माछापुच्छ्रे बैंक लिमिटेडको २८ औँ वार्षिक साधारण सभा बुधबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ
साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल ६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। बोनस सेयर वितरणपछि बैंकको कुल साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ भने अग्राधिकार सेयरसहित कुल चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।
साधारण सभाले संस्थापक सेयरधनीहरूका तर्फबाट रोशन केसी, मुकुन्द महत तथा कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ। सर्वसाधारण सेयरधनीका तर्फबाट भने विश्व प्रकाश गौतम निर्विरोध निर्वाचित भएका छन्।
सभापछि बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षे कार्यकालका लागि सञ्चालक समितिको अध्यक्ष पदमा रोशन केसीलाई पुनः नियुक्त गरेको छ। बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरी प्रतिसेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम गरेको थियो।











तपाईको प्रतिक्रिया