|
१० महिना अगाडि
काठमाडौं १० बैशाख २०८२-।
एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आजदेखि गोविन्द घिमिरेले पदभार सम्हालेका छन् । यसअघि नै सञ्चालक समितिको बैठकले बैशाख १० गतेदेखि लागू हुने गरी घिमिरेलाई ४ वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सीईओ सुनिल केसी आफ्नो कार्यकाल पूरा गरी मंगलबारबाट बिदाई भएसँगै घिमिरेले आजदेखि कार्यभार सम्हालेका हुन् ।
तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ क्यारियर सुरु गरेका सीईओ घिमिरेलेले एनएमबिमा झण्डै एक दशक बिताएका छन् । व्यवस्थापन र कानुन विषयमा एमबीए र बीएल गरेका घिमिरेसँग कर्जा बैंकिङको बढि अनुभव छ ।











तपाईको प्रतिक्रिया