ग्लोबल आइएमई बैंकको नाफा ३७ प्रतिशतले बढ्यो

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाडौं  ७ बैशाख २०८२।

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनि गरेको छ।यस त्रैमाससम्ममा आइपुग्दा बैंकको अधिकांश सूचकमा आकर्षक देखिएको छ। यसअवधिमा बैंकको खुद नाफा ३७ दशमलव ३२ प्रतिशतले बढेर २ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

गत आ.व.को यसैअवधिमा बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३४ दशमलव ४६ प्रतिशत र संचालन नाफा ३६ दशमलव ६६ प्रतिशतले बढेको छ ।
यस अवधिसम्ममा आइपुग्दा बैंकको वितरणयोग्य नाफा पनि १८ दशमलव ४९ प्रतिशतले बढेको छ । बैंकले एक वर्षको अवधिमा निक्षेप संकलन १८ दशमलव ७५ प्रतिशत र कर्जा लगानी ६ दशमलव ९६ प्रतिशत बढाउन सफल भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १३ पैसाले घटेर २१ रुपैयाँ ४० पैसामा सीमित भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि २ रुपैयाँ ६ पैसाले घटेर १४२ रुपैयाँ ६३ पैसामा सिमित भएको छ।

बैंकले ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब २० लाख रुपैयाँ सञ्चित छ। इम्पेरमेन्ट चार्जमा भएको कमी र कमिशन आम्दानीको वृद्धिले बैंकको वित्तीय स्थिरता र लगानीकर्ताको आकर्षणलाई थप बलियो बनाएको छ।

तपाईको प्रतिक्रिया