समृद्धि फाइनान्स र पोखरा फाइनान्सले मर्जको अन्तिम स्वीकृति पाए

Bizness Post बिजनेस पोष्ट
|
९ घण्टा अगाडि

काठमाडौँ ३० बैशाख २०८३-समृद्धि फाइनान्स र पोखरा फाइनान्स एकआपसमा मर्जको अन्तिम स्वीकृति पाएका छन्।  नेपाल राष्ट्र बैंकले यी दुई संस्था मर्जका लागि अन्तिम स्वीकृति दिएको हो । गत साउनमा नै दुई वित्तीय संस्थाबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। 

हाल पोखरा फाइनान्सको चुक्ता पुँजी एक अर्ब आठ करोड रुपैयाँ रहेको छ भने समृद्धि फाइनान्सको चुक्ता पुँजी ८१ करोड रुपैयाँ रहेको छ। दुवै संस्था एकीकृत भएपछि कम्पनीको चुक्ता पुँजी उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ।

यदि एक बराबर एक (१ः१) अनुपातमा मर्जर सम्पन्न भएमा एकीकृत संस्थाको चुक्ता पुँजी करिब एक अर्ब ९० करोड रुपैयाँ पुग्नेछ। नाम पोखरा फाइनान्स रहने छ । भने कर्पोरट कार्यालय काठमाडौं र रजिष्ट्रड कार्यालय पोखरामा रहने छ । 

तपाईको प्रतिक्रिया