अध्ययनका नाममा ८महिनामा ८ अर्ब रुपैयाँ बाहिरियो

Bizness Post बिजनेस पोष्ट
|
१० महिना अगाडि

काठमाडौं २०८१ चैत्र २७।

नेपालबाट अध्ययनका नाममा विदेश जाने रकम हरेक बर्ष तथा महिना बढीरहेको छ ।

नेपाल राष्ट्र बैंकले आज बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनासम्मको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा चालू आवको सोही अवधिमा ८ अर्ब रुपैयाँ बढी रकम विदेश पुगेको छ।

चालू आर्थिक वर्षको ८ महिनामा ८८ अर्ब ९८ करोड रुपैयाँ अध्ययनका लागि बाहिरिएको राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ८० अर्ब १८ करोड रुपैयाँ मात्रै बाहिरिएको थियो ।

खुद सेवा आय ७५ अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ४३ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको थियो।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९.७ प्रतिशतले वृद्धि भई ५६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ६९ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय २०.६ प्रतिशतले वृद्धि भई १४८ अर्ब ११ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ८८ अर्ब ९८ करोड रहेको छ ।

तपाईको प्रतिक्रिया