देवानि, फौजदारी तथा बाणिज्य कानुनका जानकार अधिवक्ता भरतराज सुवेदी विगत लामो समयदेखि कानुन व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँसँग चेक अनादरका विषयमा अनलाइन विजनेसपोष्ट प्रतिनिधि सगिता सुबेदीले लिनु भएको अन्तर्वाता ।
प्रश्न : कसैले कसैलाई दिएको चेक बैकमा साटन जांदा चेक साटिएन भने के गर्ने ?
कुनै व्यक्तिले कसैलाई तोकिएको मितिमा साटनका लागि दिएको चेक यदि सो मितिमा चेक लिनेले बैकमा साटन जांदा साटिएन भने के कति कारणले उक्त चेक साटिएन सम्वन्धीत बैंकवाट जानकारी लिनु पर्दछ । वैकले खातावालाको खातामा प्रयाप्त रकम नभएर वा अरु केहि कारण भए सो को जानकारी चेक साटन जाने व्यक्तिलाई गराउनु पर्दछ । वैकले हाल संशोधित कानुन अनुसार खातावाला मानिसलाई तपाईको खातामा रकम छैन भनि जानकारी गराई सो खातामा रकम राख्न अनुरोध गरीन्छ । बैकिङ्ग कसुर तथा सजाय ऐन २०६४ को दफा ३(क)(३) वमोजिम ४५ दिन सम्म वैकले चेकदातालाई आफ्नो खातामा रकम हालिदिन अनुरोध गरे पछि पनि खातावाला व्यक्तिले वास्ता नगरेमा उक्त पहिलो पटक वाउन्स भएको चेक क्रमशः दुई तिन दिनमा फरक मितिमा दोस्रो र तेस्रो पटक वाऊन्स गरीदिन्छ ।
प्रश्न : चेक वाऊन्स भए पछि कसरी चेकको रकम लिनका लागि कानुनी प्रक्रृया अगाडि वढाउने ?
चेक लिने मानिसले बैकमा चेक साटन जांदा रकम नभए पछि चेक लगातार दुई दिनको मितिको फरकमा उक्त चेक वाऊन्स भएपछि चेकदाता लाई सो चेक नसाटिनाको कारण सहतिको जानकारी गराउनु पर्दछ । सो जानकारी पाऊदा पनि चेक दाताले वास्ता नगरी वसि रहेमा बैकिङ्ग कसुर तथा सजाय ऐन २०६४ को दफा १७(१) वमोजिम चेक वाऊन्स भएको मितिले एक वर्ष भित्र सम्वन्धीत वाऊन्स भएको जिल्ला भित्र प्रहरी परिसर कार्यालयमा गई आफ्नो लेना रकमको लागि वैकिङ्घ कसुरको जाहेरी दरखास्त दिन सकिन्छ । त्यस पछि प्रहरीवाट अनुसन्धान गरी मुद्दाको प्रकृया अगाडि वढाइन्छ । वैकिङ्घ कसुरको मुद्दा पहिले सिधै सम्वन्धीत उच्च अदालतवाट हेरिन्थ्यो भने हाल संशोधित कानुन अनुसार सम्वन्धीत जिल्ला अदालतवाट सो को न्यायिक निरोपण हुने गर्दछ । यो मुद्दा सरकार वादी भई चल्दछ । यस अन्तर्गतको मुद्दामा चेकदातालाई विगो अनुसार कैद र जरिवाना समेत हुने गर्दछ । चेक वाऊन्स भए पछि अर्का वाटो अवलम्वन गरेर पनि चेकको रकम असुल उपर गर्न सकिन्छ त्यो भनेको चेक वाऊन्स भए पछि विनिमय अधिकार ऐन २०३४ को दफा १०८ अन्तर्गत चेक अनादर भएको मितिले ५ वर्ष भित्र सिधै सम्वन्धीत जिल्ला अदालतमा चेक वापतको लेनदेन रकम दिलाई भराई पाऊ भनि विगो अनुसारको कोर्ट फी राखि फिराद गर्न सकिन्छ । सम्वन्धीत अदालतवाट सो अनुसार मुद्दा हेरी न्याय निरोपपण गरीन्छ । यो प्रकृतिको मुद्दा देवानी प्रकृतिको हुन्छ । सरकार वादी हुदैन । यो प्रकृया अपनाऊदा चेकदातालाई कैदको व्यवस्था राखिएको हुदैन ।
प्रश्न : चेक अनादर भएको वैकिङ्घ कसुर मुद्दामा के मिलापत्र पनि हुन सक्छ यसवारे वताई दिनुहोस ?
नेपाल सरकार वादी भई चेलेको वैकिङ्घ कसुर मुद्दामा पनि हाल संशोधित कानुन बैकिङ्ग कसुर तथा सजाय ऐन २०६४ को दफा २६ क. अनुसार मिलापत्र गर्न सक्ने प्रावधान राखिएको छ । यदी जाहेरवालाले आफुले लिनु पर्ने विगो वापतको रकम चेकदाताले दिन ल्याएमा मुद्दा चल्दा चल्दै वा फैसला कार्यान्वयनको सिलसिलामा पनि मिलापत्र हुन सक्छ । त्यसका लागि जाहेरवालालाई चेकदाताले विगो अनुसारको सम्पुर्ण रकम दिएको निस्ता दिनु पर्दछ । र दुवै व्यक्तिले सयुक्त निवेदन सरकारी वकिल मार्फत अदालतमा दिएमा सम्मानित अदालतवाट दुवै पक्षलाई सोधपुछ गरी कानुनी प्रकृया अपनाएर मिलापत्र गराई मुद्दा राफसाफ गराउन सकिने व्यवस्था हालको कानुनमा छ । अर्को तर्फ विनिमय अधिकार पत्र ऐन २०३४ अन्र्तगत चेलेको चेक वापतको लेनदेनको रकम दिलाई भराई पाऊ भन्ने मुद्दा देवानी प्रकृतिको भएको हुनाले रकम लेनदेन दुवै पक्ष विचमा भए पछि जहिले सुकै पनि मेलमिलाप भई मुद्दाको अन्त्य हुन्छ ।
प्रश्न : यदि चेक अनादरका मुद्दा मिलापत्र पनि भएन र अदालतवाट फैसला भएमा त्यसको कार्यान्वयनको पाटो वारे खुलाइ दिनुहोस ।
जवाफः यस्तो मुद्दा अदालतवाट फैसला भए पछि पिडित पक्षले विपक्षिको पुनरावेदन गर्ने म्याद नाघेपछि वा पुनरावेदन अदालतवाट सो मुद्दाको अन्तिम किनारा भए पछि । फैसला कार्यान्वयको लागि सम्वन्धीत पक्षले सम्वन्धीत जाहेरी परेको जिल्ला अदालतमा निवेदन दिन सक्छन । निवेदन परे पछि अदालतवाट मुद्दाका प्रतिवादीलाई सुचना म्याद दिइन्छ । प्रतिवादीलाई तपाईले वादीको विगो वरावरको रकम दिन अनुरोध गरीन्छ । प्रतिवादीको अचल सम्पति केहि छ भने त्यस तर्फ फैसला कार्यान्वयको लागि अगाडि वढाइन्छ । यदि छैन भने विगो वापतको रकम र अचल सम्पति लिएर आऊन अनुरोध गरीन्छ । त्यति गर्दा पनि प्रतिवादी आऊनु भएन । अदालतमा उपस्थित हुनु भएन भने । वहालाई सम्वन्धीत आधिकारीक निकायवाट जानकारी गराईन्छ । त्यसो गर्दा पनि वहा आउनु भएन भने । फैसला कार्यान्वयको प्रकृया अगाडि वढि विगो र जरिवाना अनुसार निजलाई कैद गर्नका लागि प्रहरीको साहार लिई लिइ सो अनुसार काम गरीन्छ ।
प्रश्न ः कुनै व्यक्तिले आफुले लिएको चेक समयमा साटन नगई वाऊन्स पनि गर्नु भएन । उजुर वाजुर केहि गनु भएन भने चेक वापतको रकम लिन अरु उपाय केहि छ कि ?
चेक लिने व्यक्तिले तोकिएको समयमा चेक साटन वैकमा जानु भएन । वाऊन्स पनि गर्नु भएन भने चेक साटनका लागि तोकिएको मितिले एक वर्ष भित्र चेक वापतको रकम दिलाई भराई पाऊ भनि सम्वन्धीत जिल्ला अदालतमा फिराद पत्र लिई गएमा अदालतवाट सो विगो वापतको रकमको सांवा व्याज समेत भराई दिलाउने व्यवस्था छ । एक वर्ष भित्र अदालत प्रवेश गरीएन भने सो चेक काम लाग्दैन ।
प्रकासित मिति २०८२-५-१५











तपाईको प्रतिक्रिया