काठमाण्डौ ५ जेष्ठ २०८३
ग्लोबल आइएमई विराटनगर शाखामा कार्यरत झापा दमक नगरपालिका–८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पिताम्बर खड्काले चार जनाको फोटो शेयर गर्दै आत्महत्या गरेका छन् । खड्काले सामाजिक सञ्जाल फेसबुकमा चार जनाको सामूहिक तस्बिर पोस्ट गर्दै आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार खड्काले फेसबुकमा दीपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको तस्बिर सार्वजनिक गर्दै उनीहरूकै कारण आफू आत्मघाती कदम चाल्न बाध्य भएको आशयको स्टाटस लेखेका थिए।
स्टाटस पोस्ट गरेको केही समयपछि उनले आफ्नै घरको भुइँतलामा रहेको कोठामा सिलिङ फ्यानको हुकमा प्लास्टिकको पासो लगाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन्। घटना साँझ करिब ५ बजेतिर भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
झुण्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेर मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।












तपाईको प्रतिक्रिया