|
९ महिना अगाडि
काठमाण्डौ ४ बैशाख २०८२
सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ। नेपाली बजारमा अघिल्लो दिन बुधबार रेकर्ड बनाएको सुनको मूल्यले यस दिन सो रेकर्ड तोडेर नयाँ उचाईमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँ बढेको हो। बुधबार यस्तो सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ। बुधबार तोलाको १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।












तपाईको प्रतिक्रिया