सान्भि इनर्जीको आईपीओ खुल्यो

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

काठमाडौं  ५ बैशाख २०८२।

आज वैशाख ५ गतेदेखि सान्भि इनर्जी लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कम्पनीले आजदेखि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले इलाम जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको जनाएको छ । इलाम जिल्लाका स्थानीयलाई ८ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार कित्ता शेयर निष्काशन भएको छ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले चैत्र ११ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३७ करोड ९० लाख बराबरको ३७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको थियो। कम्पनीले इलाममा ७.६ मेगावट क्षमताको जोगमाइ खोला आयोजनाबाट २०७४ वैशाख १८ गतेदेखि विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ।

तपाईको प्रतिक्रिया