चुडामणि अधिकारी
‘कछुवा र खरायो’को कथामा ढिलो एकनासले गति बढाउँदै हिँडेर छिटो दौडने खरायोलाई कछुवाले जितेको कथा हामी सबैलाई थाहा छ । गत फागुन २१ गतेको चुनाबमा रास्वपालाई जनताले प्रचण्ड बहुमत दिएर सरकार गठन गर्ने अवसर दिएका छन् । जेनजी आन्दोलन पछिको निराशा चिरेर नेपालको राजनीति लयमा फर्केर हिँड्न थालेको छ । देश भित्र र बाहिर सर्वत्र प्रधनमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले बधाई पाइरहेको छ । ‘टायम्स म्यागेजिन’ले बालेनलाई संसारको १०० प्रभावशाली ब्यक्तिमा सुचीकृत गरेर कृति पनि बढीरहेको छ । यो अचानक कुनै सुन्दर कर्मको बधाइ होइन । सुन्दर अवसर प्राप्तिको बधाइ मात्र हो ।
ठीक यही बेला खाडीको द्धन्दले विश्व अर्थतन्त्रलाई नै गम्भीर असर पार्न थालेको छ । यो असरको अंश नेपाली अर्थतनत्रले पनि भोग्न थालेको छ । धान्नै नसक्ने गरी कच्चा तेलको मुल्य बढ्दैछ । स्लामाबादको अमेरिका–इरान बार्ताले विश्वले अपेक्षा गरेजस्तो फल दिन सकेन । तथापी त्यो संभावना अझै जिँउदो छ । युद्ध अन्त्य हुने वा लम्बने परिस्थीति दोसाँझमा छ । पुनं युद्ध भडकिने त्रासले विश्व समुदाय चिन्तित छ । यो संकटको घडीमा सरकार नेपाली जनताको अभिभावक पनि भएकाले बढेको मुल्य सरकारले नै बर्होने गरी तेलको मुल्यमा स्थीरता कायम गर्नु अहिले मात्र होइन, स्थीर अर्थतन्त्रको लागि बुद्धिमानी हुनेछ । यो संकटको घडीमा विकासको कुरालाई अलिकति विश्राम दिएर मुलुकका सबै बर्गका घरमा सरकारले चुलो बल्नेगरी तेलको मुल्य स्थीर राख्न आवश्यक छ ।
देशमा सरकारी आकडा अनुसार नै ६२ लाख ६६ हजार जनता गरिवीको रेखामुनी छन् उनीहरु एकछाक मात्र मुस्किलले खाएर जिएका छन् । महंगीले जनतामा आक्रोश बढाइरहेको छ । त्यो आक्रोश विद्रोहमा परिणत पनि हुनसछ । फेरी सरकारी विज्ञापन प्रयोग गर्न नीजि संचार जगतले नपाउने नियम लोकतन्त्र र खुल्ला बजार अर्थतन्त्रको विरुद्धमा छ । जो चाहँी रास्वपाको बाचापत्रकै खिलापमा छ । हजारौं श्रमजिवि पत्रकारहरुको घरको चुलो निभ्न थालेका छन् । अर्कोतिर विधार्थी संगठनहरुलाई यसै बेलामा कलेजमा प्रतिबन्ध लाग्ने कुराले दलहरु नजिकका विधार्थी संगठनहरु आक्रोशित भइरहेको अवस्था छ । अर्कोतिर प्राइभेट स्कुलहरु पनि चल्न नसक्ने गरी कडाइ गरिने कुराले त्यहाँ पनि आक्रोश बढीरहेको छ । यी सबै आक्रोशहरु संगठीत भएर सडकमा पोखिने संम्भावना बढीरहेको छ । त्यसकारण सरकार अनुसन्धानात्मक बन्दै यो पहिलो बर्ष कछुवा गतिमा संधै जित्ने गरि हिँडोस् भन्ने सर्वत्र चाहना देखिन्छ । अन्धाधुन्दा खरायो गतिमा दौडँदा ढेस लागेर लड्न पनि सक्छ । गलेर बाटैमा निदाउँन पनि सक्छ । ५ बर्षे सरकार चलाउने लक्ष्य भेदन गर्न कठीन हुन जान्छ । त्यसकारण उर्जा संकटले आकाशिएको महंगी, नीजि संचार जगत, विधार्थी संगठन र प्राइभेट स्कुल जस्ता सबै क्षेत्रको रचनात्मक ब्यवस्थापन गरेर कसैको पनि चुलोको आगो ननिभ्ने गरी सरकारले हिँड्ने योग्यता यस संकटको घडीमा राख्नु पर्छ । सरकार सबैको अभिभावक हो । आक्रोश बढाउने गरि परिचालन गराउने होइन । तीनिहरुको रचनात्मक ब्यवस्थापन गर्ने हो । नीजि संचार जगत बन्द हुने वित्तिकै कम्तीमा एक लाख परिवारको रोजगार खोसिइ सकेको छ । यता प्राइभेट स्कुलतर्फ अनुमानित झण्डै ५ लाख मानिस रोजगारमा आबद्ध छन् । तिनीहरुको रोजीरोटी प्राप्त गरिरहेका छन् । के ती नेपाली जनता होइनन् ? उर्जा संकटले करोडौं नेपालीको एकछाक मात्र खाएर बस्ने अवस्था सिर्जना हुँदैछ । सरकारको यो पहिलो बर्ष खरायो गतिले आक्रमक सुशासन होइन् रक्षात्मक सुशासनको बर्ष हो । बल्लबल्ल नेपाली जनताले ५ बर्षै स्थीरता हुने गरि रास्वपालाई प्रचण्ड बहुमत दिएर युवा बाहुल्य सरकार गठन भएको छ । यो अवसरको रचनात्मक प्रयोग हुनका लागि सर्वत्र अभिभावकत्वको भुमिका सरकारले दिन सक्षम हुनुपर्छ । यो संकटको घडीमा सबै बर्गमा नेपाली जनतालाई बाँच्न सर्बप्रथम उर्जाको मुल्यलाई स्थीरिकरण गरेर सरकार कछुवा गतिमा हिँड्न तयार हुनुपर्छ ।
अधिकारी डिल्लीबजार पद्म कन्या स्क्ुलका पुर्ब शिक्षक हुनुहुन्छ । उहाँ बिजनेसपोष्ट डटकमको अतिथि सम्पादक समेत हुनुहुन्छ ।











तपाईको प्रतिक्रिया