सन् नेपाल लाइफ इन्स्योरेन्सद्वारा वृक्षरोपण

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाण्डौ १७ पौष २०८२ -सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लुम्बिनी वल्र्ड पिस फोरमको आयोजनामा तथा वीरेन्द्र नगरपालिकाको सहकार्यमा अर्को चरणको वृक्षरोपण कार्यक्रम गरेको छ।

‘न्यानो ज्याकेट वितरण, बिउ वितरण तथा वृक्षरोपण कार्यक्रम’अन्तर्गत सञ्चालन गरिएको यस अभियानले वातावरणीय सन्तुलन कायम गर्नुका साथै समुदायस्तरमा सामाजिक उत्तरदायित्व प्रवर्धन गर्ने लक्ष्य लिएको छ। कार्यक्रम वीरेन्द्रनगर क्षेत्र केन्द्रित भई आयोजना गरिएको थियो। उक्त कार्यक्रममा ५० विद्यार्थीलाई कम्पनीले ज्याकेट वितरण पनि गरेको थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं, कर्णाली प्रदेश प्रमुख गोविन्द ढकाल तथा नेपाल बिमा प्राधिकरणका प्रदेश प्रमुख नील लामिछानेको उपस्थिति थियो। साथै, लुम्बिनी वर्ल्ड पिस फोरमका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा कम्पनीका कर्मचारीको पनि सहभागिता थियो।

तपाईको प्रतिक्रिया