|
५ महिना अगाडि
काठमाण्डौ १ साउन २०८२
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक कारोबार सुरु भएको पौने घण्टामै ४९ अकं पार गरेको छ । आर्थिक बर्ष ०८२-८३ को पहिलो कारोबार दिन बिहिबार सेयर बजारमा पौने घण्टामै सेयर बजारमा ३ अर्ब २५ करोड बढी सेयर कारोबार भएको हो। मौद्रिक नीतिमा सेयर बजार प्रति उदारता देखाइएको र सेयर कर्जामा ब्यक्तिगत तर्फको १५ करोडको सिमा बढाएर २५ करोड पुर्याइएसँगै सेयर बजार बढ्न थालेको हो । मौदिूक नीति आएयता केही दिन असारको क्लोजिङको चपेटामा परेको बजारले नयाँ आर्थिक बर्ष सुरु भएको आजबाट भने लय समातेको छ ।
वुधबार भने तीन सय ३० कम्पनीको चार करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर ९९ हजार ५०५ पटक खरिद बिक्री हुँदा रु १४ अर्ब तीन करोड ४८ लाख ३९ हजार ८८० बराबरको कारोबार भएको थियो । आज त्यसलाई बे्रक गरेर कारोबार र बृद्धिदरको छलागं मार्ने देखिएको छ ।









तपाईको प्रतिक्रिया