बढ्यो सुनचाँदीको मूल्य

Bizness Post बिजनेस पोष्ट
|
१५ सेकेन्ड अगाडि

काठमाडौँ ११ मंसिर, २०८३

नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। शुक्रबार सुन प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदी तोलाको १२० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबारको बजारमा सुन प्रतितोला सुन प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला तीन हजार १९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। बिहिबारको बजारमा चाँदी प्रतितोला तीन हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया

Advertisement