‘कृषिमा गरिएको लगानी डुब्ने भन्ने हुदैन’–राष्ट्रिय खाद्य बैंकको सिइओ उप्रेतिको अन्तर्वार्ता

Bizness Post बिजनेस पोष्ट
|
२ हप्ता अगाडि

शंकरनाथ उप्रेती
सिइओ, राष्ट्रिय खाद्य बैंक लि.

राष्ट्रिय खाद्य बैंकको पछिल्ला गतिविधिबारे बताइ दिनुहोस न ।
हामीले राष्ट्रिय खाद्य बैंकको ५औं बार्षिक साधारणसभा अशोजमा सम्पन्न गरिसकेका छौ । त्यसपछि अहिले नयाँ सञ्चालक समिती आइसकेपछि विशेष जिम्मेवारीमा काम गरिरहेका छौ । नयाँ सञ्चालकमा उद्योगी, व्यवसायी, विभिन्न विषयका विशेषज्ञ डाक्टर, कृषि वीज्ञ, जनप्रतिनिधि लगायत सबै खालको टीम मिलेको छ । सो कारण हामीलाई धेरै कामहरु गर्न सहज छ । खासगरी अहिले हामीले आइपिओ जारी गर्न प्रबन्धकीय कामहरुमा जोड दिएका छौ । त्यो सम्पन्न हुदैछ । त्यसैगरी अहिले नयाँ सिजनको बेला छ । अन्न बालीको ब्यवस्थापन गर्ने, भण्डारण गर्ने, प्रशोधन गर्ने, प्याकेजिङ र ब्राण्डिङ गरेर बजारमा लिएर जाने कुराहरुमा हामी लागेका छौ । अहिले ब्राण्डिङको काममा छौ । त्यसैगरी हामीले विगत देखि नै दानाको काम पनि गरिरहेका छौ । पहिला सुरुमा राष्ट्रिय खाद्य बैंक लिमिटेडले अन्नको काम त गरिरहेको थियो । अन्न बालीहरु, दलहनहरु, तेलहन लगायतका कुराहरु उत्पादन गरेर हाम्रा शेयर सदस्य लगायत सबैलाई खुवाइ राखेका छौ । अब अहिले पशुपक्षींको आहारको रुपमा पनि दानालाई चलाउनु पर्छ, खुवाउनु पर्छ भनेर क्वालिटिको दाना बनाएर किसानहरुलाई सर्पोट र मद्धत गर्नुपर्छ । रैथाने बालीनालीहरु नेपालभित्र उत्पादन भएको कच्चा पदार्थ मार्फत स्वाथ्यबद्र्धक पशुको आहार बनाउनुपर्छ भनेर बेलबारी मोरङमा दाना उद्योग सञ्चालनमा ल्याएका छौ । त्यो दानालाई हामीले विक्रि वितरणको कामहरु गरिरहेका छौ । अझ त्यसलाई थप ब्यवस्थीत गर्ने, विस्तार गर्ने र त्यसलाई धेरै भन्दा धेरै किसानहरुको सेवामा पुर्याउन सकियोस् भनेर राष्ट्रिय खाद्य बैंकले आफना गतिविधिहरु अघि बढाइरहेको छ । अब हामी केही समयपछि विउविजनको कामहरुमा पनि सर्मपित हुन्छौ । रैथाने बाली–नालीको संरक्षण गर्नका लागि बिउको आवश्यकता हुन्छ । अहिले पनि विउ–विजनमा ठुलो रकम विदेश गइरहेकोे छ । त्यसलाई स्वदेशै रोक्नका लागि, स्वदेशमै नेपाली हावापानी अनुकुलको विउ–विजन बनाएर नेपाली किसानहरुलाई सस्तो मुल्यमा धेरै फल्ने खालको र त्यो फल्नलाई लगाउने गरी काम गरेका छौ ।

त्यसरी फलेपछि खाद्य बैंकले आफैले किनेर ब्रान्डिङ गरेर बजारमा लगेर बेच्नेगरी काम गर्न अहिले हामीले बिउ–विजनको काम अघि बढाउँदै छौ । केही विउ विजनमा काम गरिरहनु भएका धनगढीका साथीहरुको टीम पनि हामीसँग आबद्ध रहनु भएको छ । उहाँहरुसँग पनि सहकार्य गरेर हामी काम गछौ ।
त्यसैगरी निकट भविष्यमा अनलाईन मार्फत पनि हामीले उत्पादन गरेका, किसानले उत्पादन गरेका कुराहरु, ३२ वटा जिल्लाका २ लाख किसानले उत्पादन गरेका अन्नहरु जसरी हामीले अहिले ब्यवस्थीत गरेका छौ । त्यसलाई अझै थप रुपमा लिएर जानुपर्छ, ब्यापक हिसावले लाग्नुपर्छ भनेर विदेशसम्म पठाउने गरी हामी लागेका छौ । खानयोग्य नेपालभित्र उत्पादन भएका स्वथ्थकर अन्नहरुको उत्पादन र बजारसँग जोडेर लाने कुरामा हाम्रा सबै योजनाहरु, सबै लगानीहरु, सबै शक्तिलाई त्यही परिचालन गरेका छौ । त्यसलाई अझै विस्तार र विकसित गरेर लैजान्छौ । एकैचोटी सक्क्तैनौं तर विस्तार विस्तारै आवश्यक प्रबन्ध र व्यवस्थापन गरेर यसलार्ई लिएर जान्छौ ।
आइपिओ आउनेबारे बजार हल्ला छ । त्यसमा के काम भइरहेको छ ?
५औ बार्षिक साधारणसभाले हामीलाई आइपिओमा जान अनुमति दिएको छ । नीतिगत निर्णय भएको छ । आइपिओसँग सम्बन्धित काम गर्नका लागि पनि हामीले धेरै कामहरु यहाँ भित्र गर्नुपर्छ । ती कामहरु हामीले लगभग सक्न लागेका छौ । निकट भविष्यमै आइपिओको प्रक्रियाको लागि निवेदन दर्ता गराउँछौ । त्यो आउँदा खासगरी १ अर्ब रुपैँयामा ७० करोड हाम्रा प्रर्मोटर शेयर होल्डरहरुले नै हाल्नु भएको छ । बाँकी रहेको ३० करोड रुपैयाँको ३० लाख कित्ता शेयर १००का दरले हामीले बजारमा पठाउनेछौ । आइपिओ निष्कासनका लागि हामीले ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता गरिसकेका छौ ।
ठयाक्कै कहिले आउला त आइपिओ ?
हामी जतिसक्दो चाँडो ल्याउने गरी लागि रहेका छौ । सबैभन्दा बढी चासो, हतारो हामीलाई नै छ । तरपनि सबै हामीले चाहेको जस्तो मात्र हुदैन । नेपाल सरकारका ऐन, नियम, कानुन, आवश्यक प्रक्रियागत कामहरु छन् । हाम्रो तर्फबाट त हामी तयारी नै छौ । बाँकी रह्यो नियमनकारी निकाय र अख्तियार प्राप्त संस्थाबाट स्वीकृत भएपछि आइपिओ जारी भइहाल्छ ।
खाद्य बैंक स्थापनाको ५ बर्ष त वितिसकेको छ । यसले बार्षिक रुपमा धान, मकै, गहुँ, तोरी लगायत अन्नबाली कति मात्रामा उत्पादन गरिरहेको छ ?
हामीले धेरैजसो किसानसँग जोडिएर उत्पादनका कामहरुमा सहभागी छौ । स्थानीय निकायसँग मिलेर, सो स्थानिय तहमा रहनु भएका किसान, कृषि सहकारी, समुह त्यहाँ भित्र रहनु भएका, कृषिकर्ममा लाग्नु भएको साथीहरुसँग हामीले सहकार्य गछौ । अर्थात एउटा गाउँपालिकाको प्रतिनिधि र अर्को उत्पादनमा जोडिने टीम र अर्को राष्ट्रिय खाद्य बैंक गरि त्रिपक्षिय रुपमा हामीले काम गरेका छौं । त्यो त्रिपक्षीय रुपमा काम गर्दाखेरी हामीले सबै रुपमा कृषि उपजमा मात्र हात हाल्न सकेका छैनौं । जस्तो अहिले हामीले गरेको दलहन बालीहरु, तेलहन बालीहरु, अन्न बालीबाट थालेका छौ । अब अन्न बाली पाएसम्म र भएसम्म रैथानेलाई प्रमोशन गर्नुपर्छ भनेर लागेका छौ । त्यसले गर्दाखेरी २ लाख किसानहरुसँग ३२ वटा जिल्लाबाट हामीले ११३ वटा स्थानीय सरकारसँग सहकार्य गरेर काम गरेका छौ । किसानहरुले उत्पादन गरेका सबै कुरामा सर्पोट गछौ । तर त्यसमा माछामासु, फलफुल, तरकारीहरु हामीभित्र नआइसकेकोले एकिन आँकडा छैन । हामीले हाम्रा उत्पादनहरु जस जसलाई खुवाइरहेका छौ, उनीहरु सन्तुष्ट छन् । यसले अझै ब्यापकतामा लैजान्छ ।
हामीले मुलभुत रुपमा आफैले उत्पादन गर्ने कुरामा भन्दा पनि पाइलट प्रोजेक्टको रुपमा पहिला हामीले ३ बर्ष उत्पादनका काम गरेका थियौं । झापाको गौरादहमा पनि गर्यौं, बर्दियाको गुलेरियामा पनि गर्यौ, त्यहाँ हामीले विभिन्न प्रकारण धानका जातहरु, गहुँका जातहरु, प्रा.डा मदन भट्ट सरले त्यसमा सर्पोट गर्नुभयो । हामीले कहाँ के फल्छ भनेर अध्ययन अनुसन्धानको काम गरिसकेपछि स्थानिय सरकारलाई र किसानहरुलाई त्यो हाम्रो प्रविधि, हामीसँग भएको सिप, हामीले गरेको अध्ययन रिर्पोट, ती सबै खाले कुराहरु त्यहाँ हस्तातरण गरेर किसानहरुलाई उत्पादन गर्न लगायौं । र, अहिले पनि त्यही प्रविधि मार्फत उत्पादन भएका वस्तुहरु हामीले खरिद गर्न पाएका छांै ।
भनेपछि किसानहरुसँगको सहकार्यमा उत्पादित वस्तु खाद्य बैंकमार्फत विक्रि गर्नुहुन्छ, हैन त ?
यसो छ । विउ–विजनका लागि सुरु देखि नै हाम्रा प्राविधिक सरहरुले गाइड गर्नुहुन्छ । उत्पादन भइन्जेलसम्म पनि आवश्यक गर्नुपर्ने कामहरु उहाँहरुले गर्नुहुन्छ । त्यो भन्दा पछि त्यहाँ उत्पादन भएका कुराहरु हामी आफैले किन्छौ, पहिला कहाँ के फल्छ भनेर पाइलट प्रोजेक्टको रुपमा थियो । अहिले चाँही किसानहरुकै खेतबारीमा गएर, उनीहरुसँग मिलेर, पालिका–पालिका गएर हामीले आफैले भन्दा पनि किसानलाई अघि सायौं । हामीले पहिला पुर्बको झापाको गौरादहमा र पश्चिममा बर्दियामा गरेका प्रोजेक्टहरुलाई विस्तारै फेजआउट गरिरहेका छौ । किसानलाई नै अघि सारिरहेका छौं ।


गत आव राष्ट्रिय खाद्य बैंकले किसानबाट कति उत्पादन किन्यो र कति बेच्यो ? डाटा के छ ?
त्यो तथ्याक हामीसँग छ । अद्यावधिक हुँदैछ । हामी उपलब्ध गराउँछौ । एउटा चाँही हामीले स्थानीय रुपमा किन्ने र बेच्ने गरेका छौ । अर्को काठमाण्डौमा ल्याएर पनि गरेका छौ । विदेश पनि पठाउन थालेका छौ । जस्तो काठमाण्डौमा हामीले धानलाई चामल बनाएर बेच्छौ । दाल, गेडागुढी बेच्छौ । खाद्य बैंकको ब्राण्डमा बेचिरहेका छौ । स्थानिय रुपमा चाँही त्यहाँको बजारमा होलसेलमा किसानहरुसँग लिन्छौ र मुनाफा राखेर बेच्छौ । हामी त्यसको तथ्याङक चाँडै तपाइहरुलाई उपलब्ध गराउनेछौ ।

संस्थाको वित्तिय अवस्था, सम्पति आदि के कति छन् बताइदिनुहोस् न ।
अहिले हामीसम्म झण्डै ८० करोड हाराहारीको सम्पति छ । हाम्रा विविध ठाउँहरुमा रहेका घर, जग्गा, जमिन, पाइलट प्रोजेक्टहरुमा भएका ठाउँहरु छन् । भण्डारण तथा विक्रि केन्द्रहरु, दाना उद्योग छन् । अझ पनि एवंमरितले वृद्धि हुदै जानेछ । ५–७ करोड रकम जम्मा पनि हुँदैछ प्रमोटर्सहरुका । मौद्रिक भ्यालुमा भन्दा अहिले चाँही हामी ६०–६२ करोडको हाराहारीमा छौ । कमाइको दृष्टिकोणले भन्नुहुन्छ भने हामीहरुले पहिला बर्षदेखि ५ ओटै वित्तिय विवरण हेनुहुन्छ भने थोरै–थारै जस्तो ५०–६० लाख, एक डेढ करोडको रेन्जमा कमाइरहेका छौ । खर्च कटाएर कमाएका छौ त्यति । अब हामी लाभाशं वितरणका लागि पनि सक्षम भइसकेका छौ । किनकी हामी खर्च गर्ने कुरामा असाध्यै किफायती गरिरहेका छौ । नयाँ, नौलो संस्था र किसानलाई जागरण गराउने कुराहरुले गर्दा प्रचार प्रसारमा अलिकति खर्च छ । त्यसबाहेक हामीले न्युन खर्च गरिरहेका छौ । कर्मचारी लागत र आन्तरिक खर्च अत्यन्त कम गरेका छौ । हामीले घाटा नलाग्ने बालीहरु जस्तो अन्न बाली, तेलहन बालीबाट सुरु गयौं । ती चिज कुहिएर जाने चीज हैनन् ।

दुइ चार महिना रहँदाखेरी पनि बेच्न सकिने भएको कारणले गर्दा खेरी सुरुकै बेलादेखि हामी फाइदामा छौ । अर्को राष्ट्रिय खाद्य बैक भित्र हामी अनुभवी साथीहरु छौ । संस्था स्थापना गरेको ५ बर्ष भएपनि काम गरेको २५ औं बर्ष अनुभव छ । त्यसले गर्दाखेरी हामीसँग रामपुर विश्व विद्यालय, त्यहाँ रहनुभएका प्रोफेसर सरहरु, रामपुरको परिवार राष्ट्रिय खाद्य बैकसँग छ । नार्कको अध्ययन अनुसन्धानमा लागेको र त्यहाँबाट रिर्टायड भएको टीम हामीसँग छ ।
विभिन्न विश्वविधालयका सरहरु हामीसँग आबद्ध छन् । बजारलाई व्यवस्थापन गर्ने साथीहरु हामीसँग छन् । चार्टड एकाउन्टेटको टीम छ हामीसँग । जसले गर्दा हामीसँग दक्ष तथा अनुभवी साथीहरु छन् । जसले सुरुदेखि नै यो काम गर्न सक्षम छौ । अर्को, कृषि भनेको घाटा हुने व्यवसाय नै होइन । धेरै मान्छे कृषिमा हात हाल्न डराउने परिस्थीतिमा पनि हामीले योजनाबद्ध रुपमा फाइदा हुनसक्ने गरी तयारी गरेर अघि बढीरहेका छौ । ढुक्क हुनुस् कृषिमा गरिएको लगानी अरु क्षेत्रभन्दा बढी नै सुरक्षित छ । ढुक्क भएर लगानी गर्नोस् । सहकार्य गरौं ।

प्रकासित मिति २०८२-९-१३

तपाईको प्रतिक्रिया