|
४ महिना अगाडि
काठमाडौँ ९ माघ २०८२ ।
नेपाली बजारमा सुन र चाँदीको मूल्यले एतिहासिक उचाई बनाएको छ । सुनको मूल्य बढेर तीन लाख भन्दा माथि पुगेको हो ।
सुन प्रतितोला ९ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २७० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख एक हजार ४०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य तोलामा २७० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।











तपाईको प्रतिक्रिया