काठमाडौं २३ माघ २०८२-सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँटपछि अब सर्वसाधारणका लागि शेयर खुला गरिएको हो।
कम्पनीले १ अर्ब ५५ करोड रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, र ७७ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
अब दोस्रो चरणमा कम्पनीले आफ्ना कर्मचारीका लागि ३१ हजार कित्ता छुट्याई बाँकी रहेको १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन १० गते र ढिलोमा फागुन १९ गते हुनेछ।











तपाईको प्रतिक्रिया