काठमाडौं १६ असोज २०८३
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश र साधारण सभामा सहभागी हुन आजसम्म शेयरधनी बन्नुपर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरूले आगामी असोज १९ गते सोमबार बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
कुमारी बैंक लिमिटेडले २ दशमलव १०५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। बैंकले असोज २८ गते काठमाडौँको नक्सालस्थित सिल्भर ओक ब्याङ्क्वेटमा साधारण सभा बोलाएको छ।
सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले ३ दशमलव ८ प्रतिशत बोनस शेयर र ० दशमलव २ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकको साधारण सभा असोज २८ गते काठमाडौँको कालिकास्थानस्थित अमृतभोगमा बस्दैछ।
विकास हाइड्रोपावर कम्पनी लिमिटेडले १० प्रतिशत बोनस शेयर र ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीको साधारण सभा असोज २९ गते धुम्बााराहीस्थित होटेल स्मार्ट दरबारमा हुनेछ।
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले ५ दशमलव २६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। कम्पनीले असोज ३० गते काठमाडौँको चण्डोलस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा साधारण सभा तय गरेको छ।






तपाईको प्रतिक्रिया