सान्भि इनर्जीले आजदेखि आईपीओ निष्काशन खुला गर्दै

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

काठमाण्डौ ०९ जेठ २०८२।

सान्भि इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

यस अघि कम्पनीले ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका र २ करोड ९१ लाख रुपैयाँ बराबरको २ लाख ९१ हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। त्यसैगरी, कम्पनीले १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ५८ हजार २०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि बाँडफाँट गरेको थियो।

कम्पनीले निष्काशन गरेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा जेठ १३ गते हुनेछ भने ढिलोमा जेठ २३ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

तपाईको प्रतिक्रिया