काठमाडौँ ३० बैशाख २०८३
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीले चैत मसान्तसम्ममा ४७ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको (४६ करोड ५७ लाख रुपैयाँ) तुलनामा ०.९९ प्रतिशतको सामान्य वृद्धि हो।
बीमा व्यवसायमा उल्लेख्य सुधार
समीक्षा अवधिमा कम्पनीको बीमा व्यवसाय विस्तार भने निकै उत्साहजनक देखिएको छ। कम्पनीले ४ अर्ब ६० करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा २४.८८ प्रतिशतले बढी हो। त्यस्तै, खुद बीमाशुल्क पनि २५.१५ प्रतिशतले बढेर ४ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ पुगेको छ।
मजबुत बन्दै जीवन बीमा कोष
कम्पनीको जीवन बीमा कोषको आकारमा आकर्षक वृद्धि भएको छ। अघिल्लो वर्ष १२ अर्ब ४४ करोड ४३ लाख रुपैयाँ रहेको यो कोष ३१.३८ प्रतिशतले बढेर १६ अर्ब ३४ करोड ९७ लाख रुपैयाँ पुगेको छ।
वित्तीय अवस्था र सूचकहरू
५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको सेयर प्रिमियममा १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ र महाविपत्ति कोषमा २७ करोड ६८ लाख रुपैयाँ सञ्चित छ। यद्यपि, रिटेन्ड अर्निङमा भने केही गिरावट आएर ६८ करोड ३० लाख रुपैयाँ कायम भएको छ।
अन्य वित्तीय सूचक तर्फ कम्पनीको प्रतिसेयर नेटवर्थ १४६.१७ रुपैयाँ र पीई रेसियो ३८.६१ गुणा रहेको छ। नाफामा सामान्य वृद्धि देखिए पनि पुँजी विस्तारका कारण प्रतिसेयर आम्दानी (EPS) भने अघिल्लो वर्षको १३.३८ रुपैयाँबाट घटेर १२.०७ रुपैयाँमा सीमित भएको छ।










तपाईको प्रतिक्रिया