|
५ महिना अगाडि
काठमाण्डौ १६ पौष २०८२ – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छिन् । पौष १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गरेको हो ।
यस अघि कम्पनीको अध्यक्ष रहेकी शिक्षा भट्टचनले पौष ८ गते पदबाट राजीनामा दिएकी थिइन् । त्यससँगै अध्यक्ष पद रिक्त रहेको थियो । यस्तै, सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको संचालक समिति सदस्यमा संस्थापक शेयरधनीको प्रतिनिधित्व हुने गरी संस्थापक शेयरधनी क्लाउड मण्डप प्रालिको तर्फ बाट छन बहादुर भट्टचनलाई चयन गरेको छ ।










तपाईको प्रतिक्रिया