एक तोला सुनको मूल्य १ लाख ९१ हजार

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

काठमाण्डौ ०८ वैशाख २०८२- सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९१ हजार कायम भएको छ।यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि अघिल्लो बिहीबार प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो।आज सुनको मूल्य बढेपनि चाँदीको भाउ भने स्थिर छ। चाँदी एक तोलाको १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया