ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार हुने

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

काठमाडौं १७ बैशाख २०८२। 

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको कुल ६० लाख कित्ता सेयर बुधबार सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर अब वैशाख २१ गते, आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । ओमको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ९०.१७ रुपैयाँदेखि २७०.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

तपाईको प्रतिक्रिया