उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङ्गले गरे राष्ट्रिय खाद्य बैंकको अबलोकन

Bizness Post बिजनेस पोष्ट
|
७ महिना अगाडि

काठमाण्डौ ३१  बैशाख २०८३

उज्यालो नेपालका अभियन्ता, पुर्बमन्त्री तथा विधुत प्राधिकरणका पुर्ब कार्यकारी निर्देशक कुलमान घिसिङ्गले राष्ट्रिय खाद्य बैंकद्धारा सञ्चालित आर.के.वि मार्ट तथा केन्द्रिय कार्यालयको बिहिबार अबलोकन गरेका छन् । घिसिङ्गले दिब्यश्वरी प्लानिङ्ग भक्तपुरमा रहेको खाद्य बैंकको अबलोकन गरेका हुन् ।
सो अबलोकनका क्रममा घिसिङ्गले कृषि क्षेत्रको प्रर्बद्धन, ब्यवसायिकरण र स्वास्थ्यबर्दक खानेकुराको प्रर्बद्धनमा राष्ट्रिय खाद्य बैंकले गरेको कार्य प्रसंशायोग्य रहेको बताएका थिए । त्यस कार्यलाई देशब्यापी बनाउन उनले सो अवसरमा आग्रह गरे । गाउँ गाउँसम्म खाद्य बैंकको जस्ता अग्यानिक कृषिजन्य वस्तुहरुको मार्ट विस्तार हुनुपर्ने उनले बताए । देशलाई खाद्यन्यमा आत्मनिर्भर बनाउने यस्ता खालको कार्यमा आफनो सदैब साथ सहयोग रहने उनले बताए ।
घिसिङ्गलाई बैंकका संस्थापक अध्यक्ष तथा सिईओ शंकरनाथ उप्रेति, संचालक सदस्यहरु तथा कर्मचारीहरुले स्वागत गरेका थिए । साथै, घिसिङ्गलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

बिहान ६ बजे देखि साँझ ९ बजेसम्म खुला रहने मार्टको विशेषता भनेको यहाँ पाइने रैथाने तथा अर्गानिक खाद्यान्न हो। कागती, अदुवा, मेथी, मकै, फापर, कोदो, मह (honey) चिया, कफी, जडीबुटी तथा प्राकृतिक उत्पादन, अचार, गुँद्रुक, सिन्की, मसला, पीठो घरेलु/कुटानी उद्योगका उत्पादन, चामल (स्थानीय जात), कोदो, परम्परागत अन्न दाल (मसुरो, रहर, चना आदि), सिजन अनुसारका तरकारी (काउली, बन्दागोभी, टमाटर, साग आदि) स्थानीय फलफूल (केरा, स्याउ, सुन्तला आदि) धेरैजसो organic वा कम विषादीयुक्त उत्पादन जस्ता हाम्रो आफ्नै माटोका स्वादिष्ट र स्वास्थ्यवर्धक सामग्रीहरू यहाँ सजिलै उपलब्ध हुनेछन्।

राष्ट्रिय खाद्य बैंकको लक्ष्य स्पष्ट छ—कृषिमा आत्मनिर्भर नेपाल, स्थानीय उत्पादनको प्रवर्द्धन, र स्वस्थ समाज। यही लक्ष्यसहित मार्टले किसानदेखि उपभोक्तासम्म सबैलाई जोड्ने सेतु बन्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

Advertisement