“नेपाल लाइफ समृद्धि लगानी योजना” सामूहिक लगानी कोषको बिक्री खुल्ला

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाण्डौ ४ माघ २०८२-नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवर्द्धक रहेको र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना नामक सामूहिक लगानी कोषले आफ्ना इकाईहरु आजदेखि सर्वसाधारण तथा संस्थापक लगानीकर्ताका लागि बिक्रीमा ल्याएको छ। 

नेपाल धितोपत्र बोर्डबाट २०८२/०९/१३ गते प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई मध्ये बीज पूँजीबापत १५ प्रतिशत इकाई, जसमध्ये १४ (चौध) प्रतिशत अर्थात २ करोड २४ लाख इकाई कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा १ (एक) प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडका लागि सुरक्षित गरी बाँकी रहेको कुल १३ करोड ६० लाख इकाई सर्वसाधारणका लागि निष्काशनमा ल्याउन लागिएको हो। 

उक्त फण्डको न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गतको यो पहिलो बन्दमुखी योजना हो र यसको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्ष रहेको छ। फण्डको इकाईमा माघ ८ गतेसम्म आवेदन दिन सकिने छ। 

तपाईको प्रतिक्रिया