नेपाल फाइनान्सको १ लाख ६२ हजार कित्ता संस्थापक शेयर सूचीकृत

Bizness Post बिजनेस पोष्ट
|
६ दिन अगाडि

काठमाडौं २३ पुस २०८२।

नेपाल स्टक एक्सचेन्जमा नेपाल फाइनान्स लिमिटेडको ठूलो मात्रामा संस्थापक शेयर सूचीकृत भएको छ। कम्पनीको १ लाख ६२ हजार कित्ता संस्थापक शेयर मङ्गलवार नेप्सेको सूचीकरणमा थपिएको हो।

नेपाल फाइनान्सले यसअघि आफ्ना विद्यमान शेयरधनीहरूका लागि हकप्रद सेयर निष्कासन गरेको थियो। सो हकप्रद निष्कासनका क्रममा बिक्री नभई बाँकी रहेको संस्थापक समूहक शेयरलाई कम्पनीले लिलाम बढाबढ (अक्सन) प्रक्रियामार्फत बिक्रीमा ल्याएको थियो। सोही लिलामी प्रक्रियामार्फत सफल बोलपत्रदाताहरूलाई बाँडफाँट गरिएको १ लाख ६२ हजार कित्ता शेयरहरूलाई नेप्सेले आज सूचीकरण गरेको हो।

सूचीकरणको यो प्रक्रिया सम्पन्न भएसँगै सम्बन्धित लगानीकर्ताहरूको हित ग्राही (डिम्याट) खातामा सेयर जम्मा हुने प्रक्रिया अगाडि बढ्नेछ।

तपाईको प्रतिक्रिया