सिद्धार्थ बैंकले माग्यो २० जना कर्मचारी

बिजनेस पोष्ट

काठमाडौं १९ चैत्र २०८१।

सिद्धार्थ बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले चैत्र १६ गते एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनी पदमा २० जना कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह कम्तिमा ६५ प्रतिशत नतिजा ल्याएर उत्तिर्ण गरेको हुनुपर्ने बैंकको सूचनामा उल्लेख छ । सो पदमा आवेदन दिनको लागि महिला २८ वर्ष र पुरुषको हकमा ३३ वर्ष ननाघेको हुनुपर्नेछ ।

इच्छुक उम्मेदरवारले आवेदन दिनको लागि बैंकको आधिकारिक वेबसाइट अर्थात् विज्ञापनमा उल्लेख गरेको क्यूआर स्क्यान गरी आवेदन दिन सकिने बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया