हिमालयन बैंकको खुद नाफा १ अर्ब ५१ करोड, २२.१५% ले वृद्धि

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाडौं २७ श्रावण २०८२।

हिमालयन बैंकको खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार खुद नाफा वृद्धि भएको हो ।

गत आवमा बैंकले १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ रहेको थियो। बैंकको नाफा तुलनात्मक रुपमा २२.१४ प्रतिशतले वृद्धि भएको न्छ ।

बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६१ करोड रुपैयाँबाट घटेर १० अर्ब ४५ करोड रुपैयाँमा झरेको छ भने फि तथा कमिसनबाट हुने आम्दानी १ अर्ब ३ करोड रुपैयाँबाट १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १३ अर्ब १४ करोड रहेको खुद सञ्चालन आम्दानी गत वर्ष १२ अर्ब ५२ करोड रुपैयाँमा झरेको छ ।

अघिल्लो वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा वृद्धि भएर ७.२८ प्रतिशतमा उक्लिएको छ भने प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९८ पैसा, प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७ पैसा रहेको छ।

तपाईको प्रतिक्रिया