काठमाडौँ। रसुवा क्षेत्रमा आएको बाढी र त्यसले पुर्याएको क्षति तथा जलविद्युत् आयोजनाहरूमा परेको नकारात्मक असरको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ। बाढीको त्रास र लगानीकर्ताको मनोबल कमजोर बन्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज ठूलो गिरावट आएको हो।
आज कारोबार समय (दिउँसो २:१३ बजेसम्म) मा नेप्से परिसूचक ४३.७४ अङ्क (१.६८ प्रतिशत) ले घटेर २५५०.५३ विन्दुमा झरेको छ। बजार खुला भएसँगै सुरु भएको बिक्री चाप दिउँसोसम्म निरन्तर कायम रह्यो, जसका कारण जलविद्युत् क्षेत्र लगायत अधिकांश समूहको सेयर मूल्यमा पहिरो गएको छ।
कारोबार विवरण:
नेप्से परिसूचक: २५५०.५३ (-४३.७४ अङ्क / -१.६८%)
कुल कारोबार रकम: रु. ३ अर्ब ४५ करोड ९ लाख ८५ हजार ५८९
कारोबार कित्ता: १ करोड ४९ हजार ८९२ कित्ता
बजारको अवस्था (Market Breadth):
रसुवाको बाढीले सिर्जना गरेको अनिश्चितताका कारण समग्र बजारमै व्यापक बिक्री चाप देखिएको छ।
मूल्य बढेका कम्पनी: १०
मूल्य घटेका कम्पनी: २६४
मूल्य स्थिर रहेका कम्पनी: ३









तपाईको प्रतिक्रिया