भ्रष्टाचारमा सरकारले कार्वाही नगरे जनताले गर्छन् भन्ने देखियो

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

सह प्रा.डा रघुविर बिष्ट
जेनजी आन्दोलन अगाडी हामीले बजेट ल्याइसकेका थियौं । अर्थतन्त्र पुर्नस्थापित हुने र सामान्यिकरणमा जाने क्रममा थियो । त्यहि क्रममा हामीले विश्व बैंक, एसियाली विकास बैंक र नेपाल सरकार समेतको प्रक्षेपणलाई हेर्ने हो भने यो बर्ष करिव ४.५ प्रतिशत हाराहारीमा आर्थिक बृद्धिदर हासिल गर्न सक्थ्यौं । सकेंत र अनुमान दुबै थियो । त्यसले कोभिड र मन्दीपछि अर्थतन्त्र लयमा आउन खोजेको वा प्रयास भइरहेको देखाउँथ्यो । अर्थतन्त्रको जुन वास्तविक क्षेत्र छ, त्यो व्यवसायी र कृषकलाई र अन्य तत्काको मनोविज्ञानलाई थोरै लगानीको वातावरणमा, आत्मविश्वास फर्काउन खोजेको भान ती प्रक्षेपणबाट पनि हुन्थ्यो । यसको अर्थ त्यो होइन् कि सबै ठिकठाक थियो । अहिले हामीले भ्रष्टाचारका मुद्धाहरुलाई हेर्ने हो भने सरकारले नै ‘स्क्यान्डल’लाई बढाइरहेको, स्क्यान्डलले गर्दा अर्थतन्त्रका चुवाओटहरु रहेको र साथमा अर्थतन्त्रमा अनुत्पादकत्व र प्रभावकारीताको समस्या बढदै आएको हो । करिव करिव १० ओटा भन्दा बढी अत्यन्तै ठुला खर्ब–खर्बका भ्रष्टाचारका ‘स्क्यान्डल’हरु रहेछन् । त्यो स्क्यान्डल मात्र नभएर देशले नीतिगत रुपमा भ्रष्टाचार भइरहेको, भ्रष्टाचार संस्थागत भइरहेको, भष्ट्राचार हाम्रो संस्कारमा फर्कदै आएको र माथिल्लो तप्कादेखि तत्लो तप्कासम्म भष्ट्राचार स्वीकार गनुपर्ने बाध्यता जुन थियो । त्यसलाई सरकारले नै प्रोत्साहन गरिरहेको अवस्था थियो । अर्थतन्त्र किन चलेन भन्दा उदाहरणको रुपमा सासंदहरुले राख्ने स्वकीय सचिवहरु भए, अन्य आयोगहरु भए त्यसमै पनि करोडौको अंकमा खर्च भइरहेको रहेछ । विदेश भ्रमण र गाडी घोडाहरुमा झन् धेरै खर्च भएको अवस्था रहेछ । भष्ट्राचारको त कार्वाही भइरहेको थिएन । अर्थतन्त्र एउटा लयमा फर्कन खोजिरहेको थियो ।

जेनजी आन्दोलनले ठयाक्कै त्यसलाई एउटा चट्यागं हानेको देखिन्छ । नयाँ परिस्थीति निर्माण गर्नका लागि ‘गेम चेन्जर’ घटना भयो । बजेट आइसकेको अवस्था थियो । त्यसको असर स्वरुप बजेटमा विनियोजन गरिएका पैसाहरु सबै रोकिने अवस्था आयो । बजेट कार्यान्वयन रोकियो । अन्यौलता ल्याइदियो । राजनीतिक रुपमा बहुमतको सरकार थियो, त्यो पनि जिरोमा ल्याइदियो । भष्ट्राचारको कुरा उज्जागर गरिदियो । अर्थतन्त्रलाई सामान्य हुने कुरालाई रोकिदियो । यसमा दुई वटा पाटोलाई हेनुपर्छ जस्तो लाग्छ । किनभन्दा एउटा त अन्यौलता ल्यायो । दोश्रो, हाम्रा धेरै संरचनाहरु करिव करिव २ अढाइ खर्बको संरचना नोक्सानी भयो । त्यो नोक्सानीमध्ये पनि सरकारी नोक्सानी र नीजि क्षेत्रको नोक्सानीमा फरक छ । नीजि क्षेत्रको ब्यवसायमा करिव ७ ओटा ठुना घरानाका ब्यवसायी धेरै नोक्सानीमा परे । कतिपय नियतवश आगो लगाउने, नोक्सानी पुर्याउने कुराले अर्थतन्त्रलाई नै नोक्सान पुर्याएको हो । उत्पादनका कुरा, रोजगारीका कुरा सबैमा नोक्सानी गरेको देखिन्छ ।
अर्को, ती व्यवसायीक संस्थाहरु कहीँ न कहीँ राजनीतिमा ‘क्रोनिक क्यापिटालिजम्’सँग जोडिएको भन्ने युवा बर्गले बुझेको देखिन्छ । अर्को सम्रान्त नेताहरुको ५५ वटा भन्दा बढी घर नोक्सानी भएको छ । त्यसले एउटा सन्देश के दिन खोजेको छ भन्दा चप्पल पडकाएर राजनीतिमा आएको मान्छेहरुले जुन भष्ट्राचारले साम्राज्य निर्माण गरेको थियो । जुन उनीहरुका महल थिए । उनीहरुको घरमा ल्याएको देशको सक्ता र शासनको केन्द्र जेनजी आन्दोलनले खरानी बनाएको छ । यसले के देखाउँछ भने भष्ट्राचारमा सरकारले कार्वाही गरेन भनेपनि जनताले कार्वाही गर्न सक्छ भन्ने म्यासेज आन्दोलनले दियो । अर्को पाटो गाडीहरु धेरै जले । सिंहदरबार जस्तो सुरक्षित ठाउँ भन्नेमा राखेका गाडीहरु धेरै ध्वस्त गरिदिए । सिंहदरबार नै ध्वस्त भयो । त्यसपछि प्रहरी प्रतिको वितृष्णा जो छ । यो पाली देखियो । जनविश्वास रहेनछ भन्ने देखियो । देशभरका करिव १९० भन्दा बढी प्रहरी कार्यालय नोक्सानी गरिएको देखिन्छ । नगरपालिका, मालपोत कार्यालयहरु नेक्सानीमा परेको छ । एक हिसावमा हाम्रो जुन सम्पत्ति छ, त्यो नोक्सानी भो । सँगसगै जुन चाँही डाटा बेस छ, इन्फरमेशन दस्ताबेज त्यो नोक्सानी हुनबाट जोगियो । जुन अत्यन्तै मुल्यवान छ ।

तेस्रो कुरा हामीले राख्न खोजेको प्रणालीहरु विग्रन, विग्रार्न आक्रमण भएको हामी देख्न ससक्छौ । यदी हामीले सरकारी र ब्यवसायीकलाई मात्र लिने हो भने सरकारले ब्यवसायका लागि गर्नुपर्ने कामहरुमा नीतिगत रुपमा सरकारले त्यसलाई पुर्नरकर्जा गर्ने या सहुलियत ऋण दिने या अन्य चीज नीतिगत रुपमा उनीहरुलाई सुरक्षा दिएर पुर्नरस्थापित गर्ने हिसाबमा गर्न सकिने अवस्था छ । अर्को बाँकी रह्यो सरकारसँग मुख्य ऐसिहासिक र प्रशासनीक, राजनीतिक महत्वमा भवनहरु छन् । त्यसको पुर्नरनिर्माणको लागि सरकारले काम गर्नुपर्ने बाध्यता छ । यसले गर्दा मैले भन्न खोजेको यदी हामीले भुकम्प पछिको तुलना गर्ने हो भने यो भन्या एक चौथाइ मात्रै हो । त्यो भएकोले चाँडो भन्दा चाँडो त्यसलाई स्रोत र साधनको ब्यवस्थापन गर्न सक्नुपर्छ । पुर्नरस्थापित गर्न सकिने सम्भावना छन् । तर राम्रो पक्ष अहिले आएका सुचनाहरुमा हेर्ने हो भने सिंहदरबारमा जुन देशभरको डाटा थियो । त्यो चाँही जलेको अवस्था रहेनछ । त्यो अत्यन्त खुशीको कुरा हो । र, यसको कारणहरुलाई केलाउँदा विश्वमा भइरहेको सोसल मिडियामा उत्पादन भएका जुन इन्र्फरमेशन छ । सहि र गलत सुचना कति छ, गलत र गलत सुचनाको बढाइचढाइकोे परिणाम पनि क्षती धेरै भएको छ । जस्तो कि उदाहरणको रुपमा यदी हिल्टन होटललाई राख्ने हो भने प्रमाण विहिनताको साथमा यो हामीले लिन्छौ । त्यो पाटो पनि छ । अर्थात विश्वमा जुन नयाँ जेनेरेशनको युद्धको कुराहरु गरिरहेको थियो र सोसल मिडिया र मिस इनर्फरमेशन, म्यानुपुलेशन यी चीजहरु हाम्रोमा यो पनि एउटा पाटो भएको देखिन्छ । त्यसले गर्दाखेरी पत्रकारिताले पनि अलिकति जिम्मेवारी नदेखाएको कारण, त्यसको भेरीफाइ नभएको र फेक इन्फरमेशन, गलत इन्र्फरमेशनले आन्दोलनमा ‘आगोमा घिउ थप्ने’ कुरा भएको देखिन्छ । अर्को पाटो के देखिन्छ भन्दा जेनजी भनेका नयाँपुस्ता समुहका मान्छे हुन् । उनीहरुले जुन आशा गरेको छ । भष्ट्राचार भयो भने म पनि विदेश जानुपर्छ । मेरो भविष्य राम्रो हुदैन भन्ने मुल्यांकन र हाम्रो पनि देश स्वीजरल्याण्ड जस्तै, अमेरिका जस्तै बलियो होस् शसक्तिकरण होस् भन्ने हिसावको पनि अशा रहेछ उनीहरुको । अर्को पाटो के पनि देखिन्छ भने अहिले धेरै वटा षडयन्त्रको सिद्धान्तले भुराजनीतिले पनि जेनजी आन्दोलनमा सहभागीता र त्यसको योजनामा भएको भन्ने कुरा पनि आएका छन् । र, अपुष्ट छ यो । विश्वविख्यात पत्रिका ‘न्युर्योक टायम्स’ले धेरैवटा कुरा निकालेको छ, यो अर्को पाटो भयो । जे जस्तो गर्दाखेरी पनि ती कुराहरु विश्लेषण गदै जाँदा कारक तत्वहरुको कुरा गर्दा आन्दोलनको ‘प्राइम मोटिभेश्नल फ्याक्टर’ भनेको भष्ट्राचारको संस्थागत हो । सरकारले डेलिभरी गर्नुपर्ने, जनतालाई केन्द्रविन्दुमा राखेर राज्यको हक र हितमा ध्यानमा राखेर गर्नुपर्ने काम नगरेका कारणले गर्दा आन्दोलन भयो । संरचनाहरु धेरै भए तर जनताका मुख्य समस्याहरु जस्ताको तस्तै रहे ।

ती मुल समस्याहरलाई सम्बोधन नगरेकाले गर्दा प्रजातन्त्रमा पनि तानाशाही जन्मदो रहेछ, प्रजातन्त्रले जनतालाई जवाफदेहीताका साथ, पारदर्शीताका साथ प्रजातन्त्रको मुल्य र मान्यता अनुसार सार्वभौम जनतालाई नहेर्दो रहेछ भन्ने हाम्रो उदाहरण हो यो । त्यो कुरालाई यसपाली चुनौती थियो । यसले के सन्देश दिएको छ भन्दा खेरी प्रजातन्त्र पनि राम्रो र नरामा्रे हुँदो रहेछ । नेपालमा जुन ढंगबाट प्रजातन्त्रको अभ्यास गरिरहेका छौ । त्यो नराम्रो कोटीबाट अभ्यासमा आएको रहेछ । जसका कारणले गर्दाखेरी नराम्रो प्रजातन्त्रको पनि प्रजातन्त्रमा जनता निकस्दो रहेछ । विद्रोह गर्दो रहेछ । आवाज उठाउँदो रहेछ । आवाज उठाएर प्रजातन्त्रको खराब सरकारलाई फाल्दो रहेछ भन्ने कुरा पनि जेनजी आन्दोलनले राजनीतिक रुपमा सन्देश दिएको छ । र, जुन देशमा सुशासन हुदैन त्यो देशमा जनता खुशी हुदैनन् र प्रजातन्त्र फल्ने फुल्ने अवस्था पनि नहुने भन्ने कुरा यसले ल्याएको छ ।
रिसव गौतमसँग कुराकानीमा आधारित ।

तपाईको प्रतिक्रिया