१५ प्रतिशतका दरले लाभांश वितरण गर्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्सको घोषणा

Bizness Post बिजनेस पोष्ट
|
१ वर्ष अगाडि

काठमाण्डौ २९ चैत्र २०८१

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने इन्स्योरेन्सले घोषणा गरेको हो। चैत्र २८ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया