सबै स्थानीय तहमा पुग्यो एभरेष्ट बैंकको बैंकिङ सेवा,

Bizness Post बिजनेस पोष्ट
|
१ वर्ष अगाडि

काठमाडौं – देशका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । एभरेष्ट बैंकले बझाङको साइपालमा शाखा विस्तार गरेसँगै सबै ७५३ वटै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ।

साइपालमा लामो समयदेखि बैंकिङ सेवा पुर्‍याउने कोसिस गरिए पनि सकिएको थिएन। तर, अब त्यहाँ पनि बैंकिङ सेवा विस्तार भएको छ ।एभरेष्ट बैंकले साइपालमा विस्तार गरेको शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन्।

यो शाखा विस्तारले आम नागरिकले बैंकिङ सेवा सहज र सरल ढंगले पाउने विश्वास अधिकारीले गरेका छन्।

तपाईको प्रतिक्रिया