कुमारी बैंकको नाफा २ अर्ब १२ करोड, प्रतिशेयर आम्दानीमा उल्लेख्य वृद्धि

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाण्डौ २२ साउन २०८२

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। तर, अघिल्लो आर्थिक वर्षको खुद नाफा ४६ लाख रुपैयाँ मात्र देखाइएको कारण बैंकको नाफा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको हो। यद्यपि, गत आर्थिक वर्ष प्रकाशित बैंकको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्य अर्थात २०८१ असार मसान्तसम्ममा बैंकको खुद नाफा २ अर्ब ३० करोड रुपैयाँ थियो।

बैंकले २०८१ असार मसान्तसम्मको तथ्यांकमा इम्पेरमेन्ट चार्ज परिवर्तन गरेका कारण यस्तो हुन पुगेको हो। गत वर्ष प्रकाशित विवरणमा २०८१ चौथो त्रैमाससम्ममा बैंकको इम्पेरेमन्ट चार्ज ३ अर्ब ५६ करोड रुपैयाँ थियो। जुन अहिले प्रकाशित वित्तीय विवरणमा ६ अर्ब ८४ करोड रुपैयाँ उल्लेख गरिएको छ।

नाफा जस्तै प्रतिशेयर आम्दानी पनि उल्लेख्य वृद्धि देखिएको छ। हाल प्रकाशित वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी २ पैसाबाट बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ। यद्यपि, गत आर्थिक वर्ष प्रकाशित विवरणमा बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८० पैसा थियो।

तपाईको प्रतिक्रिया