हिमालयन लाइफको नाफा ८ प्रतिशत बढ्यो

Bizness Post बिजनेस पोष्ट
|
७ महिना अगाडि

काठमाडौं २१ बैशाख २०८२

हिमालयन लाइफ इन्स्योरेन्सले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। आज प्रकाशित विवरण अनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत वर्ष यसै अवधिसम्म ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा कम्पनीले चालू आवमा ८.४९ प्रतिशतले खुद नाफा बढेको हो। यस्तै कम्पनीको जीवन बीमाकोषको आकार पनि ६१ अर्ब ६५ करोड रुपैयाँबाट बढेर ७३ अर्ब ७७ करोड रुपैयाँ नाघेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि १२ अर्ब २ करोड ३० लाख रुपैयाँबाट बढेर १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी पनि १६ अर्ब ६९ करोड ६३ लाख रुपैयाँबाट बढेर १८ करोड ४८ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको खर्च पनि १६ अर्ब २६ करोड रुपैयाँबाट बढेर १७ अर्ब १४ करोड रुपैयाँ नाघेको छ।

चुक्ता पूँजी ९ अर्ब १४ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ४७ करोड रुपैयाँ र जगेडा कोषमा करीब १ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६.८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.०७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६१.५१ गुणा रहेको छ । 

तपाईको प्रतिक्रिया