सरकारद्वारा बीमा नियमावली, २०८१ स्वीकृत

बिजनेस पोष्ट

काठमाण्डौं ।

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले बीमा नियमावली, २०८१ स्वीकृत गरेको छ। माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो नियमावलीलाई स्वीकृति प्रदान गरेको हो।

त्यस्तै, सरकारले एसियाली विकास बैंक (ADB) को एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्डबाट प्राप्त हुने २० लाख अमेरिकी डलर (करिब २७ करोड ७३ लाख नेपाली रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। उक्त अनुदान २०२४ फ्लड्स एण्ड ल्यान्डस्लाइड्स इमर्जेन्सी रेस्पोन्स प्रोजेक्टका लागि उपयोग गरिनेछ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार मन्त्रिपरिषद्ले ६७० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थासम्बन्धी पूर्वतयारी अगाडि बढाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले २०८१ माघ २९ देखि फागुन २ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘थर्ड एनुअल इनर्जी वीक’ विषयक कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई सहभागी गराउने निर्णय गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया