नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

BusinessPost बिजनेस पोष्ट

काठमाडौं ७ जेठ, २०८२।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहहरूले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।

बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूरूले आफ्नो नाममा रहेको २ लाख २३ हजार २९९ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् ।

खरिद गर्न इच्छुक संस्थापक सेयरधनीेले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया