यो सरकारले पनि काम गर्न नसके जुन-जोगि आएनि कानै चिरेको सावित हुन्छ

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

लामो समयदेखि काठमांडौ रहि कानुन व्यवसायमा संलग्न अधिवक्ता भरतराज सुवेदीसंग समसामहिक विषयका सम्वन्धमा विजनेसपोष्टले लिएको अन्तर्वाता ।
१. विगतका सरकारले नेपाली जनताको आधारभुत आवश्यकता, सुशासन, आर्थिक विकास , भ्रष्टचार नियन्त्रण लगायतका काम गर्न नसकेकै हो वा केहि काम भई रहेका थिए ?
विगतका सरकारले नेपाली जनताका आधारभुत आवश्यकता त के साना साना काम समेत गरेको अवश्था देखिएन । देशमा सुशासन कायम हुन सकेन । प्रधानमंन्त्री कार्यालय तथा प्रधानमंन्त्रीको मातहातमा रहेका विभिन्न निकाय तथा देशका मन्त्रालयहरुले समेत जनमुखी काम गर्न सकेनन । जनताहरु प्रत्यक्ष रुपमा सहभागि हुने सरकारी कार्यालय जस्तो मालपोत कार्यालय,नापि कार्यालय,अदालत,कम्पनि रजिष्टको कार्यालय, यातायात व्यवस्था विभाग,राहदानी लिने विभाग,वैदेशिक रोजगार विभाग, आदि कार्यालयहरुमा जनताको काम फास्ट टक्ममा हुनु पर्नेमा नभइए खाली आलटाल गर्ने अलमल्याउने जनतालाई दुःख दिने त्यतिमात्र नभई भ्रष्टचार नियन्त्रण तर्फ सरकारको खासै चासो र सरोकार देखिएन । देशका प्रमुख दलहरु प्राइवेट कम्पनि जस्तो भए । काम नगरीखाने वर्गकोे जिवनस्तर आकासियो । काम गरीखाने वर्गको हालत दिनानु दिन खस्गदै गयो । आम जनतालाई सरकार छ जस्तो समेत अनुभुति भएन ।
देशको आर्थिक विकास हुन सकेन । देशमा सुशासन कायम हुन सकेन भष्टचार नियन्त्रण हुन सकेन । देशमा चरम वेथिति खुलम खुल्ला रुपमा भ्रष्ट्हरुको विगविगी भयो । छमता भएका इमान्दारहरु पाखा लाग्न पुग्ने अवश्था आयो । देश वेइमान, दलालहरुको हातमा पुग्यो जसका कारण देशको आर्थिक विकास, सुशासन र भष्टचार नियन्त्रण हुन सकेन । यि माथिका कुराहरुलाई विगतको सरकारले समेत सम्वोधन गर्न सकेन । विगत सरकारले यस्ता कुराहरु सम्वोधन तर्फ कुनै चासो दिएन । केवल आफना मानिस पार्टिका मानिसहरुको स्वार्थका लागि मात्र काम गरी रह्यो । सरकारले नियुक्त गर्ने हरेक निकायमा मोलामोलको आधारमा गर्न थाल्यो । जसका कारण सरकार असफल वन्दै गयो ।


२. जेन-जीहरुले कसरी विगतको सरकारलाई विस्थापित गरे ?
जेनजीहरु भन्नाले जो १३ वर्ष देखि २८ वर्ष सम्मको लागि भनिन्छ । युवाहरु खास गरीकन कसैलाई अन्याय पनि नगर्ने तर अन्याय पनि नसहने प्रकृतिका हुन्छन । जुन कुरा विश्वमा इन्डोनेसिया,श्रीलंका र वंगलादेशका जेनजीहरुले आफनो देशमा भएका वेथिति र विसंगतिहरुलाई सहन नसकि गरेको विद्रोह हाम्रा सामु ताजै थियो । यहाका जेनजिहरुलाई सरकारले वास्ता गरेन । जेनजीहरुको जायज मागलाई सरकारले वास्ता नर्गनु, काठमांडौका मेयर वालेन शाहले महानगरपालीकामा गर्न लागेका राम्रा कामलाई ठुला पार्टिले सहयोग नर्गनु, नेताहरुको जिवनस्तर आकाशिदै गएको तर जनताको जिवनस्तर गिर्दै गएको अवश्था देखिएको , देशमा चुलीएको कुशासन,भष्टचार, दलीयकरण जसका कारण देश असफल वन्दै गएको यस्तो अवश्थामा तत्तकालिन सरकारले सामाजिक संजाल वन्द गर्न पुग्नु आदि कारणले गर्दा जेनजीहरु आन्दोलिन हुन पुगे । आन्दोलनलाई रोक्न वैकल्पीक उपाय अपनाई उनिहरुसंग वार्ता गरी निष्कर्ष निकाल्नुको सट्टा सरकारले भदौ २३ मा जेनजीको आन्दोलनमा गोली प्रहार गरी ५१ भन्दा वढि कलिला वालबालीकाहरुको हत्या गरीयो । भोलीपल्ट नचिताएको विध्वम्स भयो । जसका कारण सरकार विस्थापित हुन पुग्यो ।


३. हाल पुर्व प्रधानन्यायधिश सुशिला कार्किको नेतृत्वमा वनेको अन्तरीम सरकारको वैधानिक आधार के हो ?
जेनजीहरुको आन्दोलनले विगत सरकारले राजिनामा दिन वाध्य भयो र सरकार विस्थापित हुन पुग्यो । जेनजीहरुले सुशासन कायम गर्नु पर्ने,भ्रष्टचार निर्मुल गर्नु पर्ने, संसद विघटन,अन्तरीम सरकार लगायतको माग राखे । सो मागलाई संवोधन गर्नका लागि संसद विघटन गरी सर्वपक्षिय सहमतिमा अन्तरिम सरकार गठन गरी छोटै समयमा त्यसले अन्तरीम संविधान वनाई चुनाव गराउदा पुर्ण रुपमा देशले निकास दिन्थ्यो तर त्यो गर्दा देशलाई आर्थिक भार वढन भनि विभिन्न स्टेक होल्डरले समेत अप्ठ्यारो पार्ने अवश्था सृजना हुने भएकोले त्यसो नगरी नेपालको संविधान भित्रैवाट जेनजीको माग सम्वोधन तर्फ राष्ट्पति,सेना प्रमुख र जेनजीका प्रतिनिधिहरुको वार्ता शुरु भयो । नेपालको संविधान भित्रैवाट प्रतिनिधि सभा विघटन र अन्तरीम सरकार वनाउने तर्फ छलफल भयो । राष्टपतिले नेपालको संविधानको परिधि भित्र रहि अन्तरीम सरकारको प्रधानमंत्रिमा जेनजीका तर्फवाट प्रतिनिधी रहनु भएकी पुर्व प्र.न्या. सुशिला कार्किलाई नियुक्त गर्नु भयो । प्रधानमंन्त्रिवाट सिफारिस भए वमोजिम राष्ट्पतिले प्रतिनिधि सभाको विघटन गरी प्रधानमंन्त्रिले २०८२ फागुन २१ गते प्रतिनिधी सभाको चुनाव गर्ने गरी घोषणा गरीयो । जुन नेपालको संविधानको भावना, जेनजीको चाहना, आवश्यकताको सिद्धान्त वमोजिम भएको पाइन्छ । अन्तरिम सरकारको वैधानिक आधार भनेको नेपालको संविधानमा भएका व्यवस्थाहरु धारा ६१(४),२७३, २७३(१३), ३०५ वमोजिम भएको अनुमान गरीएको छ ।


४. यो अन्तरिम सरकारले तोकिएको समयमा नै प्रतिनिधि सभाको चुनाव गर्न सक्ला ?
यो सरकारको काम स्थानिय निकाय वा प्रदेश स्तरियको चुनाव गर्ने होइन । प्रतिनिधि सभाको चुनाव गर्ने हो । प्रतिनिधि सभाको चुनाव तोकिएको समय २०८२ फागुन २१ मा नै गर्न सक्नुपर्दछ । यो सरकारले गृह मन्त्रालय, निर्वाचन आयोग, सरकारी तथा गैर सरकारी निकाय ,सवै नागरीक,सुरक्षा निकायहरु, राजनैतिक दलहरुसंग कुनै आग्रह र पुर्वाग्रह नगराखिकन हातेमालो गरी तोकिएको समयमा निपक्ष्य धाधलिरहिन तवरले शान्तिपुर्ण रुपमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सक्ला भन्ने आशा गरौ ।
५. जेनजी समुहवाट उठाइएका प्रमुख मागहरु जस्तो देशमा भ्रष्टचार मुक्त समाज, शुशासन लगायतका माग पुरा गर्न यो सरकार सक्षम होला ?


सरकारको प्रमुख काम भनेको सर्वप्रथम यहि भाद्र २३ गते आन्दोलनमा भएको नरसंहार र २४ गते भएको विधम्सका सम्वन्धमा उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्नु पर्दछ । दोषिहरुलाई कानुनको दायरमा ल्याउनु पर्दछ । शाहदत्त प्राप्त गर्ने व्यक्तिलाई शहिद घोषण गरी निजको परिवारलाई उचित क्षतिपुर्ति दिने व्यवस्था अविलम्व गरीनु पर्दछ । भ्रष्टचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय वनाई सक्रिय रुपमा कार्य गर्ने,पुन संरचना तथा पुन निर्माणको काम थालनी गर्ने,शुशासनको लागि विशेष तवरले कार्य अधि वढाई जनताले शुशासनको प्रत्याभुति हुने तवरले कार्य गर्ने, सवै दलसंग हातमालो गरी संविधान तथा कानुनको परिधिभित्र रहि विभिन्न विकासका कार्य गर्ने । सवैसंग समन्वय गरी तोकिएको समयमा नै निश्पक्ष धांधलि रहित निर्वाचन सम्पन्न गर्ने । देश विकासको काममा सरकार सक्षम हुनुपर्दछ अन्यथा जुन-जोगि आय पनि कानै चिरिएको सावित हुनेछ ।


६. अन्तमा यस सरकारलाई यहांको केहि सुझाव छ कि ?
सरकार विगतको सरकार जस्तो नहोस । सवै दल,सवै नेपाली जनतासंग हातोमालो गरी आग्रह पुर्वाग्रह नराखिकन देशको संविधान र कानुनको परिधिभित्र रहि देशको सर्वोत्तम विकासको लागि कार्य गरोस । तोकिएको समयमा निर्वाचन सम्पन्न गरोस र आम जन जाहना र नयां पुस्ता जेनजीको भावना नमर्ने किसिमले काम गर्न सफलहोस भन्ने शुभ कामना दिन चाहन्छु ।प्रकासित मिति २०८२-५-३०

तपाईको प्रतिक्रिया