काठमाडौँ २१ पौष २०८२– सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले नेपाल सरकारको पुनःनिर्माण अभियानमा सहभागी हुँदै भौतिक संरचना पुनःनिर्माण कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
यो सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको हो। भाद्र २३-२४ गतेको जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका कारण राष्ट्रिय सम्पदा र भौतिक संरचना पुनःनिर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि योगदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठले अर्थ मन्त्री रामेश्वर प्रसाद खनाललाई चेक हस्तान्तरण गरेका थिए। सो अवसरमा अर्थ मन्त्रालयका उच्च अधिकारी, कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत उपस्थित थिए।
अर्थ मन्त्री खनालले सहयोगको लागि धन्यवाद व्यक्त गरे भने अध्यक्ष श्रेष्ठले राष्ट्रप्रति कर्तव्यबोधका साथ योगदान गरिएको बताउँदै, गत वर्ष बाढी-पहिरो पिडितका लागि प्रधान मन्त्री राहतकोषमा ५१ लाख योगदान गरिएको र जेनजी आन्दोलनका क्षतीमा हालसम्म १ अर्ब ९२ करोड रुपैयाँ बीमा दावी भुक्तानी भइसकेको जानकारी दिएका छन्।












तपाईको प्रतिक्रिया