थें
सास ल्हात यमिं अन “जय ज्वीमा” धाः थें ।
छिगु ल्हातं फया तःगु लख त्वने भाग्य
धन्य, धन्य जिगु भाग्य” धाधां सुवाः विल ।

जीवनको बाटो उकालो ओरालो छ । कहिले उकालो लाग्छ, कहिले ओरालो लाग्छ । भन्न सकिँदैन, कसैको जीवन ओरालैंओरालो छ । कसैको उकालैंउकालो छ । यो जीवन अनौठो छ । ईश्वरले बाहेक हामी मनुष्यले बुझ्न सक्दैन । समयचक्रले दिनरात भइरहन्छ । यसलाई रोक्न सकिँदैन । बगेको नदीजस्तै अब कहिल्यै फर्किएर आउँदैन । त्यसैले यो जीवनभित्र सबै छ सबै छैन, खोज्नुपर्छ । म कहाँ छु । मनुष्य भएर मात्र बाँचेको छु कि मानवीय धर्म पनि अपनाएको छु । थाहा छैन, जब मनुष्यले अन्तिम घडीमा मैले जीवनमा केही गर्न सकिएन भनी पश्चाताप गरिन्छ भने त्यो महाभूल हुनेछ । मृत्युको अगाडि पापी मान्छे बनेर रुनु बाहेक अर्को कुनै विकल्प हुने छैन । त्यसैले आज घाम अस्ताउनु भन्दा अगाबै जीवनका थुप्रै कुराहरुमध्ये प्रेम र मायाका कुराहरु पनि हुन सक्छ, जीवनलाई हिँडाउन जीवनसाथीका कुरा पनि हुन सक्छ । मनलाई सुन्दर पार्ने बसन्तका कुराहरु पनि हुन सक्छ । जीवनलाई अगाडि बढाउने नौला सम्बन्धका कुराहरू पनि हुन सक्छ । ती सबै कुराहरूको चाजोपाँजो मिलाउनु छ ।
आज मनभरि माया बोकेर भविष्यका कुरा सोच्दैछन् । हो दिन बितिसक्यो । सबै पन्छीहरू आफ्नो गुँडतिर लागिसक्यो । बिस्तारै साँझ ढल्केर अब रात हुन मात्रै बाँकी छ । लुभु देशवासीहरूले आ–आफ्नो घरमा बत्ती बालिसकें । आजको दिनलाई बिदावारी गरी भोलिको प्रतीक्षामा बसिसकें । किन होला, यो संसार दिन र रातले चलाइरहेछ ? साँझपख सबैले हातमुख जोड्न सामलहरु किनिसकें । के यस्तो दिन नआइदिएको भए हुँदैनथ्यो र ? के दिनदिनै मात्र भइदिएको भए हुँदैन र ?
यो श्रम गर्ने समय हो । जहाँ स्त्री र पुरुषको कुनै भेदभाव छैन । यहाँ समता छ । कसैलाई उचनिच गर्नुपर्ने कारण छैन । परिश्रमको खेतीले स्त्री र पुरुषलाई चिनिँदैन । उसलाई त पसिना चाहिएको छ । पसिनाको मूल्य बुझ्नेले परिश्रमलाई आफ्नो ठानिसकें । हो, लुभुबासीहरुले परिश्रमलाई चिन्ने गर्छ । पसिनाको मूल्य बुझ्ने गर्छ । कर्मको नदीमा नुहाएर आ–आफ्नो भविष्यको सपना देख्ने गर्छ । जे छ त्यही खाएर मस्त सुतेका ती सन्तोषी आत्माहरुलाई कहिल्यै दुःख भएनन् । किनकि उनीहरुलाई मीठो–नमिठोको कुनै सरोकार छैन । खान पाए पुग्छ । लाउन पाए पुग्छ । आ–आफ्नै रितिथिति र संस्कारमा बसेर आफ्नो जीवन बिताउन पाए पुग्छ । कलाकौशलले आफ्नो लुभु देशलाई परिचित गर्न पाए पुग्छ । त्यसैले होला यो सुनको देशमा सबै जनताले सुन रोपेर सुन फलाउने गर्छ ।
दिन ढल्केर साँझ हुन लागिसक्यो । अब रात पर्न मात्रै बाँकी छ । मनमा थुप्रै आँधीबेरी चलिरहेको थियो । मायाप्रितिका कुराले मलाई गाह्रो भइरहेको थियो । अब के गर्ने हो ? साँझ परिसक्यो घर फर्किने बेला भइसक्यो । तर मेरो मायालुलाई एकछिन भेटेर भोलि आउने बाचा दिन पाए कति आनन्द हुन्थ्यो । स्वर्गकी अप्सराजस्तै राम्री मेरी मायालाई एकछिन भेटेर मनको कुरा पोख्न पाए यो मन कति सन्चो हुन्थ्यो । तर के गर्नु, धिक्कार छ यो साँझलाई पनि । यति चाँडै किन साँझ भएको होला ? अर्काको पीर नबुझ्नेले के रातमात्र खोजिरहेको होला ? क्षितिजपारी आकाशमा रातो रङ्गले पोतिसकेको छ । कतै त्यसलाई पनि मलाईजस्तो पीडा परेको त होइन ? नत्र किन उसको मुहार रातो छ ? ढलपलढलपल भएर घामहरु पनि बिस्तारै निभ्न लागेको बस्तीजस्तो पिलिपिली भइरहेको छ ? मलाई आश्चर्य लाग्छ, यो प्रकृतिले पनि मलाई साथ छोडेको त होइन ? नभए किन यति चाँडै साँझ पर्न लागेको होला ? यस्तैयस्तै मनमा थुप्रै कुराहरु उब्जिरहेको थियो । मन पीडाले आकुलव्याकुल भइरहेको थियो । बुझ्नेले बुझ्छ । तर मेरी मायालुलाई मैले अहिल्यैसम्म बुझाउने समय पाएको छैन । अब कसरी बुझाउने हो ? रातमा लुकेर बोलाउने हो कि, दिनमा भन्ने हो ? कतै मलाई मार्ने त होइन ? रातमा एक्लै घरमुनि बस्ने कतै चोर भन्ने त होइन ?
यो मान्छेको समय होइन । सबै प्राणीहरू त सुतिसकें । म जागा भएर मायालुको घर वरिपरि हिँड्ने हो भने मलाई समाजले के भन्छ ? मान्छेहरुले के सजाय दिन्छ ? सोच्न सक्दिन‘, तर मलाई मेरी मायालुलाई रातमा भएपनि एकछिन भेट्न पाए हुन्थ्यो । बोल्न नपाएपनि भोलि भेट्छु भनी इशारा गर्न पाए हुन्थ्यो । तर के गर्नु म त अभागी मान्छे न हूँ । खान खोज्दा भुइचालो जान्छ । हेर्न खोज्दा धमिलो हुन्छ । हाँस्न खोज्दा निराश हुन्छ । त्यसैले म त भाग्यबिनाको मान्छे न हूँ । वैराग्य बाहेक अरु केही पाउन सक्दिन‘ । हे प्रिय ! तिमीलाई मेरो माया लाग्छ भने आज सपनामा भएपनि आइदिनू । ताकि धेरै मीठामीठा कुराहरु गर्न सकोस् । लामोलामो बाटोमा हिँड्न सकोस् । झरनाको मीठो पानी खाएर यो दुइटा मुटु एउटै पार्न सकोस् ।
म चाहन्छु प्रिय ! आज सपनामा भएपनि लामो कुरा गर्नु छ । मेरो मात्र होइन तिम्रो बा, आमा अनि घरपरिवारको बारेमा केही बुझ्नु छ । हाम्रो सम्बन्धलाई दिगो बनाउन समाजलाई पनि हेर्नुछ । नत्र हामीलाई बा, आमामात्र होइन समाजले पनि धिक्कार्ने छ । प्रेममा पागल भएको भनि नानाथरिका आरोपहरु लगाउने छ । त्यसबेला न हामी बा,आमा अनि समाजलाई छोडेर भाग्न सक्छौँ, न हाम्रो सम्बन्धलाई त्याग्न सक्छौँ । के गर्नु, यो समाजले प्रेमको परिभाषा बुझेको छैन । बा, आमाहरुले पनि लोकलाज र समाजका विकृतिलाई पन्छाउन सकेको छैन । त्यसैले हामीलाई अलि गाह्रो छ । म काठमाडौँमा बसे पनि मेरो मन लुभुमा छ । किनकि लुभु मेरो आफ्नो प्रियको घर हो । म के गरु ? तिमी नै भन ? मेरो मनलाई बुझ्ने गरी तिमीले आज सपनामा भएपनि सम्झाइदेऊ । ताकि मेरो मनमा उठेका ज्वारभाटहरु मन्थन होस् । छालले नदी किनारमा छियाछिया पारेजस्तै मेरो मनमा अब पार्न नसकियोस् । त्यसैले प्रिय ! मलाई तिम्रो मायाले पागल नबनाइदिनू । जीवनभर मलाई दुःखैदुःख नपारिदिनू । मेरो जीवन तिम्रो लागि बनेको हो । तिमी जे चाहन्छौ, मेरो त्यही चाहना हो । तिमी जे खोज्छौ, मेरो लागि त्यही भविष्य हो ।
थ्यँला थ्यन यमि अन लुभुं क्यंकाः मन
च्याका हल मत छेँय्–छींं फुत थौंया दिन
मिसा मिजं भेद मरु श्रमयागु ख्यलय्
फयां फक्व न्हाना ज्वीगु संधर्षयागु लँय् ।
न्हि व चाया दथ्वी लाःगु संध्याकाःया इलय्
खने दई लँय् लँय् पत्तिं दृश्य थुजोगु हे ।
गथे यानाः वैैत थःगु नुगः उलाः क्यने
गथे यानाः मुकं वैैत थःम्ह याना च्वने ?
मनं छता इच्छा याइ देवं मेता याइ
संसारस थय् हे सदां जुया च्वंगु धाइ ।

मान्छेको भाग्यमा के के हुने हो । न पढ्न सकिन्छ न कसैले भन्न सकिन्छ । यो त विधाताको खेल हो । जसलाई जे गर्नु थियो त्यही भाग्यमा लेखेपछि मान्छे चाहेर वा नचाहेर पनि समयचक्रसँगै त्यस्तै हुँदोरहेछ । हो हामीले समयलाई बुझ्न सकिरहेका छैनौँ । समयले हामीलाई पनि पढाउन सकिरहेका छैनन् । उसलाई के थाहा, समय–समयभित्र समिष्ट भएर समय बगिरहेको हुन्छ । मान्छेले समयलाई खेलाची ठानेर त्यसै खर्च गरिरहेको हुन्छ । फजुलमा बिताइरहेको हुन्छ । यो त आउने र जाने सम्झेर त्यसैत्यसै खेर फालिरहेको हुन्छ । हो, आज समयले हिजो बनाइसक्यो । भोलि समयले आज बनाउनेछ । त्यसैले यो मनुष्य जीवनमा जसले समयलाई चिन्न सक्यौं उ समयसँगै हिँडेर अ‘ध्यारोलाई उज्यालो पार्ने गर्छौ । रातमा पनि जुनकिरीहरु बोलाएर बाटाहरु उज्यालो पार्न लगाउन्र्छौ ।
हो, आज युवकलाई मोटरको ठक्करले ऊ बाटोमा लम्पसार भएको देखेर मान्छेहरूको हुल लाग्न थाल्छ । के भएको हो ? कसको गल्ती हो ? यो अजनबी मान्छे कहाँबाट आएको हो ? नाम के होला ? के कामको लागि आएको होला ? आदि इत्यादि प्रश्नहरुको ओहिरो लाग्न थाल्छ । टाउकोबाट रगत बगेर बाटाभरि रगतैरगत हुन थाल्छ । मान्छे बेहोस छ । बाटोमा लडिरहेको छ । देख्नेहरू सबै पीडादायी भई मूर्तिझै बोल्न सकिरहेको छैन । त्यो समयमा प्रहरीले पनि मान्छे मर्यो कि बाँचिरहेछ भन्न नसकेको अवस्थामा अस्पतालमा पुर्याउनु बाहेक अर्को विकल्प छैन । ड्राइभर, प्रहरी र स्थानीय व्यक्तिहरु मिलेर मोटरमा राख्दा मान्छेहरूले सास मात्रै बाँकी छ भन्न थाले । भन्न सकिन्न यो मान्छे मर्नु र बाँच्नुको दोभानमा छ । कुन बेला के हुने हो यो त ईश्वरलाई मात्रै थाहा होला । किनकि उसको भाग्यमा आज मर्नु छ भने हामीले तारेर तार्न सकिँदैन । ईश्वरको लीला अपरम्पार छ । अदृश्य शक्तिले हामीहरूलाई चलाइरहेको छ । हे ईश्वर ! आज कस्तो समय आयो ? जुन कुरा नहुनुपर्ने थियो । दशा लागेर होला त्यो मान्छेको जीवनलीला कतै समाप्त हुने त होइन ? के थाहा, एकछिन पछि के हुने हो ? हे ईश्वर ! यो मान्छेलाई बचाइदेऊ । परिवारजनलाई पीडा नहोस् । मर्ने त मरेर जाला तर आश्रित परिवारलाई जीवनमा निको नहुने घाउ दिएर नजाऊ । हे ईश्वर ! हामी प्रार्थना गर्छौं, यो बटुवालाई केही नहोस् । चाँडै सन्चोे भएर घर व्यवहारको काममा लाग्न सकोस् । हाम्रो यही प्रार्थना छ ।
वना च्वंम्ह यमियात मोटर छगः वयाः
थक्कर नकाः क्वःथै विल प्यखें जुल हा हा ।
हिफःद्यो थे जुया च्वन होश मदु छत्ति
खँक्व फुक मनू जुल शोकयागु मूत्र्ति ।
सित म्वात धाये मफु प्रहरी नं वल
अस्पतालय् यंके धैग राय न्हापां जुल ।
ड्राइभर व प्रहरी मेपिं स्वम्ह जानाः
ती जक ल्हनाः वैत मोटरस तल ।
सासः जक दुम्ह यमिं अस्पतालय् यन
सी ला म्वाइ ला धाये मफु गुजोगु जीवन ?

यो कुरो सत्य हो जसरी सवारी साधन बिग्रयो भने कारखानामा गएर बनाउने गरिन्छ । त्यस्तै हाम्रो शरीरमा बिरामी र घाउचोट पर्यो भने अस्पतालमा गएर निको पार्ने गरिन्छ । त्यसैले काठमाडौँको त्यो युवकलाई निको पार्न अस्पतालमा भर्ना गरिएको छ । कहिले निको होला, कति बैकुण्ठको ढोकामा पुग्ने होला । के थाहा, यो त नियतिको खेल हो । अस्पतालमा लग्दैमा सबै घाइते निको हुन सक्दैन । युवकको अस्पतालमा उपचार भइरहेको छ । मानवसेवाको लागि तलीन अस्पतालका कर्मचारीहरु आ–आफ्नो कर्तव्यहरू निभाइरहेका छन् । घाइते र रोगीहरूलाई निको पार्नुनै उनीहरूको लक्ष्य पूरा भएको मानिन्छन् । त्यसैले होला मान्छेहरु भन्ने गरिन्छ मानवसेवा नै मानवधर्म हो । यो जूनीको लागि मात्र होइन परलोकको लागि पनि आफ्नो बाटो बनाउनु हो । यो दुई दिनको चोलामा बाँकी सबै खरानी न हो । जसले जे सेवा गर्न सकिन्छ प्राणीहरूको लागि टेवा दिनु हाम्रो पनि मूल धर्म हो । त्यसैले मनुष्यले मनुष्यलाई सेवा गर्नुपर्छ । मनुष्यले मनुष्यलाई टेवा दिनुपर्छ । तब पो मनुष्य भएर बाँचेको सार हुनेछ । होइन भने यहाँ आफ्नो लागि मात्र बाँच्ने हो भने बाँच्नुको अर्थ के हुने हो ? आफूमात्र जिउने हो भने मान्छेबिनाको सहरमा एक्लै जिँएर के गर्ने हो ?
मोटरको ठक्करबाट गम्भीर घाइते भएका युवकको धेरै दिन भयो होश आएको छैन । मान्छेहरु सोच्न थाले अब यो मान्छे बाँच्दैन होला । बल्ल पन्ध्र दिनपछि होश आएकोले सन्तोषको सास फेर्न थाल्यो । एक महिना भयो खुट्टाको अपरेसन गरियो । ऊ अस्पतालमा छ । दैवको लीला बुझ्न नसक्नु छ । दशा लागेपछि मान्छेहरूलाई के के हुँदोरहेछ । त्यसैले हे ईश्वर ! सबै कुरा सहन सक्छु तर दशाले कसैलाई दुःख नदेओस् । तीन महिनापछि बिस्तारै लङ्गडो भइ हिड्न थाल्यो । निको हुने समय लाग्ला तर मान्छे नहोला भने अब डर मान्नु पर्दैन । लाग्छ यो जीवन कहिले के हुने हो ? लङ्गडो भइ हिड्न थाल्यो । हिडिरहेको मान्छेलाई मोटरले ठक्कर दिएर टाउको र खुट्टामा गम्भीर रक्ताम्य पारेको त्यो दिन सम्झदा बाँच्न सकिन्छ भनी कल्पना गर्न गाह्रो थियो ।
मनमा थुप्रै कुराहरु उठिरहेको थियो । कति बिस्तारै सेलाएर गए, कति सेलाउनै बाँकी छ । लाग्छ मनमा थुप्रै चोट परे पनि उसलाई लुभुनीको याद हरदम आइरहन्छ । के गर्दै छिन् होली ? के खाँदै छिन् होली ? कतै मलाई मन चोरेर भागेको पापी त भनेन होला ? त्यो पापी मान्छे भनी कति सरापे होला ? मलाई बदमास गुण्दा भनि उपनाम दिए होला । मलाई एकान्तमा छोडेर कहाँ गएकी भनी सरापेको होला । प्रेमको आगो सल्काएर मान्छे मार्ने अपराधी भने होला । कति रोए होला ? कति विलाप गरे होला ? हे दैव ! मेरो हालत यस्तो छ । म कसरी मेरी प्रियलाई भेट्न सक्छु ? हिँड्न सक्दिन‘ । उड्न सक्दिन‘ । उड्न मात्र सक्ने भए म पन्छीजस्तै उडेर भेट्न जान्थे होला । तर के गर्नु म विवशतामा बॉचिरहेको छु । न मर्न सक्छु, न चाँडै निको हुन सक्छु । हिजो त पन्ध्र दिनसम्म बेहोशमा थिए । त्यही बेला मरेको भए आज यो अवस्था हुने थिएन ।
प्रिय ! तिमीले मलाई जेसुकै भन, जेसुकै सम्झ, तर म तिम्रो भलो चाहने मान्छे हूँ । तिम्रो हृदयमा तिमीलाई नै थाहा नदिइकन प्रेमको फूल रोप्ने मान्छे हूँ । फूल फुलाउन मैले धेरै ईश्वरसँग प्रार्थना गरेको थिएँ । तर आज म यस्तो हालतमा छु । मेरो रूप–कुरूप भएर हिजोको जस्तो छैन । मेरो खुट्टाले टेक्न नसकेर लंगडो भइ हिडिरहेको छु । यस्तो रूप लिएर म तिमीलाई कसरी भेट्न सक्छु र ? यो भाग्य लिएर तिम्रो सौभाग्यलाई कसरी देखाउन सक्छौ र ? मनमा धेरै कुराहरु खेल्न थाल्छ । हावाहुरीले उडाएजस्तै यो मनलाई कताकता उडाएर लग्छ । कहिले खोलामा लग्छ । कहिले खोँचमा फाल्छ । हिँड्नै नसक्ने ठाउँमा मलाई छोडेर कताकता हिँड्न खोज्छ । हे ईश्वर ! हिजो लुभुनीलाई नदेखेको भए कति जाति हुन्थ्यो होला ? तर के गर्नु देख्नु नै मेरो लागि अभिसाप भो । तिम्रो सम्झनाले छिनछिनमा घोचेर मुटुमा प्वाल परिसकेको छ । अब यो मुटु धेरै समयसम्म नचल्ला जस्तो छ । मनका कुरा मेरी प्रियलाई भन्न नपाउला जस्तो छ । हे दैव ! मलाई बाँच्ने इच्छा छ । उसको मुहार एकचोटी हेरेर मर्नु मेरो चाहना हो । यो रूप म कसरी देखाउन सक्छु र ? कतै पापी मान्छे भएर आफ्नो मान्छेलाई कसरी आँसु दिन सक्छु र ? हे दैव ! मेरी प्रेमीलाई म भेटु कि नभेटौँ ? तिमी आफै निर्णय गर । मेरो मन र मस्तिष्कले अहिले केही काम गरिरहेको छैन । ईश्वरले जे भन्छ म त्यही गर्छु । मलाई बाँच्नु छैन । मलाई हाँस्ने रहर छैन । म त ओलिसकेको फूल हूँ । सुकेर झर्नमात्र बाँकी भएको काम नलाग्ने मान्छे हूँ । त्यसैले प्रिय ! मैले तिमीलाई गुहार्न सकेन । तिमीलाई भेटेर म निर्दोष हूँ भन्न सकेन । मेरो रुपले तिमी तर्सिन्छौ भने मैले तिमीलाई देखाउन चाहेन । तिमी मान या नमान मैले बिष खाएको छैन । तर मलाई नखाएको बिषले लाग्दैछ । म हत्यारा होइन तैपनि समाजले मलाई हत्यारा भन्छ । गुण्डा, बदमास भनि जे पनि सोच्छ । म के गरु ? तिमीलाई भेट्न आऊ कि नआऊ ? तिमी कुरेर बसे पनि मेरा व्यथाका कुराहरू तिम्रो अगाडि बसेर पोखूँ कि नपोखूँ ?
सेवा थुगु जुनियागु उगुयात टेवा
धात्थें लोकय् मनू ज्वीगु मनुखया सेवा
अंग भंग जुल यमिं होश मवः तःन्हु
बल्ल बल्ल होश वल बाःछि दय्व तिनि ।
बैला धकाः अन जितः गुलि लना च्वं ज्वी
बदमास गुण्डा धकाः जितः सराः व्यू ज्वी ।
जिगु हाल छु स्यू उम्हं ख्वया मखा च्वन ज्वी
खुत्यां कयाः वैत गथे जिगु ख्वाः थ्व क्यने ।
पिया च्वंगु जूसां जितः गय् जि वैथाय् वने
खनागु हे काल जुल मखंगुसा ज्यूगु ।

यो पीरैपीरको जिन्दगीमा अभाग्य कर्म बोकेर अब कसरी अगाडि बढ्ने हो ? चोटैचोटले मुटु छियाछिया भएपछि अब कति दिन बाँच्ने हो ? थाहा छैन, मासुले टाँलेको यो मुहार कुरुप भइसकेको छ । हेर्दै डरलाग्दो भूतजस्तो बनिसकेको छ । यस्तो कुरूप अनुहार म ऐनामा कसरी हेर्न सक्छु र ? आफैले आफैंलाई अनौठो लागिरहेछ । मनमा अब कसरी जि‘उने होला भनी तर्कना भइरहन्छ । अब म कसरी बाँच्न सक्छु ? बिरुपाक्षजस्तो रुपधारणा गरी यो संसारमा म कसरी जिउन सक्छु ? बरु मरेको भए निको हुन्थ्यो होला । कमसेकम कुरुप भएर त बाँच्नु पर्दैन । यस्तो रुप लिएर बाँच्नु भनेको म हरेक पटक मर्नु हो । मनुष्यको आँखामा गिर्नु हो । छिःछिः दूरदूर भएर सबैले मलाई कुरा काट्नु हो । त्यसैले हे ईश्वर ! मलाई किन बाँच्न दियौ ? म अहिले बाँचिरहेको छैन । मसानघाटमा मरेको मान्छेजस्तै चित्तामामात्र सुत्न नसकेको हो । त्यसैले मलाई यस्तो जीवन चाहिँदैन । म प्रत्येक पल मरिरहेको छु । मजस्तो अभाग्यी मान्छे यो संसारमा कोही छैन । मजस्तो कुरुप मान्छे यो संसारमा अहिलेसम्म जन्मेको छैन । तर के गर्नु काल पनि आउँदैन । कति मर्ने इच्छा भएतापनि कालले पनि लैजान मानिदैन । धिकार छ, यो भाग्यलाई । धिकार छ यो जन्मलाई । मजस्तो मान्छे यो संसारमा अर्को कोही जन्मेको छैन ।
मैले मनलाई मार्न सकिरहेको छैन । मेरो मनमा लुभुनीको मायाले विशाल रूप लिँदैछ । समयको बोलचालले प्रेमको विशालरुप लिएको मेरो मनमा लुभुनीलाई भेट्ने आशा पलाइरहेको थियो । जाउँ कि नजाउँ ? मनमा धेरै तर्क–वितर्क चलिरहन्छ । यो निराश मनले गएर के गर्नु ? लुभुनीले चिन्छ कि चिन्दैन ? नानाभाटीका कुराहरूले समाजले मलाई के भन्छ ? म देखेर तर्सेर भाग्ने पो हो कि ? कुरुप भएर पनि एउटा सुन्दरीको पछि लाग्ने पापी भन्ने पो हो कि ? तर मेरो मनको एउटा कुनामा सानो आशाका दीप बलेर होला प्रिय लुभुनीलाई भेट्नुपर्छ भनिरहेको थियो । बितेका घटनाहरू सुनाउनुपर्छ भनिरहेको थियो । म पापी होइन समयले मलाई पापी बनायो भनी सुनाउनुपर्छ भनिरहेको थियो । मोटरको ठक्करले गर्दा म कुरूप भए भनी सम्झाउनु पर्छ भनिरहेको थियो । अब म के गरु ? दोधारमा परेर बीचमा बसिरहेको मान्छे हूँ । जान त जान्छु तर मेरी प्रियले वीरकुशजस्तो मानी चित्तग्लानी गर्ने त होइन ? मलाई देखेर कतै आफै नै आत्महत्या गर्ने त होइन ? मलाई यसैमै डर छ । एउटा नदी सलल बगिरहेको बेला, आकाश निर्मल भएर हाँसिरहेको बेला ,प्रेम प्रगाध भएर कोपिला फुलिरहेको बेला, मन चन्चल भएर आफ्नो मान्छे हेर्न आएको बेला म लंगडो वीरकुशलाई देखेपछि उसको मनमा के हुने हो ? ऊ रोएको म कसरी हेर्न सक्छु र ? मन च्यातिएर टुक्राटुक्रा भएको बेला म कसरी सम्हाल्न सक्छु र ? हे ईश्वर ! मलाई शक्ति देऊ । मलाई चाँडै मार्न लगाऊ ।
म बाँच्न चाहन्न । मेरो जीवनको कुनै अस्तित्व छैन । मैले यो संसारलाई हँसाउनु छैन । मेरी प्रियालाई दुःख दिनु छैन । बरु मलाई आफ्नै मृत्युको मुखमा पुर्याइदेऊ । म मर्नुमा खुसी छु, बाँच्नुमा होइन । हे ईश्वर ! तिमीले मलाई साथ दिने हो भने म आफै आत्महत्या गरौ कि कालकोठरीमा बसेर कहिल्यै ननिस्कूँ ? किनकि मलाई यसैमै भलो छ । म कसैको कूभल्लो चिताउने मान्छे होइन । एकबारको जूनीमा म कति पटक मरुँ ? मेरो जीवन प्रत्येक पलपलमा मर्नु र बाँच्नुमा मात्र सीमित भएपछि बाँकी जीवन म कसरी बिताऊ ? हे ईश्वर ! मलाई माफ गर । तिमीले मलाई चाँडै बोलाइदेऊ । जहाँ भन्यो त्यही आएर म तिम्रो पाउमा सुत्न चाहन्छु । मलाई चिरनिन्द्रा लागिसक्यो । म सुत्न सकिरहेको छैन । यो कोलाहलमा मेरो आँखाले निदाउन मानिरहेको छैन । त्यसैले आज साँझ हुन हुनुभन्दा अगावै म निदाउन चाहन्छु । यो संसारिक माया मोहलाई त्यागेर सदाका निम्ति आँखा चिम्लिन चाहन्छु । मलाई साथ सहयोग देऊ प्रभु ! यो भवसागरमा एकछिन पनि बस्न चाहन्न ।
लापाँय् तिका तःथें ज्याःगु बापाः च्याःगु ख्वाल
हय्कं स्वस्वं मन मनं यमिं थथे धाल ।
छु जुल थ्व छु जलु थ्व गथे ख्वाल ब्वय्गु
पिशाच थे थथे जुयाः गथे जि पिल्वीगु ?
सिना वंसा ज्यूगु हरे छाय जि थय् म्वाःगु
थज्यागु रुप यिबा जितः थथे छाय् म्वाकागु ?
हरे उम्ह लुभु मय्जुं जितः गय् हसीकि
जितः खनाः थारा न्हुयाः छु छु जक ज्वी ज्वी ?
वीरकुश खनाः जू थें सुलोचना रानी
जिगु ख्वाल स्वस्वं वैत जुइ चित्तग्लानि ।
जिगु दशा जुल हाय अति ताः मलाःगु

जि सीगु हे भिन थन छाय म्वाका तःगु ?
मेरा इच्छा र आकांक्षाहरू सबै अब चूर्ण भएर जाओस् । मेरा जीवनका क्षणहरु अब माटोमा मिलेर जाओस् । यो पञ्चतत्वमा मिल्नु पर्ने मेरो शरीर आजै पञ्चतत्वमै मिलेर जाओस् । मलाई दया र माया गर्ने सबै मान्छेहरूको मनमा सम्झनामात्रै बाँकी रहोस् । म यही चाहन्छु । मैले यही खोजिरहेको छु । तर पाउन सकिरहेको छैन । गाह्रो भो यो दशाले मेरो जीवनलाई बर्बाद भएपछि अब बाँकी नै के छ र ? बाँच्नु मेरो लक्ष्य होइन । केही गरेर जानू मेरो लक्ष्य भएपनि अहिल्यै पनि हिँड्न नसक्ने लङ्गडो र वीरकुश भएर जिउँदैछु । म आफूलाई नै मेरो रूप हेरेर डर लाग्छ भने अरुलाई के हुने हो ? मान्छेहरुले मलाई कसरी मान्छे भन्ने हो ? आफ्नो भनी कसले बोलाउने हो ? धिक्कार छ मेरो जन्म, धिक्कार छ मेरो भाग्य, धिक्कार छ मेरो जीवन, धिक्कार छ मेरो प्रेम, यस्तो पनि भाग्य हुन्छ र ? यस्तो पनि जिन्दगी हुन्छ र ? मेरो जन्म दुःखैदुःख भोग्नको लागि मात्र भएको हो र ? मर्छु भन्दा पनि मर्न नपाउने, बाँच्छु भन्दा पनि बाँच्न नसक्ने, मेरो भाग्यमा ईश्वरले यही लेखेर पठाएको हो र ? अनौठो छ, यो अनौठोभित्र थुप्रै पीडैपीडा छ । इनारझैँ गहिरेर त्यसभित्र के छ भन्न सकिन्न । मलाई अब यो जीवन चाहिँदैन । मैले चाहेर यहाँ केही हुन सक्दैन । त्यसैले म अहिले जिउँदो लास बनेर बाँच्दैछु । मेरो काजक्रिया गर्न मात्र बाँकी छ ।
डाक्टरहरू भन्छन्ः बिस्तारैबिस्तारै कुरूप हटेर जान्छ । तर कहिले, म मर्ने बेलामा कुरुप हटेर जाने हो कि ? म मरेपछि लास जलाएर रुप फेर्ने हो ? कसलाई के थाहा, बिस्तारै कुरुप हट्छ भन्नु मेरो लागि सान्त्वना मात्र भएको छ । पहाडलाई बिस्तारै घाम–पानीले फोर्दैछ । नदीको प्रवाहले ढुङ्गालाई बालुवा बनाउँदैछ । दिनरातले मान्छेहरुलाई मसानघातमा सल्काउँदैछ । मान्छेले मान्छेलाई बिर्सेर राक्षसको रूप लिइँदैछ । त्यसैले यो भवसागरमा बाँच्नु धेरै कठिन छ । कहिले आउने होला त्यो रूप ? कहिले आउने होला त्यो काल ? म त दोधारमा परिरहेको छु । नदीको किनारझैँ छियाछिया भएर बाँचिरहेको छु । वारी र पारी बीचमा नदी भएझैँ अलग्ग भएर बसिरहेछु । हे ईश्वर ! यो जीवनमा मेरो पहिलाको रूप कहिले आउने हो ? कुरुप हटेर मान्छेले मलाई कहिले हेर्ने हो ? मलाई चाँडै हुन्छ–हुँदैन भनी टुङ्गोमा पु¥याउनु प¥यो ? मेरो अँध्यारो जीवनमा उज्यालो छाएर म हाँसेको अरुले देख्नु पर्यो ?
मैले कसलाई भन्नु मलाई बिच्छेले टोकिरहेको छ । सर्पले डसिरहेको छ । बाघ भालुले चिथरिरहेको छ । ब्वाँसोले मेरो मासु लुछी रहेको छ । सहनै नसक्ने गरी पीडैपीडा भइरहेको बेला आँखा चिम्लेर बस्नु बाहेक अरु कुनै विकल्प छैन । त्यसैले मलाई चाँडैं मारिदिए हुन्छ । रगत र मासु चाँडै खाइदिए हुन्छ । थिचरीथिचरी मेरो शरीर ध्वुजाध्वुजा पारिदिए हुन्छ । यो शरीरमा चाँडैं विष घोलेर मलाई छिटै मुर्दा बनाइदिए हुन्छ ।
हिजोसम्म न चिन्नु न जान्नु तर एकैछिनमा लुभुनीसँगको मायाले मर्नु र बाँच्नु भो । न मैले प्रेमका भावनाहरु पोखें न उसले शीर झुकाएर मेरा कुराहरु नै सुने । केवल आँखाको हेराइमा हाम्रो माया बसेको थियो । जुगजुगदेखि सम्बन्ध भएको जस्तो भयो । मुट–ुमुटु साटेजस्तो भयो । दुईटा प्राण एउटै भएजस्तो भयो । के यस्तो पनि हुन सक्छ र ? एकै दिनमा जूनीजूनीको साथी बन्न सक्छ र ? हो, सक्दोरहेछ । एउटा आत्माले अर्को आत्मालाई प्रेमले हेरेपछि, एउटा मनले अर्को मनलाई बुझेपछि, एउटा आँखाले अर्को आँखालाई सोधेपछि, एउटा प्राणले अर्को प्राणलाई आफ्नो ठानेपछि के चाहियो र ? सबै आफ्नै हुँदोरहेछ । नबोले पनि सबै कुराहरू त्यसैत्यसै बुझ्दो रहेछ । त्यसैले प्रेम त हृदयबाट हुनुपर्ने हो । हृदयबाट पलाएको प्रेममा न मनले बिगार्न सक्छ न आँखाले धोखा खान सक्छ । यो त ईश्वरको बास हुने ठाउँ हो । अध्यारोलाई दीप बालेर उज्यालो पार्ने अस्त्र हो ।
जितः खनाः जि हे ग्यात मेपिं सु मग्याइ
सुनां जितः मनू धकाः संसारस धाइ ?
लन मखु झन जक कष्ट गालय् लात
कोटि कोटि धिक्कार दु जिगु भाग्ययात ।
बुलुं बुलुं पूर्व रूप वइ धकाः धाल
गब्ले वइ उगु रूप गथे छ्वय्गु काल ?
बिच्छिं न्याः थें, सर्प न्याः थें, पीडा गुलि हाय !
सी नं मफु म्वाय् नं मफु ल्वोगु छु उपाय ?
हस्यूमखु तास्यू मखु ह्गिः तक सु नि सु
मिखा ल्वानाः मिखानाप जू वन नुगःचु ।

यो के भएको हो ? यो के हुँदैछ ? कतै मेरो पूर्वजन्मको पाप त होइन ? ईश्वरले मलाई दण्ड दिएको त होइन ? होइन भने म किन मोटरले ठक्कर दिएर वीरकुशजस्तै कुरूप भएँ ? हिड्न नसक्ने लंगडो मान्छे भए ? अब कहिल्यै रुप फेर्ने हो ? अब कहिले हिँड्न सक्ने हो ? ईश्वरको लीला मलाई किन मेरो भाग्यमा कोरिएको हो ? मैले जाने बुझेसम्म पापकर्म गरेको छैन । मानवसेवालाई नै आफ्नो धर्म सम्झेको थिएँ । तर किन म समाजमा बाँच्न नसक्ने मान्छे भएर बाँचिरहेछु ? यो मान्छे पापी होइन भनी किन भन्न सकिएन ? विडम्बना म त घाइते भएको मान्छे न हूँ । मलाई बचाउन डाक्टरको प्रयासले बाँचिएको मान्छे हुँ । मैले के अपराध गरे ? मैले पूर्वजन्ममा के भूल गरे ? के थाहा एकछिन पछि के हुँदैछ भन्न नसक्ने यो मनुष्य चोलामा अब के भनेर थाहा पाउने हो ?
मलाई यस्तैयस्तै लाग्न थाल्यो । तर मेरो मनमा ग्लानीले सताइरहेको थियो । यस्तै कुरूप रूप लिई म कसरी समाजमा मुख देखाउन सक्छु र ? यो मेरो पीडा हो । अरुले बुझ्न नसक्ने मेरो व्यथा हो । तर मेरो व्यथा लुभुनीले बुझ्ला कि भनी एकचोटी हेर्न जानूको लागि निर्धो गरे । सकिन्छ क्षमा मागी आफ्नो मनका कुराहरु राखौला, नसके उसको मुहार एकपटक हेरे पछि जीवनको अन्त्त होस् भन्ने चाहन्छु । मलाई यस्तैयस्तै मनमा लागिरहेको थियो । मेरी मायाको मुहार कस्तो थियो ? ऊ पक्कै दुखी होला । मलाई देख्ने बित्तिकै विलाप गर्ने होला । मसँग आउँछु भनी जिद्दी गरेर टाउको फोर्ने होला । मलाई नछोडी मेरो पाउमा आँसुले धुने होला । जे होस् मेरी प्रियलाई भेट्न चाहन्छु । दैवले दिनु र लिनु जे गरे पनि मेरो भाग्यमा लेखेको छ भने डोकोमा दुध पनि अटिन सक्छ । दुःखले सुखलाई फेरि बोलाउन सक्छ । बसन्तले हाम्रो मनमा हरियाली छाउन सक्छ । यो पवित्र प्रेममा कसैको बन्धन छैन । कसैलाई लिनुदिनु छैन । चोखो मायामा पलाएको यो प्रेम आफैमै पवित्र छ । गङ्गाजलजस्तै शुद्ध छ ।
होइन, यो केही होइन । यो त सपनाको कुरा हो । सपनामा देखेको सबै कुरा आफ्नो हुन सक्दैन । आफ्नो हुन त आत्मीयता चाहिन्छ । मलाई भोक लाग्दा उसैले खानुपर्छ । मलाई चोट लाग्दा उसलाई दुख्नुपर्छ । लाग्छ, लुभुनीले मलाई बिर्सिसक्यो होला । मैले उसको मनमा घरजम गरेको कुरा उसलाई थाहा छैन होला । बालबच्चाहरु आँगनमा खेलिरहेको कुरा उसलाई थाहा छैन होला । त्यसैले प्रिय ! तिमीले मलाई बिर्सेको त छैन ? म कसरी तिमीलाई बिर्सिन सक्छु ? आफ्नो मुटुलाई कसरी थाहा छैन भन्न सक्छु ? म त मान्छे हूँ, मसँग विवेक छ । अरुले के भन्छ, बुझ्न सक्छु । अरुको मनको कुरा सुन्न सक्छु । त्यसैले मैले बिर्सिएको छैन । म तिर्खाएको बेला तिमीले ढुङ्गेधारामा पानी दिँदा तिम्रो हातको स्पर्श अहिलेसम्म बिर्सेको छैन । ताजै छन् । मैले पानी पिउँदा मेरो मन र मुटुमा बालेको प्रेमको दियो अहिलेसम्म बलिरहेकै छन् । तिमीले अरु कुरा केही नसोच, म तिम्रै हुँ । तिमीबिना म बाँच्न सक्दिनँ । मलाई तिम्रो सहारा चाहिन्छ । नत्र म त्यसै मर्ने छु । हिँड्दाहिँड्दै त्यसै ढल्नेछु ।
के यो सपना त होइन, अहिलेसम्म विपनामा मैले भेटेको छैन । भेट्ने आशामा छु, बोल्ने विचारमा छु । भेट होला नहोला मलाई थाहा छैन । कहाँ छ त्यो पनि थाहा छैन । कलात्मक त्यो बुट्टेदार झ्यालमै एकपटक देखेको थिएँ । त्यो घर उसको हो होइन त्यो पनि मलाई थाहा छैन । ढुङ्गेधारामा एकपटक भेटेको थिएँ । त्यहाँ पनि आजकाल आउँछ आउँदैन थाहा छैन । के गरौँ भेट्न जाउँ कि त्यसै बसौँ ? आशा गरौँ कि निराशामै बसौँ ? भाग्यलाई सोधौँ कि कर्मलाई सोधौँ ? समाजलाई भनौ कि आफै गएर बोलाऊँ ? अब म के गरौं ? यो भत्किन लागेको जीवनमा टेको दिऊँ कि भत्काइदेऊ ? यो चलिरहेको सासलाई त्यसै राखौं कि चलाइरहूँ ? यो आशैआसमा बाँचिरहू कि आत्महत्या गरौं ? यो सुतिरहेको जीवनमा पानी देऊ कि छोडी देऊ ? यो सागरलाई छोडेर जाऊँ कि भविष्यको आशा गरौं ?
लभुुनी यात गथें जुल छक्वः स्वय्त वने
ज्यूसा क्षमा फ्वने वैके छक्वःसां जि वने ।
देवं बिल क्वखं काल जिगु भाग्य मन्त
याना छ्वये मफुत जिं थःत थःम्हं अन्त ।
मखु मखु छुं हे जूगु हगस खः ब्याक्क
वना मखु खना मखु ज्वना मखु च्वाक्क ।
लोमंकल हे ज्वीमाः जितः लभुुनीनं आः जा
थुलिमछि दय्धुंकुगु खँ छु ज्वी ला ताजा ?
दुना वन फुना वन जिगु आस सकतां
सास जक हना ज्वीगु जि आः छुं मखुत ।

हे ईश्वर ! यस्तै गर्नु छ भने मैले किन उसलाई देख्नुप¥यो ? मनमा राख्न नसकेर किन उसलाई रोज्नु पर्यो ? पानीझैँ स्वच्छ र पवित्र मनले सुख र शान्ति ल्याएझैँ सपनाको सलिलले कहिले बन्छ निर्मल ? निराशको आगो ह्वारह्वार बालेर, वैराग्यको बत्तीले अन्धकारलाई छोएर आज मनभरि पीडैपीडाले हरिको नाम जपेर यो भवसागर तर्न खोज्दैछु । यो शरीरलाई त्यागेर परमात्मासँग लीन हुन चाहन्छु । यो जूनी केही नगरी त्यतिकै बित्न लाग्यो । अर्को जूनीको लागि केही गर्नु छ । आत्माले खोजेको कुरा नपाएपनि यो आत्मालाई अर्को जूनीको लागि खोज्न लगाउनु छ । त्यसैले युवक सोच्न थाल्छ, आफ्नो हितेसी साथीसँग यो जूनी त बित्न लाग्यो अब के गर्नुपर्ने हो भनी प्रश्न गर्छ । किनकि उसलाई थाहा छ, हितेसी साथीले औधी माया गर्छ । उसको सुझावले जीवनमा सकारात्मक बाटो लिन सक्छ । त्यसैले ऊ आफ्नो जीवनका कुरा गर्छ्, कुरा सुन्छ । यो बुझ्नै नसक्ने संसारमा एकथोपा पानीको रहस्य बुझ्न खोज्छन् ।
असारको महिना पानी झमझम परिरहेको थियो । जीवन अन्नपानीमै रमाइरहेको थियो । दुःख होइन यो त सुखको याम हो । जीवनको लागि नभई नहुने साधन हो । त्यसैले मान्छेहरू खुसी छन् । आ–आफ्नो तालमा असारे गीत गाएर धान रोप्दैछन् । मुठी रोपेर पाथी फलाउने यो समयमा मान्छेहरु सबै खेतखेतमा छन् । गडागडामा छन् । भ्याइ नभ्याई सबैले आ–आफ्नो काम गर्दैछन् । यो अन्नपानीको शरीरमा एकमुठी तातो नखाए, एक गाँस खान नपाए कहाँ रहन सक्छ र जीवन ? त्यसैले राम्रो हुन राम्रो सोच चाहिन्छ । राम्रो फसल पाउन रामै्र बिउ चाहिन्छ । अन्नपानीको शरीरमा अन्नमात्र भएर पुग्दैन पानी पनि चाहिन्छ । त्यसैले मन राम्रो हुनुपर्छ । मन राम्रो भए सब कुरो राम्रो हुन्छ । जसरी राम्रो बिउले राम्रै फसल जन्माउन खोज्छ । त्यस्तै हो जीवन पनि । त्यसैले मति अनुसारको गति हुन्छ । मन अनुसार जीवन चल्छ । यो मतिलाई राम्रो पार्न सक्यो भने सबै कुराहरु सामान्य भएर जाने छन् ।
यो भवसागरमा मान्छेहरू आउँछन्, जान्छन् । शोक मान्नु पर्दैन । यो त प्रकृतिको नियम हो । आज मलाई शोक पर्यो, भोलि तपाईँलाई पर्नेछ । त्यसैले यो त नियमित प्रक्रिया हो । जन्म भएपछि एकदिन मर्नु छ भनी थाहा पाउँदापाउँदै पनि के को लागि शोक गर्ने हो ? बरु मृतआत्माको चिर शान्तिको कामना गरी ईश्वरलाई प्रार्थना गर्नु हामी सबैको कर्तव्य हो । यो भवसागरमा सुखैसुखमात्र पनि छैन । दःुखैदुःखमात्र पनि छैन । घाम–छाँया हो । कहिले घाम लाग्छ, कहिले छायाँ पर्छ । यो त प्रकृतिको नियम हो । नदी बगेर जान्छ तर कहिल्यै फर्किदैन । यो उसको धर्म हो । सूर्य उडाउँछ र अस्ताउने गर्छ, यो उसको स्वनियम हो । जहाँ निस्वार्थरुपमा कर्तव्य पालन गरिरहेको हुन्छ । त्यसैले यो दुई दिनको जीवनमा हामी पनि यो शरीरलाई यही छोडेर जानूछ । जसरी हामी लुगा खोल्छौ, जसरी सुगा पिजराबाट बिदा हुन्छौं । त्यस्तै यो आत्मा शरीरबाट छुट्याउने हो भने यो शरीर त हलचलबिनाको मुर्दा हो । न बोल्छ न हिड्डुल गर्छ । न खान्छ न अरुसँग कुरा गर्छ । शरीर भएरपनि यो त प्राणबिनाको माटो हो ।
निराशाया मिप्वाः च्याकाः ब्याक्क छवय्का छवयत्
वैराग्यया मत च्याके अन्धकार ह्ीत ।
हरि नाम कया च्वने संसार थ्व मय्ल
थुगु जन्म थय् हे जुल मेगु भिंके माल ।
छम्ह हित पासायात सःताः यमिं धाल
जिगु गति थथे जुल आः जि छु याय् माल ?
सतसंगो उम्ह पासां वैत बिल अतिं
असार थ्व संसार खः तय्माः भिगु मती ।
छन्हुु तोता वने माःगु शरीर थ्व झिगु
स्यन धकाः दुःख ताय्गु शोक छाय याय्गु ?

ईश्वरले हामीलाई जे गर्छन् राम्रैका लागि गरिन्छन् । न उसको स्वार्थ छ, न उसको नाता सम्बन्ध छ । त्यसैले ईश्वरको दृष्टिमा हामी सबै समान छौ । जगत्को माटोमा हुर्किएका हामी सबै जननीका सन्तान हौ । तर हामी किन बुझिनबुझी आँसु झार्न खोज्छौं ? एउटा सानो कुरामा पनि चित्त दुखाउन्छौं ? नमीठो वचन बोलेर कतिलाई होच्याउन खोज्छौं ? किन होला, कतै ज्ञानचक्षु नभएर हो कि ? कतै आत्माले नबुझेर हो कि ? होइन भने किन मानवीय मूल्य र मान्यता बुझ्न सकेनौ ? यही नै हाम्रो कमजोरी हो ।
मन हरियो पार्न हरिको भजन गर्नुपर्छ । मन शुद्ध पार्न मनका विकृतिहरू हटाउनुपर्छ । तब पो हाम्रो मनमा हरि पलाउन सक्छ । तब पो हाम्रो मनले राम्रो कुरा सोच्न सक्छ । होइन भने मन कालो भएर मनमा कालै वर्ष हुनेछ । कसैलाई बुझाउन नसक्ने हरिबिनाको कंगाल मन रहनेछ । त्यसैले हाम्रो मनलाई शुद्धजलले पखाल्नु पर्छ । आगो बालेर नराम्रा तत्त्वहरू भगाउनुपर्छ । तब पो मन शुद्ध हुन्छ । गंगाजलजस्तै पवित्र र स्वच्छ हुन सक्छ । सम्पत्ति त के छ र ? मन विशाल भएपछि घरखेतहरु तिम्रै छेउमा बास बस्न आउनेछ । लक्ष्मीले पनि तिमीलाई वरदान दिनेछ । त्यसैले जे छ त्यसैमा सन्तुष्टि भएर सकेसम्म राम्रो पार्ने हो भने न लोभीपापी जन्मिन्छ न घरमा कलंह हुनेछ । तहसनहसबाट हामी सबै जोगिनेछौं ।
हामी हिँड्ने बाटो राम्रो हुनुपर्छ । सफा सुग्धर भएमात्र जीवन राम्रो बन्न सक्छ । सुख–दुःख त मनको छायाँ हो । उकालो ओरालोजस्तो हिँड्ने बाटो हो । त्यसैले यो भवसागरमा सुख र दुःखको आफ्नै स्थान छ । दुखै दुःखहुँदा, सुखी माटिनु पर्दैन । सुखी हुँदैमा, दुःखीलाई हेप्नु हुँदैन । यो त जीवनको चक्र हो । कहिले कहाँ कहिले कहाँ भइरहन्छ । त्यसैले सुख र दुःखकाबीच विवाद हुन सक्छ । तर हामीले सुख र दुःखलाई पनि मिलाएर लग्न सक्नुपर्छ । मन शुद्ध पारेर मात्र सत्यकर्म अटाउन सकिन्छ । सत्मार्गमा कर्म लगाउने हो भने सुख र शान्तिको दियो बाल्न सकिन्छ । त्यसैले यो जीवन कसरी बिताउने हो ? मनमा कसरी शुद्ध पार्ने हो ? यो त आफूले विचार गर्नुपर्ने कुरा हो ।
देवं झीत गुगु याइ भिंगु हे याइ
मथुयाः व मसिया हे ख्ववि झीगु हाइ ।
हरियागु भजनस मनयात यंकि
छन्त गाक्क छेँ दु बुँ दु मन जक भिंकि ।
गुगु दत उगुयात फयां फक्व भिंकाः
जीवन थ्व हनेगु हे भिंगु लँपु पक्का ।
सुख दुःख धैगु खालि किपा मनयागु
मनं गथे धाल अय् हे सुख दुःख थःगु ।
मन शुद्ध यायगु हे खत सत्य धर्म
सत्य सुख शान्ति काय्गु यानाः भिंगु कर्म ।

धन, सम्पत्ति र मान मर्यादा भएमात्र सुख शान्ति हुने होइन । सुख त मनबाट पलाउने कुरो हो । जसरी बोट बिरुवाहरु माटोबाट अंकुरित हुन खोज्छ त्यस्तै मन पवित्र भए सुख शान्ति त्यसै हुनेछ । सानो कुरामा पनि सन्तुष्टि लिएर मान्छेले धेरै पाएको अनुभूति गर्नेछ । अहिले हाम्रो मन विशाल धर्ती हो । जहाँ जे रोक्यो त्यही फल्नेछ । धैर्य अनि सहनशील भएर धर्तीले सधैं आफ्नो अस्तित्व देखाइरहन्छ । हो, योग्य गुरुले मात्र भविष्यको बाटो देखाउन सकिन्छ । शिष्यका मनका कुरा राम्रोसँग बुझ्न सकिन्छ । तब पो गुरुले शिष्य लाई अर्ति दिएर सत्मार्गमा लाग्ने प्रयास गर्नेछ । सुख र शान्तिको निम्ति मानवमार्गको सन्देश दिनेछ ।
हामीलाई थाहा छ, मान्छेलाई जति भएपनि पुग्दैन । यो असीमित छ । यसको कुनै आकार छैन । यसको कुनै सीमा छैन । त्यसैले हामीले जति लिन खोज्यौ त्यति नै दुःख बढ्ने हो । मन पापी छ । पापी मनले जे देख्यो त्यही आफ्नो बनाउन खोज्छ । जति भएपनि थपौंथपौं भन्छ । सन्तोषी छैन । इच्छा र आकांक्षाहरु असीमित भएपनि ती सबै कुराहरु पूरा गर्न खोज्छ । सानो कुरामा ऊ खुसी हुन सक्दैन । सरल जीवन उसलाई मन पर्दैन । धर्मकाँटामा उसको मन जाँदैन । मर्नुपर्छ भनी थाहा पाएपनि उसलाई कुनै मतलब हुँदैन । किनकि उसलाई त जसरी भएपनि धन, सम्पत्ति र मान मर्यादाको खाँचो छ । मनले चिताएको कुरा आफ्नो भन्नुपर्छ । तब पो ऊ खुसी हुन्छ । दया, माया, प्रेम र स्नेह भन्दा उसलाई धनसम्पत्ति र विलासी जीवनको आवश्यकता छ । त्यसैले आजकाल मान्छेहरूको मन सानो छ । खुसी छैन, दुखैदुःख छ । रिस रागले पिडैपीडा छ । जति भएपनि नपुग्ने लोभी मान्छेको लोभ, लालच र मनमा थुप्रै अशान्ति छ । निराशाले अब ओरालो होइन उकालो चढ्नुपर्छ । हरि नामको भजन गर्दा सुख र शान्ति पाउने गर्छ । यो मनलाई कूमार्गमा नलग्ने हो भने ज्ञानचक्षुको डोरीले बाँध्नुपर्छ । नाना प्रकारका कुराहरु गरी यो भवसागरमा हामी किन आयौं भनी कथाहरु सुनाउनुपर्छ । सत्य के हो ? असत्य के हो ? दुवैको फरक देखाइदिनु पर्छ । सही मार्गमा हिँड्न चित्तलाई शुद्ध पार्नुपर्छ । तब पो मान्छेको विवेकले काम गर्न सकिन्छ ।
साथी ! कुरो सही हो । मेरो मनमा लुकेको कुरो तिमीले आज निकालिदियांै । मनलाई बाँड्ने कुरा तिमीले आज सुनाइदियौ । सुख र दुःखका कुरा तिमीले आज भेद खुलाइदियौं । मान्छेको लागि सन्तोषीको मूल ढोका तिमीले आज खोलिदियौं । त्यसैले साथी ! यो जीवन आफ्नो होइन । प्राणी जगत्को सेवाको लागि जन्मिएको हो । आज हामी छौं, नहुन पनि सक्छ । यहाँ स्थिरता केही छैन । सबै परिवर्तनशील छ । त्यसैले यो परिवर्तनशील संसारमा कहिँ घाम छ, कहि छायाँ छ । कहिँ पानी छ, कहिँ विशाल पहाड छ । यो प्रकृतिको नियममा हामी छौ र मान्छे भएर बाँच्दैछौं । त्यसैले हामी आ–आफ्नो कर्म गरेर थोपाथोपामा झरेको आयुलाई सक्नुछ । मेरो काल छिनछिनमा नजीक आइरहेछ । तर यो कर्मले कुन बाटो रोज्ने हो ? छोटो–लामो, सिधा–बाङ्गोटिङ्गो त्यो त आफैले विचार गर्नुपर्ने कुरो हो । त्यसैले यो मनुष्य जूनीमा मानवीयसेवा गर्नुनै मानवधर्म हो ।
साथी ! आज म रोइरहेको छु । कयौं वर्षदेखि खोजिरहेको बहुमूल्य कुरा आज भेटाइसकेको छु । तिम्रो अर्तिको बाणले मेरो मनका विकृतिहरुलाई छताछुल्ल पारिसकें । अ‘ध्यारोमा पनि मैले सानो दीप बाली सकें । साथी ! यो तिम्रो गुण म नमरुन्जेलसम्मका लागि ऋणी हुनेछु । तिमी आउँदै गर । माया नमार । साथी ! मेरो लागि तिमी पनि ईश्वर हौं । किनकि म सुतिरहेको थिएँ । तिमीले बिउँझाइदियांै । म हाँसिरहेको थिएँ । तिमीले साँझको कुरा गर्यौं । म मान्छे थिएँ, तिमीले साँच्चैको मान्छे बनाइदियौं । म कुबेर थिएँ, तिमीले मसानघाट देखाइदियौं । त्यसैले साथी ! अब यो मन सिमलको भुवाझैँ भइसक्यो । कहिले नफर्किने बगेको खोलाझैँ भइसक्यो । सागरको मिलनले महासागर बनिसक्यो । थोपाथोपामा झरेको आयुले अनगिन्ती आँखा चिम्लिसक्यो ।
धन दयां मान दयां जक मखु सुख
यचु शान्त मन जूसा जक दैगु सुख ।
सतसंग यानादिसँ भिह गुरु ल्वीकाः
वं हे बिइ छितः शान्ति दुःख व्याक तकाः ।
गुलि काय्त स्वल उलि दुःख ज्वीगु झीत
निराशा खः लँपु भिगु हरि नाप लाय्त ।
संसारस वैगु झिपिं फुक्क लिसे बाय्त
गनं वया अन वनेगु कर्म पूरा याय्त ।
हित खँ छं हत पासा मन गथे चीगु ?
बराबर वयाः जितः थथे खँ छं कनेगु ।

समय बितिरहेको थियो । महिना र वर्ष हामीले गनिरहेका थियौ । कति सजिलो छ, आजको दिन ढल्केर भोलिको प्रतीक्षा गर्दैछौं । मान्छे–मान्छे बन्न सकिरहेको छैन । मान्छे–मान्छेले आफ्नो बाटो हिडिरहेको छैन । मान्छे–मान्छेको पीडा सुनिरहेको छैन । मान्छे–मान्छेको मृत्यु मन पराइरहेको छैन । तर के गर्नु यो भवसागरको नियम हो । हामीले चाहनु र नचाहनुको कुनै अर्थ छैन । हामीले भन्नु र नभन्नुको कुनै औचित्य छैन । समय ओरालो लाग्दैछ । घाम बिस्तारै कलिलो हुँदैछ । हाँस्दैहाँस्दै रात बिस्तारै बिउझिँदैछ ।
यो रात मलाई त्यति मीठो लाग्दैन । किनकि मलाई रातले दुःख दिने गर्छ । मेरो मनलाई यताउता पारी लथालिङ्ग पारी दिने गर्छ । तर्साएर, थर्काएर, पछारिएर, चिमोटिएर मलाई किन हो कुन्नी त्यो रातले सताइरहन्छ । त्यसैले मलाई ती रातहरु मन पर्दैनन् । न निदाउन सक्छौ, न जागा भएर पनि स्वछन्दरुपमा बाटाहरूमा हिँड्न सक्छु । मनमा अनेक कुराहरु खेलेर भित्रभित्रै गलिरहेको छु । मेरो आँखाले निदाउन मान्दैन । मनले लुभुनीलाई बिर्सिन सकिरहेको छैन । किनकि यो मेरो प्राण हो । यो मेरो ज्यान हो । यो मेरो ध्यान हो । यो मेरो जीवन हो । त्यसैले होला यो कुरुप शरीर बोकेर बाँचे पनि मेरी प्रियाले मलाई माया गर्ला भन्ने भरोसा छ । विश्वास छ । तर मेरी प्रियाको मनमा पक्कै पनि निराशका बादलले ढाकिरहेका होलान् । ओरालो लागेर मनमा थुप्रै पीडाहरू भइरहेका होलान् । कहाँ जाउँ, कता जाउँ ? मनमा आगो बलिरहेका होलान् । भेट्न नपाएर मन छरपटिरहेका होलान् ।
हो, आँसु त बगिरहेको होला । सुस्केर हालेर टोलाइरहेकी होली । मनमा प्रेमको टुसा पलाउन नपाउँदै अब त्यसै मर्ने पो हो कि भनी डराइरहेकी होली । पापी मान्छे मलाई दोधारमा पारेर ऊ कता गएको होला भनी मनमा चिन्ता लिइरहेकी होली । कहिलेकाहीँ आगोले पोलेजस्तै मनका पीडाले मलाई सरापिरहेका होली । मर्न नसकेको मान्छे मलाई पीडा दिएको कहाँ गए भनी विलाप गरिरहेकी होली । मेरो मनमा यस्तैयस्तै कुराहरु चलिरहेको थियो । छियाछियाले किनाराहरू रोइरहेको थियो । अब के गर्ने हो ? कहाँ जाने हो ? कसरी उसलाई भेट्ने हो ? कहाँ गएर बस्ने हो ? थाहा छैन, यो मनले जसरी भएपनि भेट्न पाएँ हुन्थ्यो । अर्को मनले चटक्क बिर्सिदेऊ भन्छ । बिचल्ली भएर रोइरहेछु । आगोले पोलेजस्तो, नदीले बगाएजस्तो, हावाले उडाएजस्तो, जाडोले कठ्याङ्ग्रियजस्तो, मेरो जीवनमा खै केके नपुगेजस्तो मलाई यस्तैयस्तै भइरहेको छ । मेरी प्रियालाई पनि यस्तै होला भनी एकचोटी भेट्ने ठूलो इच्छा छ ।
पापीले मलाई त्यसै मारेर गई । मैले के अपराध गरेको छु र आज यो सजाय भोगिरहेका छु । सुत्न सकिरहेको छैन । आँसुले भिजेको तकिया अहिलेसम्म सुकेको छैन । चिसौ छ, मन तातो छ । यो तातो र चिसोले कुन बेला मुटु चरक्क फुट्ने हो । कथैै व्यथाले यो मन कहिले भाँसिने हो ? हे दैव ! सुर्यादयको किरणलाई मैले किन निराशा देखे ? हिमगिरीको टुप्पोमा पनि किन बत्ती बलिरहेको देखे ? कतै मलाई पोल्न त होइन ? कतै मलाई बैरागी बनाउने त होइन ? कतै मलाई दुःख दिने त होइन ? कतै मलाई रुवाउने त होइन ? होइन भने एकाबिहानै मैले किन निराशा देखे ? हिमगिरिको आगोले मलाई किन पोले ? म भन्न सक्दिनँ । भएको कुरा म सुनँ सक्दिनँ । किनकि अब मेरो जीवनमा धैर्यता हराइसकेको छ । सहनशीलताले मलाई कुल्चेर गइसकेको छ । त्यसैले म तातो छु । हिउँमा पनि आगो बलिरहेको देख्छु । आगोमा पनि पानी परिरहेको देख्छु । मलाई खान र लाउन अब मन छैन । भोक हराइसक्यो । लाउने इच्छा मरिसक्यो । जसले जे भने पनि यो वैराग्य मनले अरुको कुरा सुन्न छोडिसक्यो । बाजा बजाएर के भो ? रङ भएर के भयो ? चिन्तैचिन्ताको सर्पले डसेर आज बेहोशी भइरहेको छु । चट्टान परेको रुखजस्तो ठिङ्ग उभिरहेको छु । पानीबिनाको पोखरीजस्तो दिन प्रतिदिन माटोले पुर्दैछु ।
निराशाको बादलले लुभुनीलाई घुम्ती ओढाएपछि आशाका ती विश्वासहरू टुक्राटुक्रा भएर चूर्ण हुँदैछ । मायाका ती सम्झनाहरूलाई सियोले घोचेजस्तो लाखौं पीडाले दुःख दिइरहेछ । अब मलाई यो संसारमा बाँच्नु छैन । यो आत्मा मेरो शरीरबाट चाँडै निस्किनुपर्छ । ताकी म दिनमा पनि आरामले सुत्न सकूँ । दुःखले मलाई कहिल्यै पनि सताउन नसकुन् । म यही चाहन्छु । यो भवसागरमा आगोको ज्वालामा बस्न नपरोस् । जहाँ गएपनि तातो फलाम समात्न नपरोस् । बस् मलाई यति भए पुग्छ । अरु के चाहिन्छ र ? मेरो हाँसो अब सबै हराइसकें । मेरो आँखाले अब हेर्न छाडिसकें । त्यसैले होला मन आसुले भिजेर अब भारी भइसकें । उचाल्नै नसक्ने गरी गाह्रो भइसक्यो । अब के गर्ने हो ? कहाँ गएर इलाज हुने हो ? जीवनको वय कसैले चोरेर लगेपछि अब कहाँ गएर पक्रिने हो ? कसलाई शङ्का गर्ने हो ?
छैन, अब केही बाँकी छैन । जीवनमा रुनु बाहेक अरु केही छैन । हाँसो त उहिले मरिसकें । मधुरस अब खाल्टोमा पुरिसकें । आँखा त अन्धो भइसकें । बोल्न त जिब्रो चपाइसकें । अब केही बाँकी छैन । हेर्नुपर्ने केही छैन । सपनामा बाँचिएजस्तो बिपनामा केही छैन । यस्तै भइरहेकीछे लुभुनीलाई । मनभरि पीडा बोकेर ऊ प्रेमीको बाटो हेर्दैछ । आशालाग्दो आँखाले आफ्नो प्रेमीलाई खोज्दैछ । तर के गर्नु कुन बेला आउने हो ? थाहा छैन, सन्नाटाले छोएपछि मन एकान्तमा गएर रुन खोज्छे ।
लुभुनीया मन धाःसा क्वत्यना हे वंगु
निराशाया सुपाँय् वयाः ख्यूँ त्वपुया वःगु ।
झसुकाः व ख्वबिया दथ्वी उह मय्जु लात
चच्छि चच्छि ख्वयाः ख्वयाः वैगु फुंगा प्यात ।
संसार हे मि–ग्वारा थें वैत जुया च्वन
वं वं थासय् च्वं च्व थासय् च्वींक प्वीगु मन
न्हिले धैगु मन्त वया मन सदां क्वतुं
याउँ धैगु मन्त वया नुगः न्हाब्ले झ्यातु ।
लाका यन सुनां वैगु जीवनया बय

प्याहां मवः मधुरस ब्याक्क दित गय् गय् ।
मलाई सपनाजस्तो लागिरहेछ । यो विपनामा पनि के म बाँच्दैछु र ? म सपनामा बाँचिरहेको छु । अब मेरो बिपना छैन । मलाई माया गर्ने मेरी प्रेमीले छोडेर गइसकें । अब मलाई बिपना पनि चाहिँदैन । मेरो जीवन अब यस्तै रहने हो भने मलाई अब केही चाहिँदैन । भोक लाग्न छोडिसक्यो । निन्द्रा भागेर गइसक्यो । शरीर सुकेर गइसक्यो । चिरनिन्द्रामा अब नबिउझिने गरी सुत्नमात्रै बाँकी छ । हे ईश्वर ! यो के हुँदैछ ? मलाई किन निको नहुने रोग लाग्दैछ ? मायाको मुहार झलझल्ती सम्झेर आशाहरु सबै पाखा लागिसकें । म ओरालोमा छु । तिमी खुसीले उकालो लागिरहेको होला । रमाइलो गरी जिन्दगी बिताइरहेको होला । के थाहा मलाई यहाँ के भइरहेको छ । मर्न चाहेर पनि बाँचिरहेको छु । आशौआशामा तिमीलाई पर्खिरहेको छु । कहिले आउने हो ? कहिले भेट्ने हो ? के यो जूनीमा हाम्रो भेट नहुने हो कि ? जिउँदै जलेर यसरी नै मर्ने पो हो कि ? भन्न प्रिय ! म कसरी बाँचिरहेको छु । तिमीबिना म कसरी मरिरहेको छु । तिमीलाई के थाहा, मलाई यहाँ के भइरहेको छ ? म आगोमा छु । पानीमा छु । धँुवैधँुवैले मेरो सास रोक्न लागिसक्यो । अब धेरै बाच्दिन होला । खै तिमी आउने आशामा मैले तिमीलाई धेरै कुरे । पलपल बिताउन गाह्रो भइरहेको बेला म कसरी दिनरात कुर्न सक्छु र ? हे ईश्वर ! मलाई चाँडै दोभानमा पुर्याइदेऊ । मेरी प्यारालाई भेट गराइदेऊ । कि मेरो प्राण लिऊ । होइन भने म यसरी बाँच्नुको कुनै अर्थ छैन । ऊ पापीजस्तो छैन । अहिले ऊ पापीजस्तो भइरहेको छ । आशामात्र देखाएर ऊ कालो बादलजस्तो भइरहेको छ ।
कतै घनघोर पानी पर्ने त होइन ? कतै मेरो घरजम सबै बगाएर लग्ने त होइन ? कतै भेल बगेर मलाई बगाउने त होइन ? कतै हाम्रो मिलनको बाटो फाँटिने त होइन ? होइन भने किन ऊ कालो बादल भइरहेको छ ? हेर्दै डरलाग्दो कतै अनिष्ट त हुने होइन ? कतै दैवी प्रकोप हुन लागेको त होइन ? किन एक्कासी आकाश कालो हुँदैछ ? सूर्यलाई कालो बादलले ढाकेर कतै रात पार्न लागेको त होइन ? कतै हराभरा यो धर्तीको खुसीयालीलाई क्षणभरमै चकनाचुर पार्न लागेको त होइन ? त्यसैले यो मन दुखिरहेको छ । घाऊ भएर निको नहोला कि भनी डर लागिरहेको छ ।
खै के भन्न सक्छु र ? मननै सम्हाल्न नसकेपछि यो जिन्दगी कहाँ गएर बिताउने हो ? कहाँ गएर ठोक्ने हो ? थाहा छैन, जसरी कालो बादलले मलाई बोलाएजस्तो लाग्छ । त्यस्तै यो मनलाई पनि भेटाउन नसकेर म त अब पागल हुँदैछु । हो, लोग्नेमान्छेहरू स्वास्नेमान्छेभन्दा धेरै पापी हुन्छन् । नपाएसम्म पाउनको लागि अनेक जालझेल गर्छन् । माया देखाउँछन् । पाएपछि उसलाई बगरको ढुंगाजस्तो सम्झिन थाल्छन् । यो समाजमा एक्लो पारेर रुवाउन खोज्छन् । तर के गर्नु यो प्रेम भन्ने कुरा अनौठो रहेछ । त्यस्तो निर्दयी माया देखाएपनि एकचोटी माफी माग्यो भने सारा कुराहरु बिर्सिन थाल्छन् । दुःखका कुराहरुलाई छोडेर अब सुखका कुराहरु सम्झिन पुग्छन् । खै यी स्वास्नीमान्छेहरूको बुद्धि पनि के भएको हो ? फर्केर हेर्दा के के नपुगेजस्तो, आफू बिर्सिएर प्रेमीलाई मात्र सम्झिने यो दया र मायाको सम्बन्ध कस्तो ?
दिन बित्यो । रात बित्यो । अब त महिना पनि बितिसक्यो । के गर्ने हो ? कसरी बस्ने हो ? मनमा छटपटी भइरहन्छ । सपनाजस्तो हिजो के भएको हो भनी आज अनौठो लागिरहेछ । बिरहको आगो ह्वारह्वार बलेर मुटु खरानी होला जस्तो छ । त्यसैले मन रोइरहेको बेला खान लाउन त के सास फेर्न पनि गाह्रो छ । मन हराएर भेटाउन पनि गाह्रो भइरहेको छ ।
आगो बालेर जीवन हाय्हाय् भइरहेको थियो । मनका कुरा सुनाउन भावनै हराइसकेको थियो । त्यसैले यो मन बिचल्लीमा छ । आधिबेरी यताउता आइरहेछ । के थाहा, मैले भन्न मात्र सकेको भए, मैले यो मनमात्र देखाउन सके, मन च्यातेर देखाउँथे होला । यो बादल उँधारी आकाश देखाउन पाए हुन्थ्यो । तर के गर्नु अब ममा शक्ति छैन । निराशाले आशाहरु सबै मरिसकें । तिमी आउने हो–होइन थाहा छैन । म बाटो कुरेर बसिरहेको छु । तिम्रै लागि बाँचिरहेको छु । यो दुब्लो शरीर बोकेर प्राणमात्र धाँनिरहेको छु । हे ईश्वर ! ऊ आउने नआउने थाहा छैन । नआउने भए अब म नदीको तीरमा गएर आफै आगो लगाउँछु । मलाई मलामी चाहिँदैन । मलाई तिम्रो स्पर्श पनि चाहिँदैन । सबै बिर्सिसके । हिजोका कुरा नदीले बगाइसक्यो । मलाई दोधारमा पारेर रात किन दिएर गयो ? थाहा छैन, कुन जन्मको रिसइबी हो ? अहिले मलाई दुःख दिइरहेकाछौ ?
ह्च्छिि फुत चच्छि फुत लच्छि फुत आःजा
हगसया खँ थें जुल, बिरह मि ग्वानाः ।
नये मयो तिये मयो गंसि जुजुं वन
मन वैगु थातं मच्वं गन थ्यन गन ।
गुलि मिच्याः जीवनया खन हाय हाय
कने मफु सुयातं जिं यमिं व जिगु भाय ।
धर्ती प्वलाः स्वय्कि हरे सुपाँय् उलाः स्वय्कि
गन वनाः स्वय्गु उह वै हे मखुला कि ?
थथे याय्गु जुसा छाय जितः थिया वंगु
आसयागु जला बियाः छाय ख्यूँका वंगु ?

यो मेरो अभाग्यी जीवनमा किन सधैं रोइरोइ बाँच्नुपर्ने होला ? फुटेको भाग्य जोड्न नसकेर सधै विलापमा जीवन बिताउनुपर्ने होला ? यो के भएको हो ? कतै ईश्वरले मेरो भाग्यमा दुःखैदुःख मात्र कोरिएको त होइन ? कतै मेरो भाग्यमा दुर्गतिमात्र पाउनुपर्ने त होइन ? कतै मेरो भाग्यमा आँसुमात्र परेको होइन ? कतै मेरो भाग्यमा बगरमात्र परेको त होइन ? हो मलाई यस्तै लाग्छ । किनकि यो मेरो जीवनमा कहिल्यै सुख भएन । कहिले हाँस्न पाइएन । म त सधै व्यथंैयथामा पिल्सिरहेको छु ।
यो आँखाले अझै पनि चेतिएको छैन । ऊ बारम्बार काठमाडौतिर हेर्छे । जतिसुकै सम्झाए पनि खै के भएर हो सम्झिन मान्दैन । आशा पलाएर हो कि ? मायाले बोलाएर हो कि ? आउँछन् भनेर यो आँखाले घरिघरि हेरिरहन्छन् । यो कस्तो विश्वास हो ? यो कस्तो आत्माकथा हो ? खै यस्तो पनि हुन्छ र ? यति धेरै माया मार्ने मान्छेलाई पनि आउँला भनी फर्कीफर्की हेर्छ र ? मन सुकेर गइसकेपछि पनि माली आएर पानी देला भनी आशा राख्छन् र ? शरीर धमिराले खाएपनि अब ठीक हुन्छ भनी विचार गर्न सकिन्छ र ? सबैले छोडेर एक्लो पारि गइसके पछि पनि अब एक्लै ठिङ्ग उभिएर बाँच्न सकिन्छ र ?
पातहरु झरिसके । शरीर सुकेर गइसके । अब केही छैन, सबैको अन्त्य भइसक्यो । तैपनि यो शरीर किन मानिरहेको छैन ? किन सासमात्र लिएर भएपनि बाँचिरहेको छ ? कसैले मर्यो भन्छ, कसैले जीवित छ भन्छ । तर लुभुनी मर्नु र बाँच्नुको बीचमा परिरहेको छ ।
भाग्य जिगु क्वपुलांगु जुल ख्वय्गु ख्वय्गु
सुँक्क सुँक्क ख्वख्वं थन जुलि जक म्वाय्गु ?
येँया पाखे मिखा लानाः लुभुनीनं स्वैगु
यमिं वैगु आस मखनाः मन झ्वाः झ्वाः ज्वीगु ।
शरीरया सिमा जक ठिंग दना च्वन
स्वाँ–सि हः–ही धू धू जयाः व्याक्क हाया वन ।
हग्स, आशा झंगः तय्सं थ्वैत तोता वन
झना वन, गना वन, मन्त छुं हे थन ।
अय्नं सिमा क्वः मदःगु छु जूगु थ्व जितः
म्वानागु ला सिनागु ला मथुल जिं जितः ।

हे प्रिय ! तिमीले मलाई स्वर्गकोे कुरा गरी किन नर्कमा पु¥यायौ ? औंलाको स्पर्शले मलाई किन व्यथा दिलायो ? म त चिन्ताले पोलिरहेको छु । व्यथौव्यथाले मुटु घायल बनाउँदैछु । अब म यो संसारमा बाँच्न चाहन्न । यो समाज, यो मान्छेलाई छोडेर अब म जोगिनी बन्न चाहन्छु । मन शान्त पार्न, मनमा मलम लगाउन यो जलिरहेको मुटुलाई निभाउन चाहन्छु । वाक्कदिक्क भइसक्यो । विश्वासघातले मान्छेले मान्छेलाई मारिसक्यो । अब म एक्लै भएपनि बाँच्न सक्छु । मलाई कसैको सहारा चाहिँदैन । मलाई कसैको डर लाग्दैन । जंगलमा गएर ईश्वरको साधनामा लीन भएर मेरो जीवनको शेष बिताउन चाहन्छु । मलाई साहस देऊ प्रभु ! मलाई आत्मविश्वास बलियो पारिदेऊ प्रभु ! ताकि म यो संसारबाट छुट्टी भिन्न बसेर मेरो ध्यान पूरा गराइदेऊ प्रभु !
आजकाल किन हो कुन्नी मलाई मआफै प्रति घृणा लाग्छ । ऐनामा पनि मुख हेर्न मन लाग्दैन । सास फेरु कि न नफेरु भइरहन्छ । वैराग्य भएर आफैले आफैप्रति धिक्कार्न मन लाग्छ । मैले किन प्रेम गरे ? प्रेम गर्नु अपराध होइन तर मलाई प्रेमको टुसामा विष हालेर मारे । उसको हातको स्पर्शले मेरो मन जानीनजानी उसैतिर मात्र आक्रशित भइरहे । कतै त्यो जादुगर त होइन ? कतै त्यो टुनामुना गरी मलाई मार्ने त होइन ? कतै त्यो आफ्नो इच्छा पूरा गरी भाग्ने अपराधी त होइन ? कतै त्यो मलाई दुश्मन साध्न आएको त होइन ? नत्र किन मलाई यति धेरै दुःख दिँदैछ ? बाँच्नलाई पनि कठिन पारी उसले के गर्न खोज्दैछ ? एकबारको जूनीमा मान्छे यतिसम्म नीच होला भनी मैले सोचेको थिएन । तर आज मैले मन पराएकी मान्छेले खाल्टोमा पुर्दैछ । जिउँदै जलाउन खोज्दैछ । पापी मान्छेले मलाई तड्पाईतड्पाई मार्न खोज्दैछ । यस्तो त नहुनुपर्ने हो ? तर भइरहेछ । किन होला, उसलाई एकचोटी भेट्न पायो भने सत्य के हो थाहा पाउनेछ । तर अहिले म रणभूलमा छु । कहिले पानी पर्छ । कहिले घाम लाग्छ । कहिले चिसो हुन्छ । कहिले तातो हुन्छ । मलाई यस्तैयस्तै हुन्छ । तिमीलाई के भयो भनी आएर सोधे हुन्छ । विवसत्तामा छु भनी मलाई ढाटे‘ पनि हुन्छ । मलाई जे गरे पनि हुन्छ । मलाई जे भने पनि हुन्छ । तिमीले मलाई मारेर गए पनि हुन्छ । होइन मैले धेरै दुःख दिए भनी रोएर मलाई पनि लगे हुन्छ । किनकि म तिम्रो लागि बाँचेको मान्छे हूँ । तिम्रै लागि मर्ने छु । प्रेममा पागल भएर प्रेममै हराउन चाहन्छु ।
म सम्झिन सक्दिनँ । म झ्यालमा बसिरहेको बेला हाम्रो आँखाको मिलन भएको कुरा म सोच्न पनि सक्दिनँ । तिमीलाई पानी दिँदा तिम्रो हातको स्पर्शका कुरा । यी त सबै पुराना भइसकेका छन् । नयाँ केही छैनन् । त्यसैले ती पुराना यादहरुले मलाई छिनछिनमा सताइरहन्छन् । कहिले टोक्ने गर्छन् । कहिले निल्न खोज्छन् । कहिले घोच्ने गर्छन् । कहिले चिथोर्न खोज्छन् । खै मलाई यादहरुले के के गर्न खोज्छन् ।
सबै लोग्नेमान्छेहरु पापी हुँदैनन् । तर लुभुनीको मनमा ऊ पापी हो । अपराधी हो । ज्यानमारा हो । अर्काको मनमा पसेर मन चोर्ने चोर हो । छिनछिनमा माया दिलाउने जादुगरजस्तो भुलभुलिया हो । त्यसैले लुभुनीको मनमा सबै लोग्नेमान्छे पापीजस्तो लाग्न थाल्छन् । मजस्ता लाखौं केटीहरुलाई जालमा फसाएर मोजमस्ती गर्ने मान्छेजस्तो लाग्न थाल्छन् । स्वार्थी मान्छे भनेर आँखाले पनि हेर्न मन नलाग्ने भइसक्यो । तर के गर्नु प्रेमको जालमा परेपछि आशा कहाँ कहाँबाट पलाउन थाल्छन् । कहिले मुटुबाट पलाउन थाल्छ । कहिले मनैबाट उम्रिन खोज्छन् । कहिले आँखा रसाएर आउँछन् । कहिले मधुर स्वर सुन्नका निम्ति कानले प्रार्थना गर्छन् । यो कस्तो प्रेम हो ? निस्वार्थ प्रेमभित्र के छ के छैन थाहा छैन । छिनभरिमै रिस उठ्छ । छिनभरिमै माया लागेर आउँछ । खै के भएको हो ? खै के रोग लागेको हो ? रत्न भनि हेरेको मान्छे अहिले ढुङ्गाजस्तो भइरहेछ ।
क्यनाः किपा स्वर्गयागु नरक जितः बिल
वाथा–वाथा कंकाः जितः चिन्ताया मी छुल ।
संसार थ्व मय्ल जितः जोगिनी जुया वने
दुःख सुख न्हाग्गु थजु याकःचा हे च्वने ।
माया दया स्वैगुं मय्ल जितः जि हे मय्ल
हना च्वनागु सासः छम्हू थ्व नं जितः मय्ल ।
हरे हरे जि यमिं व गथे जुल ज्वी आः
नाप लानाः जुगु खँत लुमंका हय् फैला ।
गुलि पापी मिजं धैपिं जितः ख्वय्का वन
क्यनाः भिंगु रत्नयात ल्वहँतं कय्का वन ।

जिन्दगी बुझ्न नसक्नु छ । यो अनौठो जिन्दगीभित्र के हुन्छ के हुन्न भन्न सकिन्न । कहिल्यै नसोचिएका कुराहरु पनि हुन सक्छन् । कहिल्यै असम्भव कुराहरु पनि सम्भव बन्न सक्छन् । त्यसैले यो बुझ्ने नसक्ने जिन्दगीभित्र सबथोक छ । आकाश विशाल भएर पनि सानो मुटुमा अट्न सक्दोरहेछ । धर्ती विशाल भएर पनि सुख र दुःख मुटुको छेउमा राख्न सकिन्छ । यति सानो मुटुभित्र यति धेरै कुराहरू कसरी अटाउन सक्दोरहेछ ? लाखौंलाख मानिसहरूको कथा र व्यथाहरु सबै पढ्न सकिन्छ ।
आज किन हो कुन्नी आकाश खस्लाजस्तो छ । धर्तीमा भूकम्प आउलाजस्तो छ । छिनछिनमा हल्लिरहन्छ । पहाडहरू जतिसुकै बलिया भएपनि एकैछिनमा चकनार हुनसक्छ । नदी र नालाहरू उर्लेर यताउता कुड्न खोज्छ । के भएको हो ? कहिल्यै नहुने असम्भव कुराहरु आज सम्भव भएजस्तो छ । हो, काठमाडौँको त्यो पापी मान्छे आज भिक्षा माग्ने निउँमा लुभुनीेको घरनिर उभिरहेको थियो । म टाढाबाट आएको माग्ने मान्छे, मलाई एकमुठी चामल भिक्षा पाउँ भनी हृदयका व्यथा पोखिरहेको थियो । अचम्म छ, त्यो पापी मान्छेको मन साँच्चै पापी थिएन । ऊ निर्मल थियो । पानीजस्तो उसको जीवन थियो । छलकपट थिएन । दया मायाले भरिएको थियो । तर के गर्नु आज ऊ विवस छ । आफ्नो प्रिय लुभुनीेको मुहार हेर्न ऊ माग्ने बनेर लुभुनीेको घरनिर एकमुठी भिक्षा माग्दैछ । म टाढाबाट आएको हजुर ! एकमुठी भिक्षा पाऊ भनी ऊ लुभुनीेको सहरमा हात फैलाउँदैछ । सकिनसकि लुभुनीेकोे घर छेउमा बसेर उसको मुहार हेर्ने आशामा आँखा भौतारिँदैछ । शरीर दुब्लो र कमजोर भएर होला उभिन गाह्रो भएपनि मनमा आशाका दीयो बलिरहेको थियो । ऊ सकिनसकी उभिरहेको थियो । बटुवाहरूको बीचमा एउटा माग्ने मान्छे बनेर प्रेमको भिख मागिरहेको थियो ।
लुभु बासिन्दाहरूलाई दयामाया लागेर होला मान्छेहरुले एकमुठी भिक्षा दिँदै थियो । तर के गर्नु मेरी मायालाई अहिलेसम्म मैले देखेको छैन । कतै यो सहर छोडेर अन्तै गइरहेकी त होइन ? कतै उसको विवाह भइसकेको त होइन ? उसको मनमा हलचल भइरहेको थियो । मान्छेको चोला न हो कतै धर्तीबाट बिदावारी भएको त होइन ? एकछिन भएपनि झलक्क देख्न पाए‘ हुन्थ्यो । एकछिन भएपनि झ्यालमा बसिदिए‘ हुन्थ्यो । बाटोमा किनमेल गर्न आइदिए‘ नि हुन्थ्यो । पानी लिन ढुङ्गेधारामा बसिरहेको भएनी हुन्थ्यो । खै अब त आशाहरू मरिसकें । पिलपिल बलिरहेको दीयो अब बिस्तारै निभ्न लागिसकें । के गर्नु दैवको लीला अपरम्पार छ । सबै खुसी छन्, म अभाग्यी जताततै दुखैदुःख छन् । खान खोज्छु हावाले उडाइदिन्छ । हेर्न खोज्छु आँखा धमिलो हुन्छ । सम्झिन खोज्छु मन र मस्तिष्क हराउन खोज्छ । अब त मेरो जीवनमा केही छैन । हे ईश्वर ! अब मेरो सहारा कोही छैन । मलाई बाँच्न दिने नदिने तिम्रो इच्छा हो । मलाई अब बाँच्नु छैन । चाँडै यो धर्तीबाट उठाइदेऊ । सदासदाका लागि निन्द्रा लगाइदेऊ । ताकि मैले लुभुनीेलाई सम्झिन नसकियोस् । हे ईश्वर ! मैले अहिल्यैसम्म लुभुनीलाई कुनै पापकर्म गरेको छैन । मैले माया गर्छु भनेको छैन । मैले मनका कुरा सुनाएको छैन । मैले आफ्नो परिचय दिएको छैन । त्यसैले म कसरी पापी बन्न सक्छु ? म कसरी अत्याचारी हुन सक्छु ? म कसरी निर्दय बन्न सक्छु ? म कसरी आत्माघाती हुन सक्छु ?
आँखा न हो सबै कुरा राम्रोमात्र होइन, नराम्रोमा पनि पर्न सक्छन् । लुभु सहरमा सबै मान्छेहरू आ–आफ्नो काममा व्यस्त थिए । तर लुभुनीको आँखा एउटा लंगडो मान्छेमाथि पर्न जान्छ । दया लागेर होला ईश्वरलाई पुकारी त्यो माग्ने मान्छेको जीवनमा उदार होस् भनी मनमनै कामना गर्छे । कतै त्यो माग्ने मान्छे चिनेचिनेजस्तो लाग्न थाल्छ । कतै त्यो माग्ने मान्छेसँग भेटेभेटेजस्तो लाग्न थाल्छ । के भएको हो, मनमा थुप्रै कुराहरु खेल्न थाल्छन् । नजीक गएर हेर्न पाए‘ हुन्थ्यो । एकचोटी बोल्न पाए‘ हुन्थ्यो । कसोकसो मन बैचन भएर माग्ने मान्छे आफ्नोजस्तो लाग्न थाल्छ ।
लुभुनी भिक्षा दिन माग्नेको अगाडि जान्छे । ऊ झस्किन थाल्छन् । मुख नधुएर होला अनुहार कालो र मैलो छ । धेरै दिन ननुहाएर होला जिऊ सबै गनाउन थालिसकें । के भएर हो ? के व्यथा लागेर हो ? कतै घरव्यवहार मिलाउन नसकेर माग्दै हिँडेको त होइन ? कतै चोटैचोटले जीवन बिताइरहेको त होइन ? होइन भने हेर्दै त्यति राम्रो मान्छेको जीवनमा के आइपरेको होला ? हे ईश्वर ! तिमी पनि पक्षपाती त भएको होइन ? मान्छेलाई जन्म दिएर कर्म तिमीले लिएर गएको त होइन ? होइन भने उसको कर्म उसैलाई दिनुपर्यो ? ताकि कर्म गरेर जीवन निर्वाह गर्न सकोस् । यस्तैयस्तै मनका थुप्रै कुराहरु खेलिरहेको थियो । भिक्षा दिनेलाई जय होस् भनी ईश्वरलाई साक्षी राख्दै थियो । तर के गर्नु एउटा अपाङ्ग मान्छेको आशिष ईश्वरले सुन्लाजस्तो लागेको थिएन । माग्नेको कुरा मान्छेलाई विश्वास हुने कुरै भएन ।
लुभुनीको मन एक्कासी चिसो भो । सुतिरहेको मान्छे बिउँझेजस्तै कताकता पहिला सुनिरहेको बोलीजस्तो भान पर्न थाल्छ । हो–होइन थाहा छैन, तर मनले हो जस्तो लागेर उसको मनमा विभिन्न शङ्का उपशंका हुन थाल्छ । कतै यो माग्ने मान्छे मैले मन पराएको मान्छे त होइन ? कतै यो माग्ने मान्छे ढुङ्गेधारामा पानी माग्ने त होइन ? कतै त्यो माग्ने मान्छे पानी पिँएर मधुरो मुस्कान हाँस्ने त होइन ? कतै त्यो पानी दिँदा औंलाको स्पर्श हुने त होइन ? मनमा थुप्रै कुराहरु चलिरहेको थियो ।
हो–होइन एकिन गर्न मेरो मनले आँखालाई बारम्बार सोधिरहेको थियो । हेर, तिमी नियालेर हेर । आँखा जुताउने मान्छे त्यो हो–होइन ? ढुङ्गेधारामा पानी माग्ने मान्छे त्यो हो–होइन ? तर किन आज भिख माग्दैछ ? हिजो पानीको भिख माग्दैं थियो । आज माग्ने बनेर एकमुट्टी अन्नको भिख माग्दैछ । हे ईश्वर ! मेरो मन चिसो भइसक्यो । मनले आफ्नो मान्छेजस्तो ठानिसक्यो । के मनको कुरा सबै झुठो हुन्छ र ? के मनले खोजेको कुरा कहिल्यै पाउँदैन र ? मलाई त्यो माग्ने मान्छे आफ्नोजस्तो लाग्न थाल्यो । बोलीमा हिजोको कुरा मिसिएको थियो । उसले बोल्न नसकेंजस्तो छ । माग्ने भएर आफ्नो प्रिय भन्न नसकेंजस्तो छ । मलाई त्यस्तै लाग्न थाल्यो । यो मनले त्यही तिम्रो प्रेमी हो भन्न थाल्यो । तर के गर्नु मैले मेरी प्रिय भनि एक्कासी कसरी भन्न सक्छु र ? हेर्दाहेर्दै हेर्न नसक्ने मान्छेलाई अरुको अगाडि म कसरी हात समात्न सक्छु र ? तर मलाई थाहा भो त्यो त्यही मान्छे हो । जसले मलाई दिल खोलेर हेरेको थियो । फूलबारीको बगैंचाजस्तो मलाई सजाई राख्न खोजेको थियो । त्यो त्यही मान्छे हो । मनले भनिसक्यो । आँखाले सुनाइसक्यो । बोलीले थमाइसक्यो । कानले बुझिसक्यो ।
भिक्षा छम्हू फ्वने मय्जु, भिक्षा छम्हू फ्वने
तापाकं जि वया मय्जु, भिक्षा छम्हू फ्वने ।
मफु मफु थ्यंकः वन लुभुनीया छेँ सं
ननी च्वनाः यमि धाल, दैला धौगु आसं ।
क्वस्वः वल झ्यालं मय्जुं, खुत्यां छम्ह खन
छु छु जुल मनय् वया हस्यु थेँ नं च्वन ।
भिक्षा बीत मय्जु वल, खनाः थारा न्हुल
“जय ज्वीमा छिकपिन्त, भिक्षा फ्वने” धाल ।
न्यना तैगु सः थें जुयाः वैत मती लुल
खः ला व हे मिजं धैगु वैत शंका जुल ।

समय बलवान छ । समयचक्रले यो संसारलाई परिवर्तनशील बनाउँदोरहेछ । हिजो राम्रो थियो, आज नराम्रो भो । आज नराम्रो, भोलि राम्रो बन्न सक्छ । यो त परिवर्तनको गुण हो । प्रकृतिको नियम हो । हरिया रुखहरु आज पातहरू सबै झरेर नाङ्गो भो । शुभप्रान्तमा ढल्केर आजको दिन रात पर्ने भो । त्यसैले रातमा चम्किने उज्याला ताराहरु मिरमिरे उज्यालोसँगै हराउन थालिसक्यो । त्यस्तै भो लुभुनीलाई । आफ्नो प्रेमी पहिलाको जस्तो न रूप छ न रङ छ । दुब्लो पातलो अनि मसिनो भएर अब सासमात्र चलिरहेजस्तो लाग्न थाल्छ । हे ईश्वर ! मैले यो के देख्नुपर्यो ? पीडा बोकेर म किन बाँच्नु पर्यो ? के यही दृश्य देख्नको लागि म बाँचेको हूँ र ? मन उम्लिएर पोखिएको हो र ? सुस्केर हाली ठिङ्ग उभिएको हो र ? ओठहरू थरथर काँपिएर बोल्न नजानेको हो र ?
हातखुट्टा चल्दैन । आँखाले देखेर पनि बोल्न सक्दिनँ । दुवै मौन छ । एकले अर्कोलाई हेर्दाहेर्दै आँखाबाट आँसु चुहाउनु बाहेक अरु कुनै विकल्प थिएन । पोखरीको पानीजस्तो यताउता बग्न सक्दिनँ । बीचमा आलीले छुट्याएको पानीजस्तो दुवै एकाकार हुन सक्दिनँ । भो यो आली न फोर्न सक्छु न भड्काउन सक्छु । यो त हाम्रो लागि बन्धन हो । एकाकार मार्गको लागि उभिएको पर्खाल हो ।
नदी चञ्चल भएर बगिरहेको थियो । बाटामा ठूलो ढिस्कोले नदीलाई दुईटुक्रा पारी सम्बन्धलाई नै विच्छेद पारिदिएको थियो । एउटा दायाँबाट बग्यो । अर्को बायाँबाट बग्यो । एउटै नदी दुईटुक्रा भएर छुटाछुट्टै बगिरहेको थियो । आफ्नो बाटो खोजिरहेको थियो । खै के भनु यो लुभु सहरमा भिक्षा मागेर लुभुनीलाई मनको इच्छा पूरा होस् भनी प्रार्थना गर्छ । आशा मुस्कानमा परिणत होस् । आँसु–हाँसोमा, दुःख–सुखमा, व्यथा–प्रसन्नतामा परिणत होस् । यही चाहन्छ लुभुनीको सुख, शान्ति र उन्नतिको कामना गर्छ ।
खै के भएर हो, त्यो माग्ने मान्छेलाई लुभुनीले प्रश्न गर्छे । किनकि उसलाई मनमा शङ्का लागिरहेको थियो । कतै यो माग्ने मान्छे मेरो मान्छे त होइन ? मैले ईश्वर साक्षी राखी मनमा सजाई राखेको मान्छे त होइन ? मनमा शङ्का–उपशंका उम्लिरहेको थियो । लुभुनी त्यो माग्ने मान्छेमाथि प्रश्न गर्छे । तपाईंको घर कहाँ हो जोगी ? कहाँबाट आउनु भो ? जोगी भन्छन्ः हो हजुर मेरो घर त कान्तिपुर हो । म कान्तिपुरबाट आएको हूँ । उसको जवाफले लुभुनी झसङ्ग हुन्छे । त्यो माग्ने मान्छेले दिएको सरल भावले उसको मनमा चसक्क काँडाले घोच्न थाल्छ ।
यो संसारमा देखेका सबै कुराहरु आँखाले सजिलै चिन्न सक्दैनन् । तर मान्छेको मन र मस्तिष्कले एकचोटि गहिएर चिन्न थाल्यो भने त्यो कहिल्यै भुल्न सकिँदैन । त्यस्तै भोे लुभुनीलाई । उसको मनले यो मान्छे माग्ने होइन प्रेमरोगी हो भनी थमाइसकेको थियो । उसको आत्माले जोगीको आत्मालाई हजारौं प्रश्न सोधिसकेको थियो । तिमी को हौ ? पक्कै पनि तिमी माग्ने मान्छे होइन । यो सहरमा तिमी माग्ने बहानामा किन आयौ ? कसलाई भेट्न खोजेको हो ? तिम्रो आत्माले के चाहन्छौ ? मनमा के भइरहेको छ ? आँखाले किन यताउता हराएको सामान खोजेजस्तो खोजिरहेकाछौ ? भन तिमी पक्कै पनि जोगी होइन । जोगीको भेषमा तिमीले कसलाई खोज्न आएका हौ ? पीडा बोकेर माग्ने मान्छे किन बन्यौ ?
हपायागु रुप मदु गंसि कवं ख्वाल
सुथसिया नगु थें तुं तेज मदु चाल ।
निह निखे दना च्वन शब्द मवः प्याहाँ
निखे निगु खुिस बालं तछयाय् मफु द्याहां ।
भिक्षा काय्त झोलि फ्यनाः यमिं थथे धाल
“मनयागु आस छिगु पुरा जुइ माला ।”
भिक्षा ब्युब्युं मय्जुं न्यन शंका वल दायाः
गन छिगु छेँ खः जोगी गन ंनिसें झाया ?”
“येँय् खः छेँ ला जिगु मय्जु, येँ निसेँ वया
भाग्यं थ्वाना बिल जितः सुयां मदु दया ।”

मैले त तिमीलाई चिनेचिनेजस्तो लाग्न थाल्यो । के भएर तिमी यस्तो भयौ ? के तिमीले मलाई चिन्छौ र ? भन सत्य कुरो मलाई आज बेली विस्तार गर । यो संसारमा दुःख पीडा नहुने को छ र ? सबै मनुष्यको आ–आफ्नै पीडा छ । धनीको धनैको पीर होला । दुःखीको बाँच्नै पीर होला । तर पीरबिनाको मान्छे यो संसारमा कोही छैन । तिमीलाई के भो ! तिमी माग्ने मान्छे किन बन्यौ ? घरमा कोको छौ ? घरको मान्छेले तिमीलाई किन सम्हाल्न नसकेको हो ? के तिमीले घरको मान्छेलाई थाहा दिएनौं ? के तिमी घरबाट भागी जोगी भएको हो र ? के तिमी यो संसारबाट बिरक्त भएर एक्लै बसेको हो र ? होइन भने तिमी किन माग्दैछौं ? आज लुभु सहरमा तिमीले के खोज्दैछांै ? मनमा केही कुरा बाँकी नराखी सबै कुराहरु मलाई भने हुन्छ । तिम्रो व्यथा तिमीसँगै छ । मेरो व्यथा मसँगै छ । आ–आफ्नो कुरा नखोले त्यही कुराले हामीलाई चपाउने छ । त्यसैले ए जोगी ! मेरो कुरा सुनीदेऊ । सकिन्छ भने सबै आगो ओकलिदेऊ । ताकि तिम्रो मन शान्त होस् । हलचल भइरहेको मुटुलाई विश्राम होस् । बाँकी जीवन यस्तै हो भनी बिताउन सकोस् ।
जोगी भन्छः नकोटाइदेऊ घाऊ । कोट्याएर कुनै फाइदा छैन । नदुखेको घाऊ अझ बल्झिन सक्छ । नदुखेको पीडा अझ दुख्न सक्छ । त्यसैले यसलाई यही छोडिदिए राम्रो हुन्छ । नजाने बाटो किन सोध्ने ? गगन कति ठूलो छ भनी किन हेर्ने ? हामी त मनुष्य चोला बिताउन आएका हौँ । भाग्यले कहाँ लग्छ त्यहीँ जानू हाम्रो कर्म हो । त्यसैले हजुर ! यसलाई यही छाडौं । म अभाग्यी मान्छेको कुरो सुनेर तपाईंलाई किन दुःख बिसाऊ । म त सुकेको पात न हुँ । अब धेरै दिन रुखमा रहन सक्दैन । एक दिन झर्नेछ । माटोमा मिलेर जानेछ । हो, सुख र दुःखका कुराहरु मनुष्यका दुई पाटा हुन् । कहिले घाम लाग्छ, कहिले पानी । कहिले दिन हुन्छ कहिले रात । यस्तै हो नि जीवन पनि । भो अब यस्ता कुरा नगरौं । म त माग्ने मान्छे हूँ । मलाई एकमुठी भिक्षा दिएर तिमीले पुण्य कमायौ । ईश्वरले हेरिरहेको छ । निस्वार्थ भएर भिक्षा दिएकोमा तपाईंको जीवन सफल हुनेछ ।
सौन्दर्य त मुहारमा फुल्ने फूलजस्तो हो । कहिल्यै फुल्छ, कहिल्यै ओलिएर झर्छ । यो त प्रकृतिको नियम हो । समयको बचन हो । आज छ हामी भोलि नहुन पनि सक्छ । तर यो धर्ती र आकाश युगौयुग बाँच्नुपर्छ । सत्य, न्याय र समताको सिद्धान्तलाई अँगाल्नुपर्छ । सुख र दुःखका कुराहरु हेर्नुपर्छ । त्यसैले हजुर ! यो छियाछिया भएको मुटुमा पानी पसेर स–साना तलाउ बन्दैछ । कहिल्यै भूकम्प आउने हो थाहा छैन । कहिल्यै ज्वालामुखी फुट्ने हो थाहा छैन । यो टुक्राटुक्रा भई झरेको फूलजस्तो जीवनमा फेरि कहिल्यै फूल फुल्ने हो थाहा छैन । हो ओइलेर झरेको फूल फेरि फूल्न सक्दैन । हावाले उडाएको खास्तो फेरि पाउन सकिँदैन । त्यस्तै हो जीवन ।
“हस्यू हस्यू थें च्वं छि ला सु खः धात्थें धै ब्यु
गथे जुयाः थथे जुल व्याक्क खँ थ्व उलाब्यु ।”
“न्यने मते मय्जु म्वाल, न्यने मते म्वाल
दैव जुयाः शत्रु जितः, सुख लाका काल ।
आशिष थ्व जिगु कै ब्यु आशिष कै ब्यु
रूप ख्वालय् हःगुु स्वां झी हपा थें हे हय् ब्यु ।
चुं चुं जुयाः धुलय् लाःगु स्वान हानं ह्ं ला ?
फसं प्वीका यंगु गाच्वः हानं न्यय्कः वै ला ?

मलाई सम्झना छ । आजभन्दा तीन महिना अगाडि तिमीलाई भेटेर गएको थिएँ । भण्डारमा थुप्रै रत्नहरु थुपारेर गएका थिएँ । ताकि पछिको लागि काम लागोस् । हर्षैहर्षले यो चन्चल मनले अब मेरो जीवनमा कहिल्यै नओइलाउने फूल फुल्ने भो भनेका थिएँ । जता हेर्यो त्यति रमाइलो थियो । निराशा थिएन । सबैमा आशाका फूलहरु फुलिरहेका थिएँ । भाग्यले साथ दिएकोले सबै कुराहरु जित्न थालें । तर के गर्नु समय एकनाश नहुँदोरहेछ । मनका कुरा मनमै मरेर बस्नुपर्ने रहेछ । भो यस्ता कुराहरु म माग्ने मान्छेले भिक्षा दिन आएकीलाई कसरी भन्नु ? अरुले सुन्दा निको नमान्न सक्छ । जोरीपारीहरुले तिमीलाई धिकार्न सक्छ । एउटा माग्नेसँग आँखा जुटाएर अतीतका कुराहरु सुनिरहेको भनी समाजले तिमीलाई बहिष्कार गर्न सक्छ । घरमा नाना कुराहरुले पीडा बढ्न सक्छ । त्यसैले हजुर यस्तो कुरा भोलि गरौँला । मनका कुराहरु सबै भनौँला । के गर्नु आजभन्दा तीन महिना अघि घरमा नपुग्दै मोटरले ठक्कर दिएर म अस्पतालमा धेरै दिन बसे । एक महिनासम्म होसमा थिएन । टाउको, खुट्टा र मुखमा नराम्री चोट पर्यो । मेरो खुट्टाले अहिलेसम्म टेक्न सक्दिनँ । मेरो मुखमा भएको घाउ अहिलेसम्म निको भएको छैन । टाउकोको चोट अहिल्यसम्म बल्झिएकै छ । यस्तो अवस्थामा म बाँचेको थिए‘ । अस्पतालले बिदा दिएको आज आठ दिन भइसक्यो । मन खिन्न भएर के गरु के गरु हुन्छ । आफ्नो अनुहार हेरी आफैलाई डर लाग्छ । हिँड्न नसकेर अपाङ्ग जीवन बाँच्नुपरे जस्तो लाग्छ । टाउकोको चोट अब कहिल्यै निको हुने हो थाहा छैन । ईश्वरले जे भन्छ त्यही गर्ने हो । त्यसैले हजुर म त फुटेको भाँडो न हो । अब कहिल्यै काम लाग्दैन । झरेको पात न हो अब कहिल्यै हरियो हुँदैन । केवल तिम्रो सम्झनामामात्र बाँचिरहेको छु । तिम्रो अनुहारले मात्र मन थामिरहेको छु । कति दिन रोएँ, कति रात छटपटाएँ । बिष खाएको मान्छेजस्तो, छाङ्गोबाट खसेको झरनाजस्तो, गोली लागेको मृगजस्तो, कस्तोकस्तो पागल भएजस्तो । म त पानीबिनाको माछा भएँ । पखेटाबिनाको पन्छी भएँ । सूर्य नभएको दिन भएँ । प्राण नभएको मान्छे भएँ । त्यसैले यो मन रोइरहेको छ । वर्षाको पानीजस्तो, नदीको भेलजस्तो, यताउता कताकता दिशाविहीन भएर बगिरहेको छु ।
हो, मैले ईश्वरलाई प्रार्थना गरेको थिएँ । एकचोटी भएपनि मेरी प्रियलाई भेटाइदेऊ । उसको मुहार एकपलका लागि भएपनि देखाइदेऊ । ताकि मनमा बगेको आगो निभाएर म सदाका लागि जोगी भएर जान सकूँ । मेरो चित्तले यो माया मोहको संसारलाई त्यागेर एक्लै बिरहको गीत गाएर जंगलमा जान सकूँ ।
स्वला हपा छन्त थन नाप लाना वना
कामनाया धुकू जाय्क रत्न मुना वना ।
थातं मलाः मन जिगु हर्ष हर्ष जक
कह्य् वयाः नुगः उले मौका लाकाः व्याक्क ।
छेँय् थ्यंके मलाः लँय्सं मोटरं जि क्यल
अस्पतालय् यंका जिगु उपचार जुल ।
लच्छि तक मचाः जिं छुं लिपा भति चाल
तुति त्वधू ख्वालय् घाःपाः गयोगु थ्व हाल ।
लन थकाः अस्पतालं बिदा जितः बिल
छेँ वयागु च्यान्हू दत्त खिन्न मन जुल ।
छिगु ख्वाल लुमनीगु मन जिगु ख्वैगु
छितः छको नाप लाना जोगी जुये धैगु ।

म त बिदा लिन आएको मान्छे हुँ । मलाई माफ गर । दया राखेर क्षमा गर । किनकि म त भाग्यमानी भएर पनि अभाग्यी भएको मान्छे हुँ । मैले कुनै अपराध गरेको छैन । मैले कुनै नराम्रो सोचेको छैन । यदि अपराध र नराम्रो सोचेको भए आजको रात काट्न नसकोस् । मेरो मन पवित्र थियो । यो पवित्र मनमा कुनै धमिलो पानी थिएन । तर के गर्नु समयले मलाई बर्बाद पारे । मोटरले ठक्कर दिएर मेरो जीवनमा ठूलो दशा ल्यायो । आज त्यही दशा भोगिरहेको छु । महिनौ अस्पतालमा बसी आज यो रूपमा बाँचिरहेको छु । डरलाग्दो अनि घिनलाग्दो म मान्छे भएरपनि मान्छेभित्र अटाउन नसकेको मान्छे हूँ ।
मलाई क्षमा दिनु होस् । म मर्ने बेला सबैको पैँचो तिरेर मर्न सकूँ । यो प्राण तिम्रो शरीरमा अड्किरहेको छ । आज तिम्रो वचनले म स्वतन्त्र हुन पाएँ । यही मेरो प्रार्थना छ । यो अभाग्यी मान्छे अब यो संसारमा रहेर केही काम छैन । मान्छेको बस्तीमा बस्ने कुनै अर्थ छैन । त्यसैले यो सहर छोडेर जंगल गई बाँकी जीवन बिताउन चाहन्छु । जे छ त्यही खाएर जीवन निर्वाह गर्न चाहन्छु । दुई दिनको यो जीवनमा बाँकी शेष अब जोगी भएर बाँच्न चाहन्छु ।
होइन, यो सम्भव छैन । तिम्रो केही दोष छैन । दोष नभएको मान्छेलाई म कसरी क्षमा दिन सक्छु र ? क्षमा त मैले पो माग्नुपर्ने हो । तिमीलाई अपराधी, पापी र राक्षसको संज्ञा दिएर सराप्ने म, पापी मान्छे त म पो हूँ । मैले के के सोचे, मैले के के भने । किनकि म आगोले पोलेको मान्छे हूँ । आगोको पीडा आगोले पोलेको मान्छेलाई मात्र थाहा हुन्छ । अरुलाई के थाहा ? त्यसैले मैले तथानाम गाली गरे । मनभित्रै लाखौंलाख सरापी रहे । पापी त मै हूँ । अधर्मी त मै हूँ । मैले तिम्रो अवस्था बुझ्न सकेन । म बिरामी भएर हेर्न सकेन । मेरो यही कमजोरी भयो । मेरो लागि यही काँचो प्रेम थियो । त्यसैले हाम्रो प्रेममा क्षमा होइन माया चाहिन्छ । दया होइन सहारा चाहिन्छ । आँसु होइन बुझ्ने मान्छे चाहिन्छ । एक्लै होइन हात समातेर हिँड्ने मान्छे चाहिन्छ ।
के तिमीलाई मप्रति दया र माया छ भने मलाई पनि जोगिनी बनाई लग । तिमी जहाँ बस्छौ मलाई पनि त्यही राख्ने गर । तिमी जे खान्छौ मलाई पनि एक गाँस खुवाउने गर । म त तिम्रो सेवक हूँ । ईश्वरलाई सेवा गर्नु मेरो धर्म हो । त्यसैले प्रिय ! मलाई बचाउनु छ भने तिमीले हृदयमा मात्र होइन तिम्रो छायाँ बनाइराख । सुते सुत्छ, उठे उठ्छ, घाम लागेको बेला छायाँ देखिए पनि रातमा ऊ तिम्रै शरीरभित्र लुकेर बस्छ । त्यसैले प्रिय ! म तिम्रै हूँ । मलाई छोडेर जाने कोसिस नगर । नत्र म बगरको ढुंगाजस्तो बन्न सक्छु । खरानी बनेर नदीमा बग्न सक्छु ।
तिमी आउने आशामा म बाँचिरहेको छु । मलाई एक्लै छोडेर जाने चेष्टा नगर । मैले तिमीलाई नै आफ्नो सम्झेर मेरो शरीर नदीमा सेलाइसकेको छु । मेरो मन ढुंगेधारामा छोडेर तिमीसँगै हिडिसकेको छु । त्यसैले मलाई तिमी मार या काट, आगो लगाई जिउँदै जलाउन खोज मलाई कुनै प्रवाह छैन । मेरो कुनै गुनासो छैन । किनकि म तिम्रो लागि जन्मेको मान्छे हूँ । तिमीले जे गर्यो त्यही मेरो सौभाग्य हुनेछ । तिमी मुटु फर्काउने कोसिस नगर । आत्मामा बसेको मान्छेलाई फेरि घर पठाउने प्रयास नगर । नत्र यो धर्ती रुने छ । गगन चिच्याएर ठूलो स्वरले गज्रिने छ ।
बिदा छिके काये धकाः खः जि थन वैगु
क्षमा फ्वने मय्जु छिके भाग्यं जितः थ्वागु ।”
गथे क्षमा वीगु छितः गथे क्षमा वीगु
क्षमा वीगु नुगः जिगु जिके मदय् धुंगु ।
दया छिके दःसा जोगी नापं जितः यंकि
सेवा याय्गु मौका बियाः हानं जितः यय्कि ।
पिया च्वना जोगी छन्त नाप लात बल्ल
गथे तोता छ्वये छन्त गथे तोते छन्त ।
जिगु निम्ति जुल छितः थथे दुःख कष्ट
बिये धुंगु नुगः जिगु मखु लित काय्त ।

मान्छे अभाग्यी भएपछि त्यसै अलच्छिनी हुँदोरहेछ । यो दुनियाँमा सबैले खोत लगाउँदोरहेछ । नखाएको विष लाग्न सक्छ । नसोचेको कुरा हुन सक्छ । के आकाश खस्छ भनी हामी सोच्न सक्छौ र ? तर अभाग्यीको जीवनमा आकाश खस्न सक्छ । धर्ती फाट्न सक्छ । नदी सुक्न सक्छ । हावा रोक्न सक्छ । एउटा अभाग्यीकोे जीवनमा धर्तीको बोझजस्तै भारी उठाउनु पर्छ । खै के भनु, यो दैव पनि ममाथि खनिएको होला ? मैले के गरेको छु र ? मलाई मात्र दुःख कष्ट थपेर ईश्वरले पनि के गर्न खोजेको हो ? हे ईश्वर ! मलाई बाँच्न देऊ । एकमुठी सास लिउञ्जेल पनि मलाई किन दुःख दिन्छौ ? के म मान्छे होइन र ? के मेरो पनि विवेक छैन र ? तैपनि किन म अभाग्यी बनेर बाँचिरहेको छु ?
अब त बिस्तारै सबै कुरा थाहा भइसक्यो । चारैतिर मेरो विनाशैविनाश देखिसक्यो । म पापी, पापले मलाई पोलिरहेको छ । व्यथाले मलाई छिनछिनमा घोचिरहेको छ । म रक्ताम्य छु । अब मेरो हिँड्ने बाटो छैन । सबै बाटाहरु पर्खालले बन्द पारिसकें । आकाश हेरेर चित्त बुझाइरहेको छु । पानी पर्दा टाउको निउरेर बसिरहेको छु । उठ्न सक्दिनँ । मेरो पखेटा छैन । ममा पर्खाल चढ्ने आँट छैन । अब म यहाँ धेरै दिन बाँच्न सक्दिनँ । एउटा पापीलाई यति धेरै यातना दिनुपर्ने आवश्यकता छैन । किनकि म मरेको मान्छे न हूँ । अरुले जिउँदो लास भने पनि म त आगो पिउन चित्तमा सुतेको लाश न हूँ ।
अब मैले आशा मार्नुपर्छ । मेरा इच्छा र आकांक्षाहरूलाई चकनाचुर पार्नुपर्छ । हाँस्न दिनु हुँदैन । नत्र फेरि इच्छा र आकांक्षाहरु उठ्न सक्छन् । आशाहरू पलाउन सक्छन् । त्यसैले अब म बाँच्नको लागि भए यसको अन्त्य गर्नुपर्छ । प्रेमको कथालाई यही सेलाइ दिनुपर्छ ।
हो दुईटा नदीको संगम भएपनि किन एउटै नदी भएर बग्न सकिरहेको छैन ? के संगम भनेको मिलन होइन र ? के संगम भनेको समाहित होइन र ? तैपनि किन मिसिन सकिरहेको छैन ? दुईटा नदी किन दोभानबाट एउटै भएर बग्न सकिरहेको छैन ? हे दैव ! यो कस्तो संगम हो ? यो कस्तो मिलन हो ? जहाँ न मिल्न सक्छ, न बग्न सक्छ । हेर्दाहेर्दै नदीको किनारझैँ छुट्टिएर बग्छ । न बोलाउन सक्छ न नजीक जान सक्छ । के यस्तो पनि जिन्दगी हुन सक्छ र ? के यस्तो पनि समयले मान्छेलाई विवश पार्न सक्छ र ?
अभागिनी अलच्छिना क्वगुं जिगु भाग्य
शिव शिव हाय दैवं गथे जितः यात ?
म्वल ल्ह्ीकाः थथे जितः ख्ववि झसुकालय्
उला बिल क्यना बिल प्यखेँ जुगु नाश ।
पापिनी जि जिगु पापं थथे झीत जुगु
जिगु आस पुरा ज्वीगु लँप्वी पःखाः दंगु ।
मतिनाया बाखं झीगु जुुल थथे अन्त
आस मन्त हन्स मन्त माःगु छुं हे मन्त ।
निगु खुसि थ्वदुलं नं नाप लाये मरु

निम्ह निखे स्वया च्वना सःतेगु लँ मदु ।
तिमी गए, म कसरी बाँच्न सक्छु र ? मेरो मनको देवतालाई म कसरी फर्काउन सक्छु र ? यो सम्भव छैन । मेरो लागि यो असम्भव भएपनि सम्भव छ । नङलाई मासुबाट अलग पार्न नसकेजस्तै यो शरीरलाई आत्माबाट कसरी अलग्ग पार्न सक्छु र ? मनको देवतालाई म कसरी पूजा नगरी जिँउन सक्छु र ? हे ईश्वर ! म कस्तो अवस्थामा बाँचिरहेको छु । मलाई सहारा देऊ । अलिकता बाँच्ने हौसला देऊ । नत्र म यो प्राण त्यागेर आजै ढल्दैछु ।
होइन, यो सम्भव छैन । तिमी बाँच्नुपर्छ । मेरो मनका रत्न तिमीलाई छोडेर आज जानू छ । तिमीले संकोच मान्नु पर्दैन । यो मनको हार तिमीले सधैँ लगाईराखे हुन्छ । मलाई सम्झेर अब तिमी नरोए हुन्छ । के भो र मनका इच्छाहरु के सबै पूरा हुन्छ र ? मनले खोजेको कुरा के सबै पाउन सकिन्छ र ? होइन अब विलाप गर्नु हुँदैन । हामी समयसँगै हिँड्नुपर्छ । कहिल्यै तिमी टाढा होला, कहिल्यैे म टाढा होलान् । तर हाम्रो माया हाम्रो मुटुमा छ । बिलाएर जाने छैन । भो धेरै रुनु हुँदैन । यो अनित्य संसारमा हामी त दुई दिनको पाहुना न हो । मलाई यस्तै हुनुपर्छ नभन । कुनै कुरामा पनि अधिक प्रेम गरेको राम्रो हुँदैन । यो दुःखको कारण हो । यही कारणले आफ्नो जीवन अस्तव्यस्त हुन सक्छ । एकबारको जूनीमा हामी टुक्राटुक्रा भएर काम नलाग्ने हुन सक्छ । त्यसैले प्रिय ! प्रेम मायामात्र होइन पीडा पनि हो । तिमीले सधैँ फर्केर मात्रै नहेर । अगाडि पनि हेर्ने गर । यसैमै हाम्रो कल्याण हुनेछ ।
यति धेरै आभूषणहरु छोडेर तिमी कहाँ जान लाग्यो ? ए परदेशी जोगी ! के आफ्नो अमूल्य सम्पत्ति छोडेर एक्लै हिँडन सक्छौ र ? होइन यो सम्पत्ति लग्नुपर्छ । मनभित्र राखिएको यो सम्पत्ति छोड्दा तिम्रो आयु घट्न सक्छ ।
नच्यात मनमा टाँसिएका ती अमूल्य सम्पत्तिहरु । तिमीले बेहोसमा च्यात्दा यो धर्तीमा रगत बग्न सक्छ । भो यस्तो काम नगर ! हाम्री आमाले भनेको होला । आफ्नो हृदयमा बस्ने प्रियलाई यो अमूल्य सम्पत्ति दिनु भने पनि म कसरी तिम्रो भाग खोसेर लिन सक्छु र ? दोबाटोमै हामी भेटेर आमाको नासो म कसरी सम्हाल्न सक्छु र ? यो मन मानिरहेको छैन । यो तन काँपिएर ढल्लाजस्तो भइसक्यो । होइन आमाको वचन मैले शीरमा राखें । तर हामी एकाकार नभएसम्म यो सम्पत्ति मैले जोगाउन सक्दिनँ । यो सम्पत्तिलाई आफ्नो भन्न मिल्दैन । यो सम्पत्तिलाई लगाएर हिँड्नु हुँदैन । किनकि समाजले हामीलाई हेरिरहेको छ । म अविवाहिता मान्छेले यस्तो आभूषण कसरी लगाउन सक्छु र ? मलाई त तिमी चाहिन्छ । तब पो यो सम्पत्तिको मूल्य हुन्छ । नत्र के छ र मेरो लागि यसको कुनै मूल्य छैन । त्यसैले यो सम्पत्ति तिमी आफैले लग्नुपर्छ । आमाले दिएको वचन आज होइन भोलि कुनै बेला तिमीले पूरा गर्नुपर्छ । म त को हुँ र जसरी भएपनि बाँच्नु सक्छु । तिमीलाई सम्झेर रोइरोइ हराउन सक्छौं । आँसुसँगै बग्न सक्छु । प्रिय ! म तिम्रो बचनमा बाँचिरहेको छु । मलाई जहाँ लगे पनि हुन्छ । जहाँ राखे पनि हुन्छ । सक्छौ आँखामा राख । हृदयमा राख । तर मलाई एक्लै छोडेर नजाऊँ ।
वल जिमि नुगःद्यो छ गथे लित छव्ये
नुगःद्यो हे लित छव्याः गथे थन म्वाये ।”
“कयादिसँ मय्जु, थ्व प्वः जिगु नुगः तिसा
थःगु भाःपाः तियादिसँ जि आः वने ह्सिा ।”
“परदेशी जोगी आसे परदेशी जोगी
थुलिमछि तिसाया प्वः तोता छुया लागी ?
कयादिसँ यंकादिसँ छितः थ्व छु जुगु ?
सु मनुखं तोता वनी तिसा थथे भिंगु ?
सिये त्यय्का मामं जितः थ्व प्वः थःगु ब्यूगु
दकसिवे योहसित छं थ्व ब्यु ना धाःगुु ।”

आजकाल तिमीलाई जे भइरहेको छ मलाई पनि त्यस्तै भइरहेको छ । सुख त बाँड्न सकूँला । तर म दुःख तिमीलाई कसरी बाँड्न सक्छु र ? यो हेर्ने नसक्ने गतिमा म तिमीलाई कहाँ राख्न सक्छु र ? हो, यो कर्मको खोत होइन । यो त कर्मखोताको भाग्य हो । भाग्यमा नलेखिएपछि मनले चाहेर पनि के गर्न सकिन्छ र ? हेर्नु बाहेक कहाँ लिन सकिन्छ र ? त्यसैले यो मेरो कर्मले मलाई कहाँकहाँ पु¥याइदियो । कति मात्र दुःख भोगाइदियो । खै यस्तो बेला म कहाँ वर्णन गर्न सक्छु र ? तर मलाई कुनै कुराको खेद छैन । कसैलाई केही भन्नु छैन । राम नाम जपेर इश्वरको प्रार्थना गर्नु बाहेक अब मेरो विकल्प छैन । मनमा सबै कुराहरु भुलेर अब बाँच्नु बाहेक मेरो जीवनको नाऊ चल्न सक्दैन । त्यसैले मलाई कसैलाई काखापाखा गर्नु पर्ने आवश्यक छैन । कसैलाई भेदभाव गर्नु आवश्यक छैन ।
यो अस्वस्थ शरीर कहिल्यै स्वस्थ हुने हो ? हिँड्न सक्दिनँ । खुट्टाले टेकेर जान सक्दिनँ । एउटा अपूर्ण मान्छेले पूर्णता पाउन सक्दैनँ । घृणौघृणा छ । समाजले मलाई बाँच्न दिँदैन । बिरुपाक्षजस्तो मुख लिएर चारैतिर हिँड्न सक्दिनँ । मान्छेमा डर हुन्छ । त्रास हुन्छ । यस्तो मान्छे पनि किन बाँचेको हो भनी प्रश्न गर्छ । त्यसैले प्रिय ! तिम्रो मनको कुरो म सबै बुझिरहेछु । तिम्रो मनमा गहिरो घाउ छ । त्यो घाउको इलाज मैले मात्र गर्न सक्छौ भनी तिमी भनिरहेछांै । तर के गर्नु यो मेरो बाध्यता हो । तिमी मसँग हिँड्न चाहन्छौं तर समाजमा मैले तिमीलाई कसरी देखाउन सक्छु ? आज जति पीडा भोगिरहेकाछौं भोलि त्यो भन्दा लाखौं गुणा पीडा भोग्नु पर्छ भन्ने म कसरी तिमीलाई जानीजानी खाल्टोमा हाल्न सक्छु ? यो हुन सक्दैन प्रिय ! तिमीले मलाई जेसुकै भन, यो मेरो कर्तव्य होइन । तिमीलाई त माया गरेर जीवनमा सुख दिन सक्दैनौ भने मैले बाँच्नुको कुनै अर्थ हुँदैन । त्यसैले प्रिय ! तिमी जिद्दी नगर । टुक्रा भएको माटोको भाँडामा रत्न कहाँ अटाउन सकिन्छ र ? काठको मुढामा पनि कहाँ सुन्दर गुलाफ फुल्न सकिन्छ र ?
यो धर्म होइन । यो कर्म होइन । आत्माले खोजेको यो मेरो जीवन होइन । त्यसैले मलाई तिमी नै चाहिन्छ । अरुले जेसुकै भनोस् मेरो प्राणबिना म कसरी बाँच्न सक्छु र ? तिम्रो सासबिना यो धड्कन कसरी चलाउन सक्छु र ? त्यसैले मलाई बचाउनु छ भने तिमीले सँगै लग । जोगिनी बनाएर तिमीसँगैे राख्ने गर ।
छंगु गति गथे जुइ अय् हे जिगु ज्वीगु
इना काये जुया वैगु दुःख सुख झीगु
“कर्म जितः थ्वाना बिल मधु जितः खेद
राम नाम जपे यायां तंका छ्वये भेद ।”
“खुत्यां थथे बिरुपाक्षं गथे छन्त यने ?
लोकं जितः छु छु धाइ घृणा गुलि न्यने ?
चाया बाकू भेग्तय् रत्न तयां तये फैला ?
सिँया ग्वलय् गुलाफया नस्वाः स्वान ह्ैला ?
प्राण जिगु थथे ल्यनी छ हे मन्त धाःसाः
नाप नापं जितः यंकि म्वाका तय्गु जुसा ।”

प्रिय ! तिमी के भन्दैछौ ? तिमीलाई थाहा छ कि छैन हाम्रो भविष्य लामो छ । अन्धकारमा कोही बाँच्नु हुँदैन । जानीजानी कोही फस्नु हुँदैन । मन पर्यो भन्दैमा जिन्दगी त्यसै खेर फाल्नु हुँदैन । यो मनुष्य जीवनमा हामीले केही राम्रा कुराहरु छोडेर जानुपर्छ । ताकि भविष्यमा मान्छे नचिने पनि कर्मले सम्झना गरिरहोस् । त्यसैले प्रिय ! यो मान्छेलाई बाटोमा छोडिदेऊ । कसैलाई आफ्नो भन्न नसकिने बिरकुशलाई आफ्नो भनी तिमी आफै बेइज्जती नहोऊ । किनकि यो समाजले तिमीलाई धिकार्ने छ । यो समाजले तिमीलाई बहिष्कार गर्नेछ ।
हो, मान्छे राम्रो नराम्रो उसको रूपरङ्ग हेर्ने होइन । उसको भित्री मनको आँखालाई हेर्ने हो । अरुलाई नराम्रो लागेर के भो मलाई अझै राम्रै लाग्छ । एउटा चित्रकारले मनलाग्दो चित्र बनाएजस्तै हेर्दै आफ्नो भन्न मन लाग्छ । चुलिएको पालुवालाई माया नगरे के नष्ट गर्न मिल्छ र ? प्वाल परेको भाँडोमा के पानी अड्न सकिन्छ र ? त्यसैले आफ्नो मनलाई आफैले भाँस्नु हुँदैन । यो राम्रो होइन । धैर्य गर्नुपर्छ । मनलाई सम्झाउनु पर्छ । मनलाई बुझाउनुपर्छ । तब पो मन पनि आफ्नो ठाउँमा बस्न खोज्छ । हो, मेरो नजरमा तिमी सुन्दर छौ । पहिले जस्तो आँखामा नबिझाउने छौ । रूपरङलाई त समयले निको पार्छ । घाउ र चोट त समयको मलमले ठीक पार्छ । दुईचार दिन हो, हामी कुर्नुपर्छ । त्यसैले मेरो भाग्यले तिमीलाई खोजिरहेको बेला तिमीले नाई नभन्नु है । सेवा गर्छु भनी बसिरहेको बेला तिमी हुन्न नभन्नु है । बस् मलाई तिमी एकछिन भएपनि हाँसिदिए पुग्छ ।
हो, मरेको लोग्नेलाई सावित्रीले बचाएजस्तै हाम्रो त के भएको छ र ? मोटरको ठक्करले तिम्रो मुहारमा अलि क्षति भएको न हो । तिम्रो एउटा खुट्टामा अलिकता घाउ भएको न हो । अरु के भएको हो र ? यतिकैमा जोगी हुनु आवश्यक छैन । त्यस्तै भए यो संसारमा हाम्रो भन्दा धेरै दुःख कष्ट भोगिरहने कति छन् कति । उनीहरुले आफ्नो जीवन नष्ट पारेका छन् र ? के उनीहरुले आफ्नो परिवार र मायालाई साथ दिएको छैन र ? यो गलत सोचाई हो । यो सोचलाई तिमीले परिवर्तन गर्नै पर्छ । आजै, अहिल्यै यस्तो नकारात्मक सोचलाई त्यागी दिनुपर्छ । हामी त मानव हौँ । मानव भएर हार खानु हुँदैन । यो तिम्रो भाग्यले भएको होइन । यो त दुर्धटना हो । दुर्घटना त जो पनि हुन सक्छ । घाइते त जो पनि हुन सक्छ । तर यतिकै भरमा जीवन खेर फाल्नु हुँदैन । आफ्नो जीवनलाई सम्हाली वैराग्य भावनालाई त्यागी दिनुपर्छ । आशा त सबैको हुन्छ । कसैको पुरा हुन्छ हुँदैन । तर आशालाई हामीले मार्नु हुँदैन । त्यसैले यो छायाँ तिम्रो शरीरसँग टाँसिएको छ । तिमी जहाँ जाऊ तिमीसँगै आउनेछ । छोडिने छैन । तिम्रै सेवामा लाग्नेछ । तिमी जे खायौ त्यही खानेछ । तिमी सुतेको बेला छायाँ पनि सुत्नेछ । तिमी उठ्ने बेला छायाँ पनि उठ्ने छ । तिमी चिन्ता नमान । यो छायाँ तिमीसँग आउने गर्छ । तिमीलाई नसोधी तिमीसँगै बस्ने गर्छ । तिमीलाई के थाहा, यो त उसलाई मात्र थाहा छ । तिम्रो सेवामा ऊ हरेक पल बाँचिरहन्छ । तिम्रो सेवामा ऊ हरेक पल खुसी हुनेछ । प्रिय ! तिमीमा मेरो बिन्ती छ । म तिम्रै छायाँ बनेर बाँच्न सकूँ ।
थःत थम्हं क्वथुनेगु छिगु थ्व छु चाला ?
जिगु मिखाय् भाजु छि ला हपा थे हे बालाः ।
निन्हु प्यन्हु थथे जुइ लिपा लनी ब्याक्क
भाग्य दःसा छिगु जिनं सेवा याये माक्व ।
सीह भाःत सावित्रीजुं म्वाका हल धाःसा
धांःपाः जुगु लाइ धकाः मयाय् छाय् जिं आशा ?
छिगु सेवा याना च्वने, छिगु सेवा याये
छितः गथे जुल अय्हे जुयाः जि नं म्वाये ।
नाप नापं यंकि जितः सेवा छिगु याये
च्वने मफु छितः तोताः कोटि बिन्ति याये ।”
युगकवि तथा कविरत्न सिद्धिचरण नेपाली र नेपालभाषा साहित्यका एक ओजस्वी प्रतिभा हुन् । उनले साहित्यका विभिन्न विधामा योगदान पुराएतापनि उनको उल्लेखनीय योगदान कविता विधानै हो । प्रकृति र मानवताका पुजारी स्वच्छन्दतावादी, राजनीतिक विद्रोह र क्रान्ति चेतना बोकेका उनी स्रष्टामात्र होइन, द्रष्टा पनि हुन् । उनका अधिकांश कृतिहरू मानवतावादी, रहस्यवादी, निराशावादी, प्रणयवादी, देशप्रेम तथा राष्ट्रवादी चिन्तनका साथसाथै अपमान र दुःखकष्ट, विकृति र विसङ्गति, बोधजनित पीडाबाट प्रेरित छन् ।
वि.सं.१९९० को विनाशकारी भूकम्पको वीभत्सना देखेर ‘भुइँचालो’ कविता सोही सालमा गोरखापत्रमा प्रकाशित भएपछि कविरत्न÷युगकवि सिद्धिचरणको साहित्यिक जीवनको शुभारम्भ भएको देखिन्छ । पन्ध्र वर्षको उमेरदेखि कविता साधना गर्ने युगकवि सिद्धिचरणको प्रथम रचना वि.सं.१९८४ मा ‘सन्ध्या’ कविता (कोपिला कविता संग्रह २०२१मा सङ्कलित) हो । उनको नेपालभाषाको प्रथम कविता १९८७ सालमा रचना गरेको ‘तकुस्वाँ’ हो । प्रकाशनका दृष्टिले १९९१ साल वैशाख ४ गतेका दिन ‘गोरखापत्र’मा प्रकाशित ‘भूकम्प पीडितोद्धारक ऋण –संस्था’ कवितालाई प्रथम रचना मानिएको छ ।
काव्य जगत्मा कविरत्न÷युगकवि सिद्धिचरण र महाकवि लक्ष्मीप्रसाद देवकोटाको उदयसँगै नेपाली कविता साहित्य वि.सं.१९९१ देखि वि.सं.२०१६ सालसम्म परिष्कारवादी काव्य लेखनका ठाउँमा स्वच्छन्दतावादी शैलीले आफ्नै अस्तित्व ग्रहण गरेको थियो । कप्तान बालकृष्ण शमशेर जङ्गबहादुर राणा र पण्डित धरणीधर शर्माले प्रगतिशील साहित्यक्षेत्रमा नयाँ बाटो बनाएतापनि कविरत्न÷युगकवि सिद्धिचरण र महाकवि लक्ष्मीप्रसाद देवकोटाले पुरातन परिपाटीलाई छोडी नेपाली कवितामा यौटा नयाँ स्वच्छन्दतावादी शैलीको जन्म दिनुभएको थियो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक तथा कविरत्न सिद्धिचरणका विषयमा वि.सं.१९९३ सालमा लेखक तथा समालोचक सूर्यविक्रम ज्ञवालीले ‘नेपाली साहित्य सङ्गम’ पत्रिकामा सर्वप्रथम समालोचना गरी “नेपाली साहित्याकाशका दुई नक्षत्र” शीर्षकको लेखमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र कविरत्न÷युगकवि सिद्धिचरणका कवित्वको सङ्क्षिप्त परिचयदिँदै उनीहरूका रचनाहरूमा पाइने नयाँ भाव र कलासौन्दर्यको चर्चा गर्नुभएको थियो । नेपाली काव्य क्षितिजमा सिद्धिचरण र लक्ष्मीप्रसाद देवकोटाको आगमनलाई नयाँयुगको आरम्भमान्दै यस लेखमा नेपाली काव्य कविताको परवर्ती नयाँ स्वरूप, मूल्य र परिवर्तन अनुकूल रहेको धारणा व्यक्त गरे पश्चात विभिन्न लेखक तथा समालोचकहरूले पनि कवि सिद्धिचरणको व्यक्तित्व, कृतित्व र योगदानका बारेमा अध्ययन र अनुसन्धान गर्नुभएको पाइन्छ ।
देशमा व्याप्त अन्याय, अत्याचार शोषण, दमन, असमानता र निरंकुशताको कारणले राजनैतिक योद्धाकोरूपमा देखा पर्नुभएका कविरत्न÷युगकवि सिद्धिचरणले निरङ्कुश राणा शासनप्रति विरोध र बिद्रोहकोस्वर बुलन्दगर्दै वि.सं.१९९४ सालमा नेपालभाषामा “क्रान्तिविना थन दैमखु स्वच्छ शान्ति” (क्रान्तिविना यहाँ हुँदैन स्वच्छ शान्ति) भन्ने क्रान्तिकारी विचार ‘वर्षा’ शीर्षकको कविता लेख्नुभएको थियो । वि.सं.१९९५ सालमा प्रकाशित फत्तेबहादर सिंहद्वारा सम्पादित नेपालभाषाका कविता संग्रह “नेपाल विहार”मा ‘राष्ट्रिय गान’, ‘वर्षा’ र ‘गंगुखुशी’ कविता प्रकाशित भएको र ‘वर्षा’ कवितामा ‘क्रान्ति’ शब्दको प्रयोगले तत्कालीन राणा शासकले “नेपाल विहार” कविता संग्रह जफत गरेको थियो । पछि उक्त ‘वर्षा’ कविताको नेपाली अनुवाद नेपालभाषाका सुप्रसिद्ध कवि वैकुण्ठप्रसाद लाकौलले गरेका हुन् । त्यस्तै ‘हडताल’ शब्दको प्रयोग ‘विश्वव्यथा’ शोककाव्यको आठौँ अनुच्छेदमा प्रयोगभएका कारण ‘शारदा’ पत्रिकाबाट उक्त अनुच्छेद निकाल्न लगायो भने महावीर स्कुलमा संलग्नभै राजनीतिक क्रियाकलापमा लागेको आरोपमा वि.सं.१९९७ साल कार्तिक दुई गतेका दिन त्यस स्कुलका संस्थापक चिनियालाल सिंह, फत्तेबहादुरलगायत सिद्धिचरणलाई पनि पक्राउ गरे र त्रियासी दिनपछि वि.सं.१९९७ माघ ८ गते कविवर सिद्धिचरणलाई सर्वस्वहरण सहित १८ वर्ष कैद सजाय तोकेको थियो ।
कविवर सिद्धिचरण बाल्यकालदेखिको स्वतन्त्र मनस्थितिका थिए । वि.सं.१९७८ सालमा नौ वर्षको उमेरमा दरबार स्कुलमा तीन कक्षामा भर्ना भएपछि लक्ष्मीप्रसाद देवकोटा र उनका भाइ मधुसूदन देवकोटासँग परिचय भयो । स्कुलमा बालकृष्ण समले कक्षा पाँचमा नेपाली पढाउँथे । पाँचौँ कक्षामा उत्तीर्ण हुन सकेनन् । नेपाली र अङ्ग्रेजी विषयमा भने तीक्ष्ण थिए । उनले ६ कक्षामा पढ्दा शिक्षक देवीप्रसाद रिजालले बडो कडाइका साथ ४०÷५० विद्यार्थीहरूलाई जाँच लिइएकोमा सिद्धिचरण सहित तीन जना विद्यार्थीमात्र पास भएको थियो । कक्षा सातमा उनले नेपालीमा राम्रो अङ्क ल्याएपनि हिसाबमा भने बिग्रेको थियो । वि.सं.१९८६ सालतिर उनले दरबार स्कुल छाडे । आफ्नो पढाइ त्यति राम्रो हुन नसकेकाले अध्ययनका लागि साथी नेत्रबहादुर थापासित भारतको कलकत्तामा गएतापनि पिताजीको अस्वस्थताका कारणले उनी घर फर्किए । पिताको स्वास्थ्य सुधार भएपछि उनी पाटन स्कुलमा आठ कक्षामा भर्ना भए तर त्यहाँ पनि उनले पढ्नमा ध्यान दिएनन् ।
उनको खण्डकाव्यकारिता १९८७ सालदेखि प्रारम्भ हुन्छ । ‘जुवा’ लघुतर कोषात्मक खण्डकाव्यबाट उनको खण्डकाव्ययात्रा प्रारम्भ हुन्छ । यो यात्रा २०४२ सालमा रचना गरेको ‘भीमसेन थापा’ खण्डकाव्यसँगै टुङ्गिन्छ । “लुभुनी” खण्डकाव्य वि.सं.२००४ सालतिर नेपालभाषामा लेख्ने काम आरम्भ गरे तापनि वि.स.२०४७ सालमा मात्र प्रकाशित भएको थियो । ‘सीस्वाँ’ (२००७) ‘पूmस्वाँ’ (२०१७) र ‘ग्वयस्वाँ’ (२०४७) आदि नेपालभाषाका कवितामा स्वच्छन्दवादी भावचेतनाकासाथै देशभक्ति र सामाजिक कुरीति निर्मूल गर्न क्रान्तिका बिगुल फुकेता पनि उनले नेपालभाषामा ‘अभिमन्यु बन्ध’ र नेपालीमा ‘रामायण’ महाकाव्य रचना गर्ने प्रयास अधुरै रहन गयो ।
लोभुनी नेपालभाषामा लेखिएको ६ स्वर्गमा विभाजित मौलिक, सरल र ठेट शब्द प्रयोग भएको अगाध प्रेम र वियोगको संवेदनशीलढंगले प्रस्तुत गरिएको उत्कृष्ट खण्डकाव्य हो । यसमा दुई पात्रबीचको भावनात्मक आकर्षण र स्वछन्द प्रेमको सुन्दर चित्रण गरिएको छ । काव्यमा प्रेम कथामात्र छैन । यसमा भावनाहरूको सुन्दर संगम देख्न पाइन्छ । प्रेम–प्रेमिका बीचको सामीप्य, आन्तरिक संवाद र भावनाको बेगलाई मनोविज्ञानको गहिरो विश्लेषण गरिएको छ ।
प्रेम, वियोग र आत्मग्लानीको त्रिकोणात्मक संगम भएको प्रस्तुत खण्डकाव्यमा मानवीय सम्बन्धका आधार निष्ठा हो । धन, सम्पत्ति वा भौतिक वस्तुभन्दा निष्ठा र साँचो प्रेम नै सम्बन्धको दिगो जग हो भनी काव्यमार्फत सामाजिक सन्देश दिइएको छ । तसर्थ नैतिकता र आत्मिक जागृतिनै काव्यात्मक दर्शनको रुपमा लिएको प्रस्तुत खण्डकाव्यमा नेपाल भाषा साहित्यमा भाषागत सौन्दर्य र भावका दृष्टिले उच्च मानिन्छ ।
लुभुनी खण्डकाव्य केवल एउटा प्रेम कथा वा सामाजिक कथामात्र नभएर एउटा उत्कृष्ट मनोवैज्ञानिक र काव्यात्मक दस्तावेज हो । मातृभाषा साहित्यको पुनर्जागरण कालमा लेखिएको प्रस्तुत खण्डकाव्य तत्कालीन समयका लागि निकै चुनौतीपूर्ण थियो । यस्तो कठिन परिस्थितिमा पनि मातृभाषामा यस्ता उच्चकोटीको खण्डकाव्य लेखेर नेपालभाषा साहित्यको जग बलियो बनाउनुभएको थियो ।

प्रकासित मिति २०८३-८-१

तपाईको प्रतिक्रिया

Advertisement