बिजनेस पोष्ट

काठमाडौं २९ चैत्र २०८१।
विश्वका दुई ठूला अर्थतन्त्र, अमेरिका र चीन, हाल व्यापार युद्धमा उल्झिएका छन्। सन् २०२४ को अन्त्यसम्म अमेरिकी अर्थतन्त्र २९ ट्रिलियन डलर र चिनियाँ अर्थतन्त्र १९ ट्रिलियन डलरको छ। अमेरिका २.५% ले वृद्धि हु� ५% ले फैलिरहेको चीनले क्रयशक्ति समतामा अमेरिकालाई उछिनिसकेको छ।
चीनले विश्व उत्पादनको एक चौथाइ हिस्सा ओगट्छ, जसमा अमेरिकासँगको व्यापार प्रमुख छ। तर, यो आर्थिक प्रतिस्पर्धा सामरिक तनावमा बदलिँदैछ। ताइवान र दक्षिण चीन सागर टकरावका मुख्य केन्द्र बनेका छन्। अमेरिका, जापान, अष्ट्रेलिया र भारतले चीनको प्रभाव रोक्न सहकार्य गरिरहेका छन्।
दोस्रो विश्वयुद्धपछि अमेरिका एक्लो महाशक्ति बन्यो, तर अहिले उसले आर्थिक, सामरिक र प्राविधिक चुनौतीको सामना गरिरहेको छ। डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै उनले ‘मुक्ति दिवस’ भन्दै अप्रिल २ मा विश्वभरका सामानमा भन्सार वृद्धि गरे। चीनमाथि ३४% बाट सुरु भएको भन्सार अहिले १४५% पुगेको छ। जवाफमा चीनले पनि ८४% भन्सार लगाएको छ।
यो व्यापार युद्धले विश्व बजारमा हलचल ल्याएको छ। अमेरिकी सेयर बजारले ६ ट्रिलियन डलर गुमायो। मन्दीको चेतावनी र महँगीको डरले विश्व अर्थतन्त्र संकटतर्फ धकेलिएको छ। विश्लेषकहरूले यसलाई ‘थुसिडाइडिस ट्रयाप’ को रूपमा हेर्दैछन्, जहाँ पहिलो र उदाउँदो शक्तिबीच टकराव अनिवार्य मानिन्छ।
Advertisement
अबको बाटोबारे तीन सम्भावना छन्: पहिलो, व्यापार वार्ताले समाधान निकाल्न सक्छ। दोस्रो, यो सैन्य युद्धमा बदलिन सक्छ। तेस्रो, अमेरिका आर्थिक रूपमा एक्लिन सक्छ। ट्रम्पको अप्रत्याशित शैलीले यी अनिश्चितता थपेका छन्। तर, निश्चित छ– विश्व अब पुरानै अवस्थामा रहने छैन। एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया