काठमाडौँ २१ पौष २०८२- नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंस्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्त्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

आर्थिक वर्ष २०८१र८२ मा तोकिएको बिमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य भएका ५०० जनाभन्दा बढी अभिकर्ताहरूसहित विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं बागमती प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्तालाई सीईओे क्बलको सदस्यता वितरण तथा सम्मान गरे। नेसनल रत्न र नेसनल स्टार विजेता अभिकर्ताहरूलाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरियो। उक्त प्रदेशबाट आफ्नो कोड र सञ्जलमा प्रथम द्वितीय र तृतीय हुन सफल उत्कृष्ट अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो।










तपाईको प्रतिक्रिया