सुनको मूल्य हालसम्मकै उच्च

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाडौं ७ पुष २०८२-नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन (चाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक तोला सुनको मूल्य २ लाख ६१ हजार ७०० पुगेको छ। महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो।

यस्तै सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। सोमबार आइतबारको तुलनामा १३० रुपैयाँले बढेर तोलाको ४ हजार २३५ रुपैयाँमा कायम भएको छ।

तपाईको प्रतिक्रिया