सांग्रिला डेभलपमेन्ट बैंकको मुनाफा बढ्यो

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाण्डौ ८ साउन २०८२

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उच्च बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २१३.८१ प्रतिशत बढी हो।

वितरणयोग्य मुनाफा उच्च बढेपनि समीक्षा अवधिमा बैंकको खुद नाफा ६.५१ प्रतिशत बढेर ५३ करोड ७० लाख रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी १.३६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.१५ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३।३९ प्रतिशत र सञ्चालन मुनाफा १०.०६ प्रतिशत बढेको छ।

बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी पनि उच्च बढेको छ। यस्तो आम्दानी ७ रुपैयाँ ८० पैसा बढेर ११ रुपैयाँ ६४ पैसा पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा ४० पैसा बढेर १५ रुपैयाँ १० पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३०.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा रहेको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ सञ्चित छ

तपाईको प्रतिक्रिया