बिजनेस पोष्ट

एजेन्सी १८ फागुन २०८१
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई सहयोग र समर्थन जारी राख्नुपर्ने बताएका छन्। उनले अमेरिकी सहयोग बिना रुससँगको लडाइँ सम्भव नहुने स्पष्ट पारेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ओभल हाउसमा भएको तनावपूर्ण वार्तापछि बेलायतको लण्डन पुगेका जेलेन्स्कीले युक्रेनले अमेरिकाबाट थप सहयोग र समर्थनको अपेक्षा गरेको बताए। युरोपेली सम्मेलनमा सहभागी हुन लण्डन पुगेका उनले अमेरिकी सुरक्षा ग्यारेन्टीबिना युद्धविरामले युक्रेनलाई झन् खतरामा पार्ने चेतावनी दिए।
जेलेन्स्कीले युक्रेनी जनताले अमेरिकाबाट सुरक्षा अपेक्षा गरेको उल्लेख गर्दै युक्रेन युद्धभन्दा शान्तिको पक्षमा रहेको दाबी गरे। साथै, उनले युक्रेनी खनिजका विषयमा अमेरिकासँग सम्झौता गर्न तयार रहेको बताउँदै अमेरिकासँगको सम्बन्धलाई थप सुदृढ र मित्रवत बनाउन चाहेको धारणा राखे।
नेटोका महासचिवले जेलेन्स्कीलाई ट्रम्पसँगको सम्बन्ध बिग्रन नदिन आवश्यक कदम चाल्न सुझाव दिएका छन्। नेटो प्रमुखले सहयोग र समर्थनका लागि अमेरिका र ट्रम्पप्रति कृतज्ञता व्यक्त गर्नुपर्ने सुझाएका छन्। एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया