काठमाडौं २७ श्रावण २०८३।
कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य नाफा वृद्धि गरेको छ। बैंकको खुद नाफा ३०५.९५ प्रतिशतले बढेर ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार रुपैयाँ पुगेको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद नाफा १ अर्ब ८१ करोड ९६ लाख ९८ हजार रुपैयाँ थियो।
बैंकको वित्तीय विवरणअनुसार गत असार मसान्तसम्म खुद ब्याज आम्दानी ३.३६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड ३० लाख ८३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ११ अर्ब ६२ करोड १५ लाख ४५ हजार रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी पनि बढेको छ। बैंकले ३ अर्ब ४ करोड ८८ लाख ६४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १६ अर्ब ३५ करोड ८४ लाख ३२ हजार रुपैयाँ र सञ्चालन नाफा ११ अर्ब २३ करोड ५५ लाख २५ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब ६६ करोड १६ लाख २० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५ अर्ब १९ करोड ४० लाख २२ हजार रुपैयाँ र सञ्चालन नाफा ५ अर्ब ५८ करोड ७१ लाख ९५ हजार रुपैयाँ थियो।
बैंकको वितरणयोग्य नाफा भने गत आर्थिक वर्षमा ७९ करोड १६ लाख ६१ हजार रुपैयाँ रहेको छ। यसअनुसार बैंकको लाभांश वितरण क्षमता ३.०२ प्रतिशत देखिएको छ।
गत असार मसान्तसम्म बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा १७ अर्ब ७७ करोड ६५ लाख ४८ हजार रुपैयाँ सञ्चित छ।
निक्षेप र कर्जा विस्तारतर्फ पनि बैंकले वृद्धि गरेको छ। गत असारसम्म बैंकले ४ खर्ब २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.४४ प्रतिशत बढी हो। अघिल्लो असारसम्म बैंकको निक्षेप ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ थियो।
त्यस्तै, बैंकको कर्जा लगानी ४.०७ प्रतिशतले बढेर २ खर्ब ७० अर्ब ९२ करोड २२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असारसम्म बैंकले २ खर्ब ६० अर्ब ३२ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानीमा समेत उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्ष ६.९४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २८.१७ रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १७०.८० रुपैयाँ रहेको छ।
यद्यपि, बैंकको खराब कर्जा अनुपात भने बढेको छ। अघिल्लो वर्ष ६.९५ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षमा बढेर ७.४६ प्रतिशत पुगेको वित्तीय विवरणले देखाएको छ।











तपाईको प्रतिक्रिया