गणेश शाह
सचिव, नेकपा माओवादी केन्द्र तथा पूर्बमन्त्री
भारत-पाकिस्तान युद्धलाई कसरी हेनु भएको छ ?
त्यो जुन युद्ध भएको क्षेत्र हो भारत पाकिस्तानको सिमा क्षेत्र त्यहाँ पहिले देखिनै आतंकबादका गतिविधि भएका हुन् । अहिले संसारमा आतंकबादका विरुद्ध सम्पुर्ण शक्ति लागेको हुनाले आतंकबादी हमलाहरु कम हुँदै गएको छ । त्यो पछिल्लो चरणमा आतंकबादी हमला भयो भारतमा । जुन अमानबीय हो । यसको सबै देशहरुले भर्सना नै गर्नुपर्छ भन्ने मलाई लाग्छ । भारत बर्षले त्यही पाकिस्तानको आतंकबादी अड्डाहरुमा कार्वाही गरेको हो । त्यसलाई पाकिस्तानले पनि प्रतिकार गर्यो ।
तर हाम्रो लागि त दुबै सार्क सदस्य मुलुक हुन् । नेपालले यस्तो विषयमा बहुत संवेदनशील भएर बोल्नु र ब्यवहार गर्नुपर्छ । यस्तोमा दुबै राष्ट्र ‘न्युक्लियर इनजीर्’ भएका देश हुन् । त्यसैले यदी कुनै किसिमको दुइ देशबीच तनाब बढ्यो, युद्ध भड्कियो वा लम्बियो भने त्यसले शान्ति पनि खल्बलाउँछ र यस क्षेत्रका आम गरिव जनताको जिवन पनि धेरै कष्टकर हुन्छ । किनभने कुनैपनि मुलुक युद्धमा गयो भने उसले आफनो लागि सबै कुरा राख्छ ।

जस्तो हाम्रै कुरा गरौं , हामी भारतसँग हर चीजमा निर्भर छौ । हाम्रा दैनिकी खल्बलिन सक्छन् । हामी आत्मनिर्भर नहुँदासम्म धेरै गाह्रो पर्छ । हाम्रो धेरै ठुलो ब्यापारघाटा पनि छ भारतसँग । भारतमा युद्ध लम्बिए अझै ठुलो आर्थिक भार हामीलाई पनि अप्रत्यक्ष पर्छ । तर यो युद्ध धेरै जाँदैन भन्ने मलाई लाग्छ । यो टिट फर टयाट् मात्र हो । त्यो गल्ती भारत वा पाकिस्तान सरकारले गर्दैन भन्ने मलाई लाग्छ । नेपालले पनि दुबैलाई शान्तिमा ल्याउने भुमिका खेल्नुपर्छ । यो क्षेत्रलाई शान्तिमा ल्याउने दायित्व सार्क सदस्य राष्ट्रको हिसावले नेपालले पनि लिनुपर्छ । हुन त नेपाल कुटनीतिमा धेरैै कमजोर भएको अवस्था छ । तर कतिपय परिस्थीति यस्तो आउँछ, जसले बलियो ठाउँमा पनि राख्छ । हामीले अहिले खेल्ने सबल भुमिकाले भोलीका दिनहरुमा छिमेकले हामी प्रति हेर्ने दृष्टि र व्यवहार त्यहि रुपमा सम्मानित हुन्छ । त्यसकारण यस्तो बेला नेपाल पक्षधरतामा जानु हुँदैन । नेताहरुले गरैजिम्मेवार भएर पक्ष र विपक्षमा बोल्नु हुदैन । दुबैलाई मिलाउनु पर्छ । युद्धले कसैलाई फाइदा गर्दैन ।
अहिले त अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पको पहलमा युद्धविराम त भएको छ । तर यो युद्ध फेरी पनि सुरु भयो र लम्बियो भने नेपाललाई प्रत्यक्ष असर कस्तो पर्र्ला ?
मुल रुपमा यसको पहिलो असर पर्यटनमा पर्छ । हामीकोमा भारतीय पर्यटक धेरै आउने गर्छन । युद्धका कारण त्यो घट्न सक्छ । दोश्रो, आपुर्तीमा पर्छ । तेश्रो, राज्यलाई अनावश्यक ब्यय भार पनि पर्छ । नाकामा सर्तकता अपनाउन खर्चको ब्ययभार बढ्छ । सुरक्षा निकायहरुबीच दबाबहरु बढ्छ। अहिले संसारभर नै हुने प्रोक्सी वार हो । यो लम्बियो भने नदेखिने हसिावले को को लाग्छन् भन्न सकिने अवस्था छैन । तर यो युद्ध लम्बदैन । जनताको लेबलबाटै युद्धहरुको विरोध हुन्छ । युद्ध कुनैपनि हिसावले कसैको पनि हित हुदैन ।
प्रस्तुती : रिसव गौतम











तपाईको प्रतिक्रिया